काठमाडौं । लामो समयदेखि जारी सीमा विवादलाई लिएर भारत र चीनले फेरि वार्ता गर्ने भएका छन् । १२ अक्टुबरमा कोर कमान्डर लेभलको वार्ता हुने भएको हो । भारत–चीन सीमाक्षेत्र एलएसी तनावका बीच वार्ता गर्न लागेका हुन् । दुबै पक्षले सीमा विवाद समाधान गर्न हालसम्म कोर कमाण्डर स्तर वार्ता गरेका छन ।

 

 

सेना स्रोतका अनुसार कोर कमान्डर स्तर वार्ता पूर्वी लद्दाख सेक्टरमा १२ अक्टुबरमा हुनेछ । यस अघि छैठो वार्ता सम्पन्न हुँदा भारतले यस वार्तामा परराष्ट्र मन्त्रालयका एक अधिकारीलाई सहभागि गरेको थियो ताकि चीन पछाडि फर्कन नसकोस् ।

 

 

तपाँईलाई जानकारी गराउँ कि भारतीय र चिनियाँ सेनाले एलएसीमा तिव्र तनावको सामना गरिरहेका छन । सैन्य तनाव पूर्वी लद्दाख क्षेत्रमा बढी छ, जहाँ दुबै सेनाले जाडोमा पनि आफ्नो स्थानमा खडा हुने तयारी गरेका छन् ।

READ MORE NEWS

यी दुई विषयले अफगान–तालिबानबीच प्रत्यक्ष वार्ता अझै हुन दिएन

दोहा, कतार, १९ असोज (रासस–एएनआई) कतारको दोहामा अफगान सरकार र तालिबानबीच अन्तर–अफगान औपचारिक संवाद शुरु भएको २२ दिन पुगे पनि दुबै पक्षबीच प्रत्यक्ष वार्ता अझै हुन सकेको छैन । दुबै पक्षका वार्ता टोलीले सातवटा सम्पर्क समूह बैठकहरु गरेका छन् तर यी बैठकमा दुईवटा विवादास्पद विषयमा सहमति हुन सकेको छैन । सम्पर्क समूहका बैठकहरु पनि विगत छ दिनदेखि बस्न सकेका छैनन् ।

तालिबान समूहले अमेरिका–तालिबानबीचको सम्झौतालाई मान्यता दिनुपर्ने तथा हनाफी न्यायप्रणालीलाई स्वीकार्नु पर्ने शर्तहरु अघि सारेको छ । तर, अफगान सरकारले भिन्न प्रस्ताव अघि सारेको छ । सरकारले कुनै धार्मिक कुरासँग सम्बन्धित विषय उठे त्यसलाई हनाफी न्यायप्रणालीबाट सम्बोधन गर्न सकिने जनाएको छ ।

शिया कानुन मुलुकभर समान ढंगबाट लागू हुने भएपनि धार्मिक अल्पसंख्यकका धार्मिक कानुनलाई पनि मान्यता दिनुपर्ने प्रस्ताव सरकारको छ । तालिबान सरकार र तालिबानबीच गत सेप्टेम्बर १२ देखि कतारको दोहामा शान्तिवार्ता जारी छ । यस वार्तामा दशकौं लामो गृहयुद्ध अन्त्य गर्ने उपायका बारेमा छलफल हुँदैछ ।

अफगान गृहयुद्धमा हालसम्म दशौं हजार नागरिकको ज्यान गइसकेको छ । वार्तामा ढिलाई भएपछि अमेरिकी र अन्य मुलुकहरुले सहमतिका लागि कुटनीतिक प्रयत्न जारी राखेका छन् । अमेरिकी विशेषदूत जाल्मे खलिलजाद गत साता दोहामा आएर दुबै पक्षका वार्ता टोलीसँग छलफल गर्नु भएको थियो । यसैबीच, नेटोका वरिष्ट प्रतिनिधि स्टेफानो पोन्टेकोर्भोले पनि वार्ता टोलीका संयोजक एवं सदस्यहरुसँग छलफल गर्नु भएको छ ।

READ MORE NEWS

भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख २ हजार बढीको मृत्यु

नयाँदिल्ली, १९ असोज (रासस–एएनआई)भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कूल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या १ लाख २ हजार ६८५ पुगेको छ ।

भारतमा ५५ लाख ८६ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ३४ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् । सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३८ हजार भन्दा बढीको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख १५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ९ हजार २८६ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ९९ लाख नमूना परीक्षण गरेको जनाएको छ ।


Your Views
Related News