काठमाडौं — सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने भएको छ । सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो ।

तस्बिरः द नोबेल प्राइजको ट्वीटरबाट ।यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिइएको हो । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा ११ लाख १८ हजार अमेरिकी डलर दिइनेछ । हार्भी र राइस अमेरिकी नागरिक हुन् भने हटन बेलायती नागरिक हुन् ।

यी विजेताहरुले ‘हेपाटाइटिस सी’लाग्नुको कारण तथा उपचार विधि पत्ता लगाउँदै लाखौं मानिसहरुको जीवन जोगाएको स्विडिस एकेडेमीले बताएको छ ।

सन् २०१९ मा चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार बेलायतका सर पिटर ऱ्याक्लिफ तथा अमेरिकाका विलियम कायलिन र ग्रेग सिमेन्जालाई दिइएको थियो । उनीहरुलाई कोषहरुले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अंगीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका कारण नोबेल पुरस्कार दिइएको थियो ।

चिकित्सा विज्ञानतर्फ पहिलो नोबेल पुरस्कार सन् १९०१ मा इमिल भोन बेहरिङले पाएका थिए । ‘सिरम थेरापी’ विकास गरेका कारण उनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिइएको थियो । त्यस्तै चिकित्सा विज्ञानका लागि कम उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति फ्रेडरिक ब्यान्टिङ हुन् ।

उनले सन् १९२३ मा जोन जेम्स रिकार्ड म्याकलिओडसँगै चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार पाएका थिए । नोबेल पुरस्कार पाउँदा उनी ३२ वर्षका थिए ।

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ६, रसायनशास्त्रतर्फको अक्टोबर ७, साहित्यत

READ MORE NEWS

हेपाटाइटिस ‘सी’ को जोखिम र बच्ने उपाय

काठमाडौ — हेपाटाइटिस (कलेजोको सुजन) ‘सी’ ले कलेजो खराब गर्छ तर हेपाटाइटिस ‘बी’ ले जतिको यसले चर्चा पाउँदैन । दुवैले कलेजो खराब गरेर सिरोसिस गराउन सक्छन् ।

तैपनि जनमानसमा ‘बी’ को जत्ति ज्ञान वा त्रास ‘सी’ को छैन । हेपाटाइटिस ‘सी’ को उपचार हेपाटाइटिस ‘बी’ को भन्दा सजिलो छ । तर उपचार खर्च महँगो भएकाले र धेरैजनाको उपचार भएको खबर नसुन्दा यो विषय ओझेलमा परेको हुन सक्छ । नेपालमा उपचार सम्भव हुँदाहुँदै पनि विदेशमा उपचार गर्न पठाउने चिकित्सक र विदेशमा गएर उपचार गर्ने बिरामीको संख्या पनि कम छैन ।

के हो हेपाटाइटिस ‘सी’ ?
यो एक किसिमको जीवाणु हो । सन् १९८९ मा पत्ता लागेको हो । हेपाटाइटिस ‘बी’ पछि पत्ता लागेकाले यसको नाम हेपाटाइटिस ‘सी’ भएको हुनुपर्छ । यसले शरीरभित्र छिरिसकेपछि कलेजोलाई हानि गर्न सक्छ ।
यो कसरी सर्छ ?
एचआईभी र हेपाटाइटिस ‘बी’ जस्तै हेपाटाइटिस ‘सी’ पनि रगत र रगतजन्य पदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । तर हेपाटाइटिस ‘बी’ र एचआईभीभन्दा फरक यो संक्रमित आमाबाट बच्चा जन्मँदा नवजात शिशुलाई सर्ने सम्भावना एकदम कम रहन्छ । त्यस्तै एचआइभीजस्तै यौनसम्पर्कबाट सर्ने सम्भावना पनि कम रहन्छ । अप्राकृतिक यौनसम्र्पक गर्नाले भने सर्ने सम्भावना बढी हुन्छ । पुरानो तथ्यांकअनुसार हाम्रो देशमा हेपाटाइटिस ‘सी’ भएका व्यक्तिहरूमध्ये ९५ प्रतिशतलाई सुईबाट प्रयोग गर्ने लागू पदार्थको दुव्र्यसनबाट भएको पाइन्छ । एउटा तथ्यांकबाट लागू पदार्थ दुव्र्यसनीमध्ये ९० प्रतिशतलाई हेपाटाइटिस ‘सी’ संक्रमण भएको पाइएको थियो । अन्य सर्ने तरिकामा संक्रमित रगतको प्रयोग, संक्रमित औजारको प्रयोग गरी गरिने शल्यक्रिया आदि पर्छन् जुन माध्यमबाट सरे पनि यसले गर्ने खराबी भने एउटै हो ।
नर्भिक अस्पतालमा सन् २००४ देखि २०१२ जुलाइसम्म देखाउन आएका बिरामीमध्ये सर्ने तरिका निम्नबमोजिम देखिएको छ :

