लमजुङको बेसीशहर नगरपालीका–२ गैरी बजारमा रहेको प्रतिक्षालयमा “हुनेले दिएर जानुहोस,नहुनेले लिएर जानुहोस” लेखिएको यस्तो सूचना बिहिबारदेखि टाँसिएको छ । प्रतिक्षालयमा बिहान ११ देखि ३ बजेसम्म एउटा टेबल हुन्छ । टेबलमाथि चामल, दाल, तेल, नुनका पोका राखिएको छ । कोरोना महामारी र बन्दाबन्दीले दैनिकी ज्याला मजदुरी गरेर खानुपर्नेलाई एक छाक टार्न पनि धौधौ छ ।

उनीहरूलाई थोरै भए पनि राहत होस् भनेर ’फुड बैंक’ सुरू गरिएको ’फुड बैंक’ का संयोजक अन्सुल लोहनीले बताउनुभयो । सक्नेले आफूसँग भएका खाद्य सामग्री उपलब्ध गराउने र त्यही सामग्री नहुनेलाई निःशुल्क बाँड्ने उद्देश्यले यो अभियान सुरू गरिएको लोहनीलको भनाई छ । ’अहिले मजदुरी र ज्यालादारी गर्नेहरू रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति छ ।

हाम्रो तर्फबाट समस्याको समाधान खोज्ने क्रममा फुड बैंक सुरू गरिएको हो । उहाँका अनुसार यो अभियानमार्फत् आइतबारसम्म ५३ भन्दा बढी घरपरिवारलाई कोसेली वितरण गरिएको छ । अभियान अझै तिन दिन जारी रहनेछ । ’हामीले फुड बैंक परीक्षणका रूपमा सुरू गरेका थियौं । फुड बैंकका संयोजक लोहनीले भन्नुभयो यतिका मान्छे आउनुहोला भन्ने सोचेकै थिएनौं । सहयोग गर्नेहरू पनि धेरै हुनुहुन्छ, ।

उहाँका अनुसार फुड बैंकका लागि हालसम्म २५ हजार रूपैयाँभन्दा बढीको आर्थिक सहयोग जुटेको छ । बेसीशहर नगरपालिका २ का हाल जापानमा कार्यरत बिबेक आलेमगरले पनी फुड बैंकको सहयोग अभियान एक्यबद्धता जनाउनुभएको छ । उहाँ भन्नुहुन्छ सहयोग गर्न पाएकोमा खुसी छु । सहयोगी हातहरू बढेको देखेर खुसी व्यक्त गर्दै लोहनी भन्नुहुन्छ ’अब अझै यस अभियानलाई कसरी व्यवस्थित ढंगबाट अघि बढाउने भनेर छलफल गरिरहेका छौं ।

’बिहिबारबाट सुरू फुड बैंकमा कोसेली लिन आउनेको संख्या दैनिक बढेको लोहनी बताउँनुहुन्छ । बिहिबार ८,शुक्रबार ९ शनिबार १८ जना आएका थिए र आइतबार बढेर २१ पुग्यो । फुड बैंकले ५ किलो चामल, १ प्याकेट नुन, आधा लिटर तेल, आधा किलो मसला १ प्याकेट साबुन ,बेसार, दाल, र स्वास्थ्य सुरक्षाका सामाग्री पनी वितरण गर्दै आइरहेका छ ।

खाद्यान्न सामग्री लिन आउनेको संख्या दिनहुँ बढ्दो छ । राहत वितरण र व्यवस्थापनमा बिहिबारदेखीनै उर्जासिल ३ जना युवाहरु खटिरहेका छन् । राहत लिन आउनेहरूलाई सामाजिक दुरी अनिवार्य गरिएको छ । धादिङ घर भई हाल लमजुङमा ज्यालामजदुरी गर्दै आएकी पेमा तामाङ बताउनुहुन्छ बन्दाबन्दीका कारण काम पनी ठप्प भइहाल्यो । काम नचलेपछि हातमुख जोर्न समस्या भयो ।

कति दिन त खानेकुरा नभएर सिस्नो धरी उमालेर छाक टारे । बिहिबारदेखी गैरीमा दाल चामल बाडेको छ अरे भन्नी खबर सुनेर आए तामाङ भन्नुहुन्छ अब केही दिन भएनी चामलको भात खान पाइने भयो । यही टोलीले पहिले लकडाउनको समयमा पनि खाद्य सामग्री वितरण गरेको थियो । उनीहरूले देशविदेशमा छरिएर रहनुभएका दाजुभाई दिदिबहिनिहरुको सहयोगमा घरघरमा पुगेर राहत बाँडेका थिए ।

