काठमाडौ । सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंःमोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।

 

 

जन्मदिनः
ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

 

 

वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः
अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

 

 

रिलेसनशीप स्टेटसः
यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

 

 

क्रेडिट कार्ड डिटेल्सः
क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

 

 

आफ्नो बसलाई नजोड्नुहोस्ः
यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

 

 

आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः
फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।

 

 

छुट्टिको जानकारी नदिनुहोस्ः
याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

 

 

परिवारको तस्बिर नराख्नुहोस्ः
यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

 

 

बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः
तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

 

 

लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः
आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।

READ MORE NEWS

कपल च्यालेन्ज भन्दै फोटो पोस्ट गर्नुभयो : प्रहरीले खुलायो सबै, वयश्क फिल्ममा आउँला !

काठमाडौं । केही साता पहिले हामीले ‘अनेक च्यालेन्ज भन्दै फेसबुकमा यति ठूलो गल्ती त गर्नुभएन, नभुल्नुहोस् सबै बर्बाद हुनसक्छ’ शिर्षक राखेर एक सामाग्री राखेका थियौँ । त्यस कुरालाई धेरैले सकरात्मक रुपमा लिनु भएको छ । कतिपयले त्यसमा उल्लेख गरिएका कुराहरुमा विश्वास गर्नुभएको थिएन् ।

 

 

तर आज हामी थप केही डरलाग्दो खुलासा गर्न गइरहेका छौँ । सामाजिक सञ्जालमा पछिल्ला केही दिन यता च्यालेञ्जको नाममा अनेक ट्रेन्डहरु चलिरहेका छन् । जसमा कपल च्यालेञ्जको रुपमा प्रयोगकर्ताहरुले आफ्नो पार्टनरसँगको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

 

 

 

कपल च्यालेञ्जनको नाममा प्रयोगकर्ताहरुले आफ्नो निजी जानकारी उदाङ्गो पारिरहेका छन् । जसको आधारमा ह्याकरले निशाना साँध्न सक्ने जोखिम निकै छ । तपाईं पनि हाँस्दै मुस्कुराउँदै गरेको आफ्नो पार्टनरसँगको फोटो ह्यासट्याग कपल च्यालेञ्ज सहित फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पोस्ट गरिरहनु भएको छ भने सतर्क रहनुहोस् । यो ट्रेन्ड नेपालमा मात्र नभएर अहिले छिमेकी देश भारत, बंग्लादेश लगायतका मुलुकमा पनि खुबै चलेको छ ।

हुँदा हुँदा यो विषय भारतको प्रहरी समक्ष पुगेको छ । भारतको पुणे प्रहरीले आफ्नो ट्वीटर ह्याण्डलमार्फत प्रयोगकर्ताहरुलाई यो च्यालेञ्जबाट जोगिन भनेको छ । ट्वीटमा भनिएको छ, ‘आफ्ना पार्टनरसँगको फोटो पोस्ट गर्नु अघि दुई पटक सोच्ने गर्नुहोस् ।

 

 

यदि सावधानी अपनाउनु भएन भने यो च्यालेञ्ज गलत सावित हुनसक्छ ।’ प्रहरीका अनुसार यस प्रकारका च्यालेञ्ज चलाएर ह्याकरले प्रयोगकर्ताका निजी तस्वीरहरुलाई निशाना बनाउँछन् । जसलाई विश्वभर रिभेञ्ज वयश्क तथा डि’प फे’क प्रविधिको शि’का’र बनाउने गर्छन ।

 

 

कयौं व्यक्तिहरु, खास गरेर महिलाहरु डि’प फे’कको शि’का’र’ हुने गरेका छन् । जसमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर कसैको तस्वीर अर्को कुनै व्यक्तिको श’री’रमा यसरी जोडिन्छ कि त्यो वास्तविक जस्तै देखिन थाल्छ ।


Your Views
Related News