काठमाडौँ- महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाका सिकिस्त विरामीले प्रयोग गर्ने स्वास्थ्य सामग्री निर्माण गरेको छ ।

सिकिस्त विरामी भएर आईसीयूमा रहने संक्रमितले प्रयोग गर्ने ‘आइसोलेसन हुड’ निर्माण गरिएको केन्द्रका संस्थापक पुनले बताए ।

आइसोलेसन हुडको प्रयोगले कोरोना संक्रमितलाई श्वासप्रश्वासमा सहज हुने चिकित्सकहरूले बताएका छन् ।

प्लास्टिक र पाइपको प्रयोगबाट बनाइएको ‘आइसोलेसन हुड’ मा बाहिरबाट हावा नछिर्ने गरी सुरक्षित गरिएको पुनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरू सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘आइसोलेसन हुड भेन्टिलेटरमा जोड्यो भने बिरामीलाई सास फेर्न धेरै सहज हुने रहेछ र बिरामीको वरिपरी बस्नेहरु पनि सुरक्षित हुने रहेछन । यस्ता हुडहरु धेरै संख्यामा आविष्कार केन्द्रमा बनाएर वितरण गरिनेछ ।’

पाटन अस्पतालका चिकित्सकले चीनबाट ल्याएको एउटा हुडको नमूना दिएपछि केन्द्रले निर्माण थालेको उनले जानकारी दिएका छन् ।

चीनबाट १८ हजार रूपैयाँ प्रति हुडमा खरिद गरिएको आइसोलेसन हुड आविष्कार केन्द्रमा ३ हजार रुपैंयामा निर्माण भएको उनले बताएका छन्।

 

अब धेरै संख्यामा आइसोलेसन हुड निर्माण गरी आईसीयूमा रहेका संक्रमितलाई उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन् ।

READ MORE NEWS

‘कृषिमा बैंकको लगानी १० होइन, २५ प्रतिशत हुनुपर्ने थियो’

कोभिडका कारण नेपाल राष्ट्र बैंकले कर्जा तिर्नका लागि समय थपिदिएको छ । लामो समय बन्द भए पनि अहिले व्यापार–व्यवसायहरु खुला हुन थालिसकेको अवस्था छ । उद्योगहरु पनि विस्तारै पूर्ण क्षमतामा सञ्चालन हुन थालिसककेका समाचारहरु आउन थालेका छन् ।

हुन त कोभिडको संक्रमण भने दिनप्रतिदिन बढ्दो छ । कोभिड बढेपनि मान्छेले यसलाई पार्ट अफ द लाइफको रुपमा लिएको देखिन्छ । अब पार्ट अफ द लाइफको रुपमा लिनुको विकल्प पनि छैन । अब एक महिना, दुई महिनामा हट्छ भन्ने थाहा पाएको भए त दुई महिना खाना पनि नखाई बस्न हुने थियो । तर कहिलेसम्म यो रहन्छ भन्ने थाहा छैन ।

यसकारण यसको फेस गर्दै अगाडि बढ्नुको विकल्प पनि भएन । यही तरिकाले पछिल्लो समय गतिविधि बढिरहेको छ । अर्थतन्त्रले पनि विस्तारै पिकअप लेला । यसअघि विविध गतिविधिहरु नबढेका कारण कर्जाको माग पनि पटक्कै थिएन । पछिल्लो समय गतिविधिहरु पनि बढेका छन् । कर्जाको माग पनि बढ्दै गएको छ । तर पनि अहिले पैसा फालाफालकै स्थिति छ । १५–२० दिन वा एक महिना अगाडि जुन किसिमको स्थिति थियो, निक्षेप बढ्ने कर्जाचाहिँ झन् उल्टो घट्ने । अहिले त्यो भएको छैन । विस्तारै कर्जा बढ्न थालेको छ ।