उक्त अभियान झन्डै एक साता चल्यो । यस क्रममा १ बोरा चामल,आधा किलो दाल, आधा किलो सोयाबिन, एक प्याकेट नुन र १ लिटर तेल वितरण गरिएको थियो । वडाको सहयोगमा यो अभियान चलाउन सके धेरैलाई राहत हुने फुड बैंकका संचालक रबिन परियारको भनाइ छ । ’एकअर्कालाई सहयोग गर्नु नै मानवीय धर्म हो,’ परियार भन्नुहुन्छ्, ’रोग र भोकले कोही मर्न नपरोस् भनेर सक्दो कोसिस गर्दैछौं । सहयोगी हातहरू हुनुहुन्छ, हौसला पनि बढेको छ ।

READ MORE NEWS

कोरोना संक्रमण बढ्दा नेपालको स्वास्थ्य प्रणालीले नधान्ने खतरा, अहिले नै बेड पाउन मुस्किल !

विश्वभरि नै महामारीको रूप लिएको कोभिड– १९ संक्रमणको ग्राफ नेपालमा पनि यतिबेला माथि चढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो १४ दिनमा नेपालमा २१ हजार ७ सय ७३ कोरोना संक्रमित थपिएका छन् भने हालसम्म ५ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् ।

८६ हजार ८ सय संक्रमितमध्ये ७३ प्रतिशत संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । आइतवार सार्वजनिक पछिल्लो तथ्यांकअनुसार हाल नेपाल सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ ।

सक्रिय संक्रमितमध्ये ११ हजार ८ सय ९३ संक्रमित यतिबेला घरमै छन् । बाँकीमध्ये आईसीयूमा २ सय २६ जनाले उपचार गराइरहेका छन् भने भेन्टिलेटरमा उपचार गराउनेको संख्या ३४ रहेको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा उपचारका लागि बेड उपलब्ध नभएका समाचारहरू सार्वजनिक हुने गरेका छन् । कमजोर स्वास्थ्य पूर्वाधार भएको नेपालमा संक्रमितको संख्या बढ्नु परिस्थिति झनै भयावह हुनु हो ।

गत मेमा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक तथ्यांकमा नेपालभरि अस्पताल बेडको संख्या २६ हजार ९ सय ३० रहेको उल्लेख थियो । तीमध्ये १५ सय ९५ आईसीयू बेड थिए भने भेन्टिलेटरको संख्या ८ सय ४० थियो ।

तथ्यांक सार्वजनिक भएको ४ महिनामा नेपालको स्वास्थ्य पूर्वाधार बलियो भएको छैन ।

त्यसयता केही सय आईसीयू बेड थपिएका छन् भने केही दर्जन भेन्टिलेटर थपिएका छन् । स्थानीय निकाय, प्रादेशिक सरकार र संघीय सरकारले आ-आफ्नो गच्छेअनुसार बेड थप्ने निर्णय गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौंमा बेडको अवस्था कस्तो छ ?

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ३ दिनअघि सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशमा ४ सय ३५ आईसीयू र १ सय ९८ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेका छन् । काठमाडौंमा संख्या १ सय २०, ललितपुरमा १ सय २ र भक्तपुरमा २० आईसीयू रहेका छन् । यीमध्ये अधिकांश बेडहरू भरिभराउ छन् । सघन उपचार आवश्यक हुने नयाँ संक्रमितले बेड नपाएको अवस्था छ ।

वीर अस्पतालमा जम्मा ४ सय २२ बेड रहेका छन् । वीर अस्पताललाई कोभिड– १९ अस्पतालका रूपमा संचालन गर्ने र त्यहाँ दिइने अन्य सेवाहरू ट्रमा सेन्टरबाट दिने निर्णय सरकारले गरिसकेको छ । अस्पतालमा अहिले जम्मा बेड संख्याको ९० प्रतिशत भरिएको अस्पताल स्रोतले बताएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १ सय २० बेड कोरोनाका लागि भनेर छुट्याइएको छ । त्यहाँ पनि लगभग सबै बेड भरिएका छन् । अहिलेसम्म २ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार गरिसकेको दाबी गर्ने पाटन अस्पतालमा पनि बेड पाउन गाह्रो छ । पाटन अस्पतालमा अहिले १ सय भन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।

टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि बेड भरिएको छ । त्यहाँ आउने संक्रमितहरूलाई अस्पतालले अन्त पठाउने गरेको अस्पताल स्रोतले बतायो ।