हेपाटाइटिस ‘सी’ ले के गर्छ ?
हेपाटाइटिस ‘सी’ ले कलेजोलाई असर गर्छ । यो जीवाणु शरीरभित्र पसे नपसेको धेरैलाई थाहा नहुन सक्छ किनभने शरीरको प्रतिरोधात्मक क्षमताअनुसार र अन्य रोग भए नभएका अनुसार सुरुको अवस्थामा अन्य हेपाटाइटिस संक्रमणमा देखिने जन्डिस, वाक्वाक् लाग्ने, बान्ता हुने, खान मन नलाग्ने हुन सक्छ । केही प्रतिशतमा भने शरीरको रोगसँग लड्ने क्षमताका कारणले गर्दा यसलाई शरीरले नै निर्मूल पारिदिन सक्छ । यस अवस्थामा अर्कोपटक हेपाटाइटिस ‘सी’ को संक्रमण हुने सम्भावना न्यून रहन्छ । शरीरले जित्न नसकेको अवस्थामा यो जीवाणु रगत र कलेजोमा रहिरहने र कलेजोको संक्रमण भई क्रोनिक हेपाटाइटिस हुन्छ । यस अवस्थामा लक्षणहरू खासै देखिँदैन । पेटको बायाँ माथिल्लो भागमा भारी हुने र चाँडो थकाइ लाग्नेबाहेक अरू लक्षण नहुने कारणले गर्दा यो रोगको निदान समयमै गर्न गाह्रो हुन्छ । क्रोनिक हेपाटाइटिसको उपचार नगरेमा कलेजो क्रमशः बिग्रँदै गएर अन्त्यमा लिभर सिरोसिस हुन्छ । लिभर सिरोसिस भएपछि मात्र लक्षणहरू जस्तै जन्डिस हुने, खुट्टा र पेट सुन्निने, शरीरका मांसपेशीहरू घद्दै जाने, रगत बान्ता गर्ने, बेहोस हुने आदि हुन सक्छन् ।
सामान्यतया हेपाटाइटिस ‘सी’ संक्रमण भएर क्रोनिक हेपाटाइटिस भइसकेपछि अवस्था हेरेर १०-१५ वर्षपछि लिभर सिरोसिस हुने गर्छ । तर यदि हेपाटाइटिस ‘सी’ को संक्रमण भएको व्यक्तिले रक्सी तथा रक्सीजन्य पदार्थको सेवन गर्ने गरेमा ५ वर्षभित्र पनि लिभर सिरोसिस हुन सक्छ ।

निदानको उपाय हेपाटाइटिस ‘सी’ बाट संक्रमित व्यक्तिहरूको रगत जाँच गर्दा एन्टी एचसीभी पोजिटिभ अथवा रियाक्टिभ भन्ने नतिजा निस्कन्छ । केही प्रतिशत व्यक्तिमा भने हेपाटाइटिस ‘सी’ संक्रमण हुँदाहुँदै पनि यो नेगेटिभ आउन सक्छ । यस्ता व्यक्तिहरूमा कि रोगको सुरुको अवस्थामा अथवा अन्य रोगका कारणले गर्दा शरीरको रोग प्रतिरोधात्मक शक्ति कम पाइने गरेको छ ।