पोहोर–परारको दशैंअघिको जस्तो त भएको छैन । केही समयअघिको तुलनामा भने अहिले राम्रै छ भन्नुपर्छ । यो आर्थिक महिनाको २ महिनामा जम्मा १९ अर्ब रुपैयाँले कर्जा बढेको छ । जबकी अघिल्लो वर्ष पहिलो २ महिनामा ६३ अर्ब रुपैयाँले बढेको थियो । त्योभन्दा अगाडि २०७५÷७६ मा त ७४ अर्ब रुपैयाँले कर्जा बढेको छ ।

कहाँ ७४ अर्ब कहाँ १९ अर्ब । यसले के देखाउँछ ? निक्षेपचाहिँ यो २ महिनाको अवधिमा ३० अर्बले बढेको थियो । पोहोर जम्मा २ अर्बले मात्रै बढेको थियो । जेहोस् अब गतिविधिहरु बढ्न थालेपछि मान्छेमा कन्फिडेन्स लेभल आउन थालेको छ । मान्छेहरु बाहिर निस्कन थालेका छन् । अनलाइनबाट भए पनि कारोबार राम्रो हुन थालेको छ ।

पहिलो त्रैमासिक कस्तो रहला ?

धेरै राम्रो रिपोर्ट फर्स्ट क्वार्टरमा आउछ जस्तो लाग्दैन । हुन त राष्ट्र बैंकले समस्या हुन नदिनका लागि समयावधी थपिदिएको छ । यो बीचको अवधीमा नाफा घटेर पनि खासै फरक पर्दैन । खास असार महिनामा असर पर्ने हो । प्रोभिजनिङ नगरे पनि हुने सुविधा राष्ट्र बैंकले दिएको छ ।

पहिले व्यवसायहरुमा असर पर्छ, त्यसपछि बैंकिङको विजनेसमा असर पर्ने हो । ग्राहकहरु बलिया भए छिटो तंग्रिए भने बैंकलाई पनि राम्रो हुने हो । ग्राहक डुबे भने त बैंक पनि त्यहि बाटो जाने हो । विजनेश सेक्टरलाई अहिले असर परेको छ । अब त्यो सेक्टर तंग्रियो भने बैंकलाई राम्रै फाइदा हुन्छ ।

कृषि र हाइड्रोमा बैंकको लगानी

अहिले हाइड्रोपावरहरुमा काम गर्ने मान्छे नआइदिँदा पनि समस्या भएको छ । लकडाउनका कारण ओहोर–दोहोर हुन गाह्रो भयो । पहिलो लकडाउनमा काम भइरहेको थियो । खासगरी पछिल्लो लकडाउनमा काम हुन पाएन । ठाउँ–ठाउँमा स्थानीय तहहरुले लकडाउन गरे यसले पनि असर गर्यो ।

अर्को महामारीमा पनि लगानी हुनसक्ने ठाउँ भनेको कृषि हो । तर कृषिमा धेरै समस्याहरु छन् । एउटा न एउटालाई त्यसै दोष लगाउने चलन छ । कोहि न कोहिलाई त दोष थापारौं न भन्ने छ । बैंकले कर्जा दिँदैन भनिन्छ, किसानले पनि ऋण पाउँदैनन् । यो आजको होइन वर्षौंवर्षदेखिको समस्या छ । किसानले उत्पादन गरेको वस्तु बाटोमा फालिरहेका हुन्छन् ।

बैंंकलाई ब्याज घटाएर पैसा दिनू भन्नु र मोटरसाइकल पसललाई ल तिम्रो मोटरसाइकल २० हजार रुपैयाँ घटाएर दिनू भन्नु उस्तै हो । दुवै निजी क्षेत्र नै हुन् । भोलि बैंक समस्यामा गयो भने के गर्ने ? भोलि समस्यामा गयो भने सेयरधनीले पैसा हाल्ने हो । अहिले सेयरधनीको गाँस काटेर यसो भन्दिनु भएन

