काठमाडौं । अहिले विश्व एक तर्फ कोरोना संक्रमणको कारण कैद जस्तै बसेको छ । तर यो भिडमा एक बच्चा आफ्नो हजुरआमालाई भेट्न यति व्याकुल थियो कि उसले रेल वा हवाईयात्रा सुरु हुनसमेत पर्खेन सकेन उ इटालीबाट लन्डन पैदल पुग्यो । यस बच्चाको कथा सामाजिक सञ्जालमा एकदम भाइरल भइरहेको छ । दस वर्ष उमेरका रोमियो कोक्सले २,८०० किलोमिटरको पैदल यात्रा गरेर पलेर्मो (इटाली) बाट बेलायत पुगेका हुन् ।

 

 

उनले बेलायतका लागि फादर फिलसँग २० जुनमा यात्रा शुरू गरेका हुन् । यस चाखलाग्दो यात्राको क्रममा, बाबुछोरा इटली, स्विजरल्याण्ड, फ्रान्स र बेलायत हुँदै २१ सेप्टेम्बरमा लन्डन पुगेका हुन् । दुबै जना हाल क्वारेन्टाइनमा छन् । आइसोलेशन अवधि समाप्त भए पछि मात्र रोमियोले आफ्नी हजुरआ रोजमेरीलाई भेट्न सक्नेछन् ।

 

 

 

रोमियोले यस रोचक यात्राको केहि क्षणहरू आफ्नो इन्स्टाग्राममा साझा गरेका छन् । रोमिओका अनुसार उनले विगत तीन महिनामा गरेका सबै कडा परिश्रम सफल हुन्छन् जब उनले हजुरआमालाई अँगालो हाल्छन् । यात्राको क्रममा उनले धेरै चोटि जंगली गधाहरू र अरू जनावरहरूको सामना गरेको बताएका छन् ।

 

 

 

रोमिओले यो यात्रामा धेरै ठाउँ घुमेको बताए । उनका अनुसार परिश्रमी मानिसहरु घरमा नै बसिरहेको राम्रो लागेको थिएन । यसैले म निस्किए । मेरा खुट्टाको अवस्था झनै नराम्रो भएको थियो । तर साहस गुमाइन । उनले भने, ‘जब हामी हजुरआमाको छेउमा पुग्दै थियौं, उनलाई भेट्न मेरो उत्साह अझै बढ्दै थियो । म सकेसम्म चाँडो उनलाई अंकमाल गर्न चाहान्छु । हामी करीव एक बर्ष पछि भेट गर्दैछौं । लकडाउनका कारण हजुरआमा एक्लै बस्नु परेको थियो ।’

 

 

हजुरआमालाई भेट गर्नुको अलावा रोमियो र उसको बुबाको अर्को मनसाय पनि थियो । उनी आफ्नो यात्राको माध्यमबाट आप्रवासीहरूका लागि रकम जुटाउन चाहान्थे । दुवै जनाले यस यात्राबाट सबैलाई अचम्मित मात्र गरेनन् तर शरणार्थी शिक्षालाई सहयोग पुर्‍याउन १८ लाख भन्दा धेरै रकम पनि जुटाए । रोमियोका बुबा भन्छन्, ‘छोरासँगको यो यात्रा हामी दुबैका लागि एकदम विशेष छ । हामीहरु जीवनभर यो भुल्दैनौँ ।’

 

 

रोमियो एक बर्ष पहिले लन्डनबाट पालेर्मोमा आएका थिए । उनलाई त्यहाँका आप्रवासी बच्चाहरूले इटालियन भाषा बोल्न सिकाएका छन् । धेरै शरणार्थी बच्चाहरू रोमियोका घनिष्ठ मित्रहरू पनि रहेका छन् । यस यात्राको माध्यमबाट, उनी यी साथीहरूका लागि केहि सहयोग गर्न चाहन्थे । जस अनुसार उनले बुवासँग मिलेर १८ लाख भन्दा धेरै सहयोग रकम जुटाउन सफल भएका छन् । उनको यो कामको तारिफ अहिले विश्वभर भइरहेको छ । उनीहरुले पैदल जति हिँडे यो सुकर्मका लागि सहयोग माग्दै हिँडे । खाली हात कसैले पठाएनन् । यसैले लाखौँ सेयर पनि भइरहेको छ ।

READ MORE NEWS

त्रिविद्धारा भर्खरै नतिजा प्रकाशित [ नतिजासहित ]

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशन गरेको छ । नतिजाको सक्कल प्रति तल अपलोड गरेका छौ । आफ्ले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । आज प्रकाशित नतिजा त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डिनको कार्यालयले प्रकाशन गरेको हो ।

 

 

प्रकाशित सूचना अनुसार यस अध्ययन संस्थानको परीक्षा समितिको बैठकको निर्णय अनुसार २०७६ साल पौष महिनामा सञ्चालित बीएसी कृषि तेस्रो र पाँचौ सत्रान्तको नियमित परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो । निम्न परीक्षा रोल नम्बर भएका विद्यार्थीहरु सम्पूर्ण विषयमा उत्तीर्ण घोषित भएका छन् ।


Your Views
Related News