जीवनको ४० तथा ५० को दशकमा पुग्नु भनेको उमेर पाको भएको वा आधा जीवन व्यतित भएको भन्ने बुझिन्छ ।

तर यौनका मामिलामा भने ४० को दशकमा महिलाले आफ्नो जीवन भरमा सवैभन्दा बढी सक्रिय हुने समय रहेको एक अध्ययनले देखाएको छ । जीवनको सन्तुष्टि विषयमा गरिएको अध्ययनले महिलाले आफ्नो जीवनको ४० को दशकमा अन्य उमेरमा भन्दा बढी यौन आनन्द लिने र यौनमा बढी सक्रिय रहने तथ्य सार्वजनिक गरेको छ ।

त्यस्तै ३१ देखि ४५ वर्ष अमेरका ४३ प्रतिशत महिलाले बढी सन्तुष्टि प्राप्त गरेको जनाएका छन् । प्रतिवेदनमा १८ देखि ३० वर्षका ५४ प्रतिशत महिलाहरुले चरम उत्कर्ष प्राप्त गर्न नसकेको तर ४० देखि ५४ वर्षसम्मका ६७ प्रतिशतले चरम उत्कर्ष प्राप्त गर्न सफल भएको उल्लेख गरिएको छ । अमेरीकामा गरिएको अर्को एक अध्ययन अनुसार ३१ देखि ४५ वर्षका ८७ प्रतिशत महिलाहरु यौनमा सक्रिय रहेको र दैनिक सम्पर्क गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ । सो प्रतिवेदन अनुसार ति उमेर समुहका महिलाहरुले यौन चरमआनन्द प्राप्त गर्न सफल भएको जनाएका छन् । अध्ययनले ४० देखि ५० वर्षको उमेरका महिलाहरु यौनका मामिलामा जीवनको सवैभन्दा बढी सक्रिय रहने र आनन्द लिने उमेर समुहमा रहेको निष्कर्ष निकालेको छ ।

पुरुषहरु यौनसँग जोडिएको कुनै पनि कुरा आराम तथा ढुक्कसँगले आफ्ना श्रीमती तथा साथी भाइसँग खुलस्त रुपमा साटासाट गर्ने गर्दछन् । तर महिलाहरु यौनको मामिलामा कुरा तथा विश्लेषण गर्न लजाउने तथा हिच्किचाएको महशुस गर्दछन् । तर, उमेरले ४० को हाराहारी पुगेका महिलामा त्यो हिच्किचाहट कम भएको वा हराइसकेको हुन्छ । तसर्थ पनि उनीहरुमा यौन सक्रियता बढी हुन पुग्छ । विवाहको सुरुवाती अवस्थामा भएको यौन असन्तुष्टिलाई महिलाले खुलेर भन्न सक्दैनन् तर जीवनको मध्य उमेरमा आफ्ना हरेक कुरालाई उनीहरुले सेयर गर्ने अध्ययनले भनेको छ ।

READ MORE NEWS

जोखिम मोलेरै ट्राफिकले सेवा दिइरहेको छ


Your Views
Related News