कहिले काउली फालिरहेका हुन्छन्, कहिले गोलभेडा फालिरहेका हुन्छन् । अब किसानले गोलभेंडा फालेको जिम्मा पनि बैंकले लिइदिनु पर्ने हो र ? किसानले म यो काम गर्छु, यति लगानी गर्नु पर्छ, म यति लगानी गर्छु बैंकले यति ऋण देओस् अनि बैंकको पैसा म यति समयमा यसरी कमाएर तिर्छु भन्ने खालको कुनै पनि व्यवसायिक योजना ल्याएर बैंकलाई दियो भने बैंकले ऋण दिइहाल्छ नि ।

बैंकको काम नै हो ऋण दिने । बैंकले ऋण दिएन भने त उसको आफ्नो व्यापार नै चल्दैन । उसको व्यापार हो त्यो । ऋण दिनका लागि बैंक विश्वस्त भने हुनुपर्छ । तर दुःखको कुरा यहाँ छ, गाउँघरमा धेरै मान्छे फर्केर आए । धान रोपे । तर यही बेलामा हामीले मल नै दिन सकेनौँ । मल लिन आएका मान्छेलाई हामी लाठि बर्साउँछौं ।

यहाँ जसको कमिकमजोरी भयो कसैले केही भन्दैन । सबै दोष बैंककै टाउकोमा हाल्दिन्छन् । हामी सबैलाई थाहा छ पछिल्लो समय बैंकले कृषिमा लगानी बढाइरहेका छन् । अहिले जीडीपीमा कृषिको योगदान २५ प्रतिशतमात्रै छ । कुनै जमानामा ४० प्रतिशतसम्म योगदान थियो, अहिले घटेर २५ मा झरेको छ । तर बैंकको कुल कर्जाको १०÷११ प्रतिशतमात्रै कृषि क्षेत्रमा कर्जा गएको छ ।

कृषिको योगदान बढाउनका निम्ति कृषिलाई व्यवसायिक बनाउनु पर्यो, कृषि रणनीति अहिले कार्यान्वयनमा छ । त्यो रणनीति अनुसार कृषि क्षेत्रमा फड्को मार्नका लागि निजी क्षेत्रले पनि लगानी गर्नुपर्यो बैंकहरुले पनि लगानी गर्नुपर्यो । भाषणले मात्रै त हुँदैन । लगानी गर्ने वातावरण बनाउनु पर्यो । वातावरण भएपछि त लगानी भइहाल्छ ।

हाम्रा ठूला उद्योगी व्यवसायीहरु हाइड्रोपावरमा लगानी गर्न चाहन्छन्, सिमेन्ट उद्योगमा लगानी गर्न चाहन्छन् । तिनै उद्योगपतिहरु कृषिको काम गर्छु भनेर एग्रेसिभ रुपले किन आउँदैनन् त भन्दा त्यहाँ केही न केही समस्या छ । त्यो समस्यालाई हामीले सम्वोधन गरिदिनु पर्यो । समस्या नहुने हो भने त धेरै आइहाल्छन् नि लगानी गर्न ।

रणनीति त बनिसकेको छ । कार्यान्वयन हुनुपर्यो । जमीनको खण्डीकरण बन्द गर्नुहुन्छ । त्यो केही समयपछि फेरि खोलिदिनु हुन्छ । फेरि विरोध भएपछि बन्द गर्नुहुन्छ । यी सबै समस्याहरु बैंककै कारण भनेर बैंकको टाउकोमा हालिदिनु त भएन नि । कृषिको योगदान हामीले बढाउनु पर्छ । पछिल्लो समय बैंकको लगानी बढेको छ । तर अहिले पनि ११ प्रतिशत मात्रै । कृषिमा लगानी २५ प्रतिशत हुनु पर्ने हो ।

जीडीपीमा कृषिको योगदान २५ प्रतिशत भएपछि बैंकको लगानी पनि सोही अनुसार हुनुपर्ने हो । २५ प्रतिशत लगानी हुनु पर्छ र यसका लागि त्यो किसिमको वातावरण पनि बन्नु पर्छ । यो २५ प्रतिशत योगदान पनि निर्वाहमुखीहरुको योगदान हो । यो व्यवसायिक कृषि गरेका कारण योगदान होइन ।