बलम्बुस्थित सशस्त्र प्रहरी कोरोना विशेष अस्पतालमा १ सय ४८ बेड छन् । तर ती बेडहरू अहिले भरिइसकेको बताइएको छ । अस्पताल स्रोतले केही बेड खाली रहेको तर त्यो भीआईपीहरूका लागि छुट्याएर राखिएको जानकारी दियो । केही दिनयता अस्पतालमा नयाँ संक्रमितलाई भर्ना लिइएको छैन ।

उपत्यकामा रहेका अन्य अस्पतालमध्ये कीर्तिपुर आयुर्वेद अस्पतालको क्षमता १०० बेड हो भने काठमाडौं मेडिकल कलेजको क्षमता ९० हो । नेपाल पुलिस अस्पतालमा कोरोना संक्रमितका लागि ५० बेड छुट्याइएको छ, तर त्यहाँ अहिले १ सय ५० को हाराहारीमा संक्रमित रहेका छन् ।

निजी अस्पतालको स्थिति के छ ?

निजी अस्पतालमा पैसा तिर्छुभन्दा पनि बेड उपलब्ध छैनन् । बेड पाए पनि निजी अस्पतालहरू छोइसाध्ये छैनन् । केही दिन उपचार गरेको बिल लाखौंमा आउने गरेको छ ।

आमजनताको पहुँचमा निजी अस्पताल छैनन् । पछिल्लो समयमा त पैसा नै तिर्छुभन्दा पनि निजी अस्पतालमा बेड उपलब्ध हुन सकेको छैन ।

निजी क्षेत्रका अस्पतालहरूको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सटच्यूसन अफ नेपाल (अफिन)का वरिष्ठ उपाध्यक्ष कुमार थापाले सरकारको निर्देशनअनुसार उपलब्ध बेडको २० प्रतिशत कोरोना संक्रमितलाई छुट्याइएको दाबी गरे ।

थापाले भने, ‘निजी अस्पतालसँग १६ हजार बेड छन्, तीमध्ये सरकारको निर्देशनअनुसार २० प्रतिशत कोरोना संक्रमितलाई छुट्याइएको छ । लगभग ३२ सय बेडमा अहिले कोरोना संक्रमितलाई राखेर निजी अस्पतालहरूले उपचार गरिरहेका छन् । २० प्रतिशतको प्रावधान भएपनि कहीँ अलि बढी नै बेड छुट्याइएको छ भने कहीँ अलिकति कम पनि होला ।’

उनले निजी अस्पतालले बेड संख्या बढाउन कानून बाधा बन्ने तर्क गरे ।

‘संक्रमितको संख्या बढिरहेको छ, हामीले चाहेर पनि बेडको संख्या बढाउन सकिरहेका छैनौं,’ थापाले भने, ‘सेवा सुविधा बढ्न सक्छ तर पूर्वाधार नै बढाउन गाह्रो छ ।’

पैसा बढी लिने गरेकाले आम जनताको पहुँचमा निजी अस्पताल छैनन् नि भन्ने प्रश्नमा थापाले भने, ‘हामीले दिने सेवा सुविधाको हकमा पैसा निकै कम लिइरहेका छौं । अमेरिका, बेलायत जस्ता देशहरूमा पनि उपचार कहाँ सस्तो छ र ? त्यहाँ स्वास्थ्य बीमा हुन्छ त्यसैले त्यहाँका नागरिकका लागि उपचार सस्तो हुने हो । यहाँ सरकारले जनताका लागि केही व्यवस्था गरेको छैन । त्यसैले महंगो देखिएको हो ।’

सरकारी स्वास्थ्य अधिकारीहरू नै भन्छन् – परिस्थिति भयावह हुँदैछ!

कोभिड १९ को राष्ट्रव्यापी फोकल पर्सनका रूपमा काम गरिरहेका स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. महेन्द्र श्रेष्ठले संक्रमितको संख्या बढ्दै जाँदा बेडको समस्या पनि थपिँदै जाने बताए ।

‘मैले पहिलेदेखि भन्दै आएको छु, समस्या जटिल हुँदैछ,’ उनले भने, ‘लक्षणसहितका संक्रमितलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ, जसका लागि पर्याप्त बेड चाहिन्छ । अहिलेसम्म खासै त्यस्तो समस्या नदेखिएपनि अब भने समस्या हुन सक्छ । त्यसका लागि हामीले हाम्रो तर्फबाट गर्नुपर्ने तयारी गरिरहेका छौं ।’

