काठमाडौं । कोभिड–१९ को कारण विगतमा झैं यस वर्ष भद्रपुर–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ । मन्दिर सञ्चालक समितिले कोभिड–१९ को महामारीका कारण सरकारले मन्दिरमा भेला हुनसमेत बन्देज गरेका कारण जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरेको समितिका सचिव यशोदा कोइरालाले जानकारी दिनुभयो ।

काली मन्दिरमा वर्षौं अघिदेखि हिन्दू धार्मिक विधिअनुसार वडादशैंँको घटस्थापनामा जमरा राखी नवरात्रिभरि पूजाआजा गरिँदै आएको थियो । समितिका अध्यक्ष भीम पौडेलले भन्नुभयो, “कोरोनाले मुलुक आक्रान्त भएका बेला जमरा राख्ने कार्य स्थगित गरेका छौँ ।”

READ MORE NEWS

गाउँपालिकालाई भारत सरकारले निःशुल्क एम्बुलेन्स प्रदान गर्यो

  •  सोमबार १९ असोज, २०७७

काठमाडौं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकालाई भारत सरकारले निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । भारत सरकारले नेपालका ४१ सङ्घसंस्थालाई एम्बुलेन्स प्रदान गर्ने क्रममा बागलुङबाट बडिगाड गाउँपालिकाले एम्बुलेन्स प्राप्त गरेपछि गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन थालेको छ ।

भारत सरकारले महात्मा गान्धीको १५१औँ जन्मजयन्तीको अवसरमा बडिगाड गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भई सञ्चालनको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो ।

‘‘गाउँपालिकालाई कोरोना सङ्कटमा निकै समस्या भयो, निर्वाचित भएर आएपछि एम्बुलेन्सको आवश्यकता देखेर भारत सरकारलाई माग गरेका थियौं’’ गाउँपालिकाका अध्यक्ष पाइजाले भन्नुभयो, “तीन वर्र्ष पहिले माग गरेको एम्बुलेन्स हाल आएर उपहारस्वरुप प्राप्त गरेका छौं, यसको सञ्चालन र व्यवस्थापन गाउँपालिकाले गर्नेछ ।”

शुक्रबार गाउँपालिकाको नाममा एम्बुलेन्स हस्तान्तरण भएको अध्यक्ष पाइजाले जानकारी दिनुभयो । कर छुटसहित झण्डै रु १२ लाखभन्दा बढी मूल्य पर्ने बुलेरो एम्बुलेन्स प्राप्त भई गाउँपालिका ल्याउन थालिएको पाइजाले जानकारी दिनुभयो ।

कोरोना महामारीको समयमा आफ्नो एम्बुलेन्स नहुँदा भाडाको एम्बुलेन्समा सङ्क्रमित बोक्दै आएको गाउँपालिकाले आगमी दिनमा आफ्नै एम्बुलेन्स प्रयोग गर्दा सहज हुने गाउँपालिकाको अपेक्षा रहेको छ

READ MORE NEWS

परीक्षाफल प्रकाशितसँगै अन्य शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः सञ्चालन

 

 

 

  •  सोमबार १९ असोज, २०७७

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ उपकुलपतिको आगमनसँग विश्वविद्यालयमा केही सुधारको सङ्केत देखिएको छ । लामो समयसम्म बन्द हडतालका कारण अस्तव्यस्त भएको विश्वविद्यालयमा गत वर्ष कात्तिकबाट रोकिएका परीक्षाफल प्रकाशित भएका छन् भने अन्य शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः सञ्चालन भएका छन् ।

विद्यार्थीहरु नवौँँ सेमेस्टरका पुग्दा पनि छैटौँ सेमेस्टरको परीक्षाफल आएको थिएन । अब रोकिएका परीक्षा र परीक्षाफल पुनः सञ्चालन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका कुलपति डा पुण्यप्रसाद रेग्मीले रोकिएका शैक्षिक गतिविधिहरु पुनः सञ्चालन भएको बताउनुभयो । “अनलाइन पद्धतिबाट परीक्षा लिने गरी नयाँ निर्देशिका जारी गर्दैछौँ”, उहाँले भन्नुभयो, “अब कुनै पनि गतिविधि रोकिँदैन ।”

अनलाइनबाट प्राध्यापकहरुले पठनपाठन शुरु गरे पनि कोभिड–१९ का कारण परीक्षा भने लिन सकिएको थिएन । उपकुलपति डा रेग्मीले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भारतलगायत अन्य देशका विश्वविद्यालयको शैक्षिक गतिविधि अध्ययन गरी यहाँ लागू गरिने जानकारी दिनुभयो ।

विश्वविद्यालयमा रहेका समस्यालाई समाधान गर्न डिन, प्राध्यापक, कर्मचारी एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ छ । नयाँ निर्देशिका जारी भएसँगै अनलाइन पद्धतिबाटै परीक्षा हुने लगभग पक्का भएको छ ।

विश्वविद्यालयमा दुई महिनादेखि विभिन्न माग राख्दै यहाँका कर्मचारी तालाबन्दी गरेका थिए । विश्वविद्यालय प्रशासन जायज माग सम्बोधन गर्न तयार देखिएसँगै ठप्प रहेको विश्वविद्यालयले गति लिएको छ ।

तेह्र महिनापछि विश्वविद्यालयले नयाँ कुलपति पाएसँगै अन्योलमा रहेका विद्यार्थीलाई राहत मिलेको छ । विश्वविद्यालयका भेटेरिनरी सङ्कायका डिन मातृका जमरकट्टेलले रोकिएका गतिविधिहरु शुरु भएको बताउनुभयो । कार्यालय समयभन्दा एकदुई घण्टा बढी समय दिई यसको व्यवस्थापनमा जुटेको उहाँको भनाइ छ ।

“सैद्धान्तिक विषयमा परीक्षा लिन समस्या छैन”, उहाँले भन्नुभयो, “प्रयोगात्मक परीक्षाका लागि पनि व्यवस्थापन मिलाउनेबारे छलफल भइरहेको छ । भेटेरिनरीको प्रयोगात्मक अलि फरक हुने भएकाले विद्यार्थी उपस्थित हुनैपर्छ ।”

कोभिडका कारण सानो सानो समूह निर्माण गरेरै भए पनि प्रयोगात्मक परीक्षा लिनेबारे तयारी गरिरहेको डिन जमरकट्टेलले जानकारी दिनुभयो । भेटेरिनरी सङ्कायमा फिल्ड, ल्याब र क्लिनिकल प्रयोगात्मक हुने गर्दछ । देशमा कृषि क्रान्ति गर्ने उद्देश्यसहित २०६८ सालमा विश्वविद्यालय स्थापना भएको थियो । रासस

 


Your Views
Related News