प्रक्रियागत झन्झट हुँदैन

खुकुरीको मार अचानोलाई मात्रै थाहा हुन्छ । तपाईंहरु लोन केमा दिनुहुन्छ ? भन्ने ग्राहकहरु हामीकहाँ आउँछन् । बैंकले त तपाईं जे काम गर्न चाहानुहुन्छ त्यसका लागि लोन दिने हो । बैंकले जेमा लोन दिन्छ त्यहि लिने त होइन नि । जस्तो ट्याक्सी चलाउनको लागि लोन चाहियो भने ट्याक्सीलाई यति पर्छ, म यति हाल्न सक्छु बैंकले यति ऋण दिनुपर्छ अनि ट्याक्सीले वर्षको यति महिनामा यति कमाइ हुन्छ भन्ने कुराको ज्ञान हुनुपर्छ ।

वर्षमा कति खर्च हुन्छ, कति ऋण तिर्नसक्छु भन्ने कुरा बुझेर ऋण लिन बैंकमा जाने हो भने बैंकले लोन दिइहाल्छ । तर धेरैजसो मानिसहरु एक पानामा निवेदन लेखेर ऋण चाहियो भन्दै आउँछन् । कुनै बिजनेस प्लान नै छैन । के गर्न लागेको हो त्यो कामबाट, कति कमाइ हुन्छ र कसरी ऋण तिर्न सकिन्छ भन्ने कुरा ऋण लिन आउने मान्छेलाई नै थाहा हुँदैन अनि ऋण दिएन भनेर भन्न मिल्छ ?

कृषिमा किन राम्रो प्रगति हुन सकेन भनेर अध्यननहरु भएका छन् । त्यो अध्ययन हेर्ने हो भने बैंकको ऋण त आठौं कि नवौं नम्बरमा पर्छ । यो एक नम्बरको समस्या होइन । एक नम्बरको समस्या त उत्पादकत्व नहुनु हो । अझै पनि हामी काठको हलो जोत्छौं । हाम्रो मल छैन । साउथ एशियामा नेपालको कृषि उत्पादकत्व धेरै तल छ । चाइनासँग त तुलना हुनै सक्दैन ।

बंगलादेशभन्दा पनि हामी पछाडि छौं । १०-१५ वर्ष अघिको तुलनामा हाम्रो बढेको छ । तर आफैँसँग तुलना गर्ने कुृरा भएन । अन्य मुलुकहरुको हेर्नु पर्यो नि । यसकारण लागत घटाउनु पर्यो उत्पादकत्व बढाउनु पर्यो । ग्राहकलाई नेपाली उत्पादन नै किन्नु पर्छ भन्ने लागोस् । एक–दुई रुपैयाँ महंगो भए पनि नेपाली नै किन्छौं भन्ने हुनुपर्यो ।

अहिले त कृषिको साह्रै गाह्रो अवस्था छ । म पनि किसान परिवारकै मान्छे हुँ । खेति लगायो, लागत पनि उठ्दैन । यसको कारण भनेको हाम्रो कृषि व्यवसायिक भएको छैन । कृषिलाई कसरी व्यवसायिक बनाउने भन्ने विषयमा हामीले काम गर्न सक्छौं । त्यसो हुँदा बैंकको लगानी पनि बढ्छ । कृषिमा धेरै कुलमानहरु छन्, उनीहरुलाई उचित जिम्मेवारी दिनु पर्यो । हुनत हामीलाई कुलमान नै चाहिएको छैन ।

भएका कृषि विज्ञलाई सही काम दिन सक्नु पर्यो । कम पानी परेर उत्पादन कम भयो भने त्यसको क्षतिपूर्ति बीमा कम्पनीले दिन सक्ने व्यवस्था छ । यसका लागि वेदर स्टेशन देशका ठाउँ–ठाउँमा बनाउनु पर्यो । जहाँ जुन राम्रो खेति हुन्छ त्यहाँ त्यो खेति गर्नुपर्यो ।