क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संयोजक डा. शेरबहादुर पुनले पनि अस्पतालमा बेड नभएर समस्या भएको आफूले सुनेको बताए ।

‘अहिलेदेखि नै अस्पालमा बेड अभाव हुनु राम्रो संकेत होइन,’ उनले भने, ‘हामीले पर्याप्त समय पाएका थियौं तर त्यसलाई सदुपयोग गर्न सकेनौं ।’

उनले चीन, बेलायत या अमेरिकामा जस्तै केही दिनमा हजारौं बेडको अस्पताल बनाउन सेना परिचालन गर्नुपर्ने मत राखेका छन् ।

‘जसरी चीनले केही दिनमै हजारौंको उपचार गर्ने गरी अस्थायी अस्पताल तयार गरेको थियो, त्यस्तै गरेर काठमाडौंमा पनि काम गर्न सकिन्छ । संक्रमितलाई कहाँ लैजाने के गर्ने भन्ने समस्या आउनुभन्दा पहिल्यै त्यो काम गर्न नेपाली सेना पनि सक्षम छ,’ उनले भने ।

बेडको समस्या छैन – डा. जागेश्वर गौतम, प्रवक्ता स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितले बेड नपाउने समस्या नरहेको दाबी गरेका छन् ।

उनले लोकान्तरसँग भने, ‘अहिले त्यस्तो समस्या आएको छैन । सक्रिय संक्रमितको संख्या यही रेटमा बढ्दै गयो भने समस्या आउनेछ भन्नेमा हामी जानकार छौं । सरकारले त्यसका लागि तयारी गरिरहेको छ ।’

उनले आम नागरिकले जनस्वास्थ्यका मापदण्ड नअपनाएकाले समस्या भयावह हुँदै गएको भन्दै असन्तुष्टि पोखे ।

‘कम्तिमा मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने हो भने संक्रमण आफैं हराएर जान्छ,’ उनले भने, ‘काम नपरी घरबाट बाहिर ननिस्किने, दीर्घरोगी, वृद्धवृद्धाहरूलाई विशेष केयर गर्ने हो भने यो ठूलो समस्या होइन । सबैलाई यसबारेमा जानकारी पनि छ, तर पालना भएको छैन ।’

सरकारलाई जनताको भर, जनतालाई सरकारको !

कोरोना नियन्त्रणका लागि भन्दै गरिएको महिनौं लामो असफल लक-डाउन र निषेधाज्ञापछि सरकारले जनताको थाप्लोमा कोरोना नियन्त्रणको बोझ थोपरेको छ । प्रवक्ता डा. गौतमले त्यही आशयको कुरा गरे । ‘यो सबै जनताको थाप्लोमा छ, संक्रमण बढ्न नदिने काम जनताको हो । जनस्वास्थ्यका मापदण्ड पालना गरे संक्रमण केही दिनमै हराएर जाने कुरा विज्ञानले प्रमाणित गरिसकेको कुरा हो । सरकारको मुख ताकेर मात्र केही हुनेवाला छैन,’ डा. गौतमले भने ।

संक्रमणको जोखिम भयावह हुने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू नै स्वीकार्ने गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रणको जिम्मेवारी अब सरकारले जनताको काँधमा दिएको छ । सरकार अब जनचेतना फैलाउनबाहेक केही गर्न नसक्ने स्थितिमा पुगेको जस्तो देखिन्छ ।

नेपालको हकमा ‘लक-डाउन’ मोडल पूर्णतः फेलियर सावित भएको छ । चैत ११ देखि साउन ७ गतेसम्म गरिएको लक-डाउनले कतिपय ठाउँमा संक्रमण नियन्त्रणमा ल्याउन सफल पनि भएको थियो ।

साउन ७ गते अघिसम्म काठमाडौं उपत्यकामा संक्रमण खासै फैलिएको थिएन ।

त्यसपछि जब लक-डाउन घोषित रूपमै सरकारले खुला गर्‍यो, तब काठमाडौं उपत्यकामा बढेको संक्रमणको दरले तल झर्ने कुनै नाम लिएको छैन ।

बाध्य भएर उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले भदौ ३ गतेदेखि लागू हुने गरेर निषेधाज्ञा घोषणा गरेका थिए, निषेधाज्ञाले कुनै काम गरेन ।

२०७६ सालको चैत्र ११ गते देशैभर लक-डाउन हुँदा देशमा जम्मा संक्रमितको संख्या २ थियो भने यो टिप्पणी लेख्दासम्म नेपालमा संक्रमितको संख्या ८५ हजार नाघिसकेको छ ।


Your Views
Related News