ब्याजदरको समस्या

माग र आपूर्तिको कुरा मुख्य हो । अघिल्लो आर्थिक वर्षमा ६.६ मुद्रास्फिति थियो तर साउनमा ३.५ रहेको छ, कस्तो राम्रो पक्ष हो । ब्याजदर धेरै तल झर्दा निक्षेपकर्ताहरु समस्यामा पर्छन । कोभिडका बेला उद्योगी व्यवसायीहरुलाई लागत खर्च घटाउनका लागि ब्याज कम गरेर दिनु पर्ने हाम्रो बाध्यता छ ।

यसकारण साढे ६ प्रतिशत मुद्रास्फिति हुँदा पनि हामीले ब्याजदर तल नै राख्यौं । धेरै लामो समयसम्म निक्षेपकर्तालाई समस्यामा पार्न सकिने थिएन । अहिले त मुद्रास्फिति निकै तल झरेको अवस्था छ । यस्तै अवस्था रहने हो भने ब्याजदर पनि तलै हुँदा पनि हामीले धान्न सक्छौं ।

मौद्रिक नीतिमा धेरै राम्रा कुराहरु पनि समेटिएका छन् । बैंकहरुलाई दुई प्रतिशत घटाएर लोन दिन भनिएको छ । योचाहिँ गर्न नहुने काम हो । बैंकको पनि व्यापार नै हो । ८०–८५ प्रतिशत बैंकिङ निजी क्षेत्रको हातमा छ । थोरै मात्रै सरकारी छ । बैंंकलाई ब्याज घटाएर पैसा दिनू भन्नु र मोटरसाइकल पसललाई ल तिम्रो मोटरसाइकल २० हजार रुपैयाँ घटाएर दिनू भन्नु उस्तै हो । दुवै निजी क्षेत्र नै हुन् । भोलि बैंक समस्यामा गयो भने के गर्ने ? भोलि समस्यामा गयो भने सेयरधनीले पैसा हाल्ने हो । अहिले सेयरधनीको गाँस काटेर यसो भन्दिनु भएन । यो ठीक भन्ने मलाई लाग्दैन । तर हामीले के बिर्सनु हुँदैन भने यो महामारीको बेला हो । बैंक पनि बाँच्नु पर्छ र ग्राहकहरु पनि बाँच्नु पर्छ । अन्य विषयहरु भने मौद्रिक नीतिमा राम्रै व्यवस्थाहरु छन् ।

कोभिडको समस्या अझै कहिलेसम्म जान्छ भन्न सकिने अवस्था छैन । कोभिडलाई ह्याण्डल गर्नका लागि राष्ट्र बैंकले लिएका नीतिहरु ठीक छन् । तर यो समस्या लामो भयो भने समस्यालाई समस्या नै भन्नु पर्ने हुन्छ । साँवा ब्याज नतिरे पनि लोनलाई प्रोभिजन गर्नु पर्दैन भनियो । किनभने छोटो समयका लागि हो, बैंक पनि बाँच्छ बिजनेस पनि बाँच्छ भनेर यो भनिएको हो ।

बिजेनसहरु पिकअप भएनन् । तर ढुक्कको कुरा दक्षिण एशियाका अन्य देशका बैंकहरुको तुलनामा हाम्रा बैंकहरु एकदमै मजबुत छन् । बैंकहरुले धमाधम बण्ड पनि जारी गरिरहेका छन् । बैंकहरुले आफ्नो पुँजी पर्याप्ततालाई एकदमै बढाइरहेका छन् । बैंकहरु टाटै पल्टिने हुँदैन । यति कुरामा हामी ढुक्क हुनुपर्छ । कोभिडपछि उकासिन्छन् भन्ने छ ।

कतिपय देशमा कोभिड भए पनि तिमीहरु नियमानुसार गर्नु पर्ने काम गर । तिर्नु पर्ने तिर भनिएको छ । तर हामीले त्यो भनेनौं बैंक र व्यवसाय दुवै बचाउनु पर्छ भन्ने हिसाबले निजी लियौं । आशा गरौं अब व्यवसायहरु बढ्नेछन् । सुधार हुन्छन् भन्ने हामीले सोच्नुपर्छ ।


Your Views
Related News