रोग एकिन गर्नका लागि जीवाणुलाई पीसीआर पद्धतिबाट रगतमा हेर्नुपर्ने हुन्छ । यो निकै महँगो प्रविधि हो र हाल हाम्रो देशमा यो सुविधा सजिलोसँग उपलब्ध छैन । पीसीआर पद्धतिबाट जीवाणुको संख्या एकिन गरेपछि उही पद्धतिबाट उपचार गर्नका लागि यसको प्रकार अथवा जेनेटाइप छुट्याउनुपर्ने हुन्छ । अहिलेसम्म १२ जेनेटाइप -१-१२) पत्ता लागे पनि ६ प्रकारका जीवाणुहरू -१-६) उपचारका लागि छुट्याइने गरिन्छ । रोगबाट सिर्जित अवस्था थाहा पाउनका लागि -एलएफटी, प्रोथोमबिन टाइम), कलेजोको भिडियो एक्स रे, इन्डोस्कोपी र अवस्था हेरी लिभर बायोप्स्सी नगरीकन कलेजोको कडापन जाँच्न सकिन्छ । यस प्रविधिलाई फाइब्रोस्क्यान भनिन्छ । केही महिनाभित्र यो प्रविधि नेपालमा पनि उपलब्ध हुनेवाला छ । यसबाट केही मिनेटको जाँचपछि कलेजोको कडापन कम्प्युटरको सफ्टवेयरको मद्दतबाट पत्ता लगाउन सकिन्छ ।
सन् १९९१ मा अल्फा इन्टरफेरोन भन्ने औषधिबाट यसको उपचार सुरु गरिएको हो ।

धेरै साइड इफेक्टहरूको कारण बिरामीहरूले बीचैमा उपचार छाड्नुपर्ने बाध्यता थियो । महँगो मात्र नभएर उपचार गरे पनि निको नहुने र निको भइसकेपछि पनि जीवाणु पुनः देखा पर्ने समस्याले हाम्रो देशमा यसको प्रयोग खासै हुन सकेन । १९९८ मा राइबाभेटिनको आविष्कारपछि यी दुई औषधि प्रयोगबाट उपचारमा काँचुली फेरियो । दुई औषधिको एकैसाथ प्रयोग गर्नाले सफल उपचारको प्रतिशत बढ्न गयो । २००१ मा ‘पेटा इन्टरफेरोन’ को आविष्कारपछि हेपाटाइटिस ‘सी’ का बिरामीहरूले वरदान पाएजस्तै भयो । ‘पेटा इन्टरफेरोन’ हप्तामा १ पटक लिए हुन्छ र यसको साइड इफेक्ट तुलनात्मक रूपमा निकै कम हुने गर्छ । राइबाभेरिनका साथमा प्रयोग गर्दा धेरै बिरामीले उपचार गर्ने मौका पाएका छन् । २०११ मा अन्य औषधि पनि प्रयोगमा आएका छन् । ‘टेलपि्रभिर’ र ‘बोसिपि्रभिर’ को प्रयोगबाट तुलनात्मक रूपमा निको हुन गाह्रो हुने जेनोटाइप १ का रोगीहरू र उपचार सकेपछि पनि रोग फर्केका बिरामीहरूले लाभ पाउने देखिएको छ ।

सबै हेपाटाइटिस ‘सी’ का बिरामीहरूको उपचार सम्भव हुँदैन । हेपाटाइटिस ‘सी’ को उपचार गर्नु भनेको लिभर सिरोसिस हुनबाट बचाउनु हो । त्यसैले लिभर सिरोसिस भइसकेपछि यसको उपचार जटिल हुन्छ ।नेपालमा कति जनाको उपचार भयो भन्ने तथ्यांक उपलब्ध छैन । सन् २००२ पछि यसको उपचार फाट्टफुट्ट हुन थालेको पाइन्छ । २००४ पछि यसको उपचारमा एक प्रकारको क्रान्ति नै आएको पाइन्छ । नर्भिक अस्पतालमा उपचार थालनी भएपछि यसको संख्यात्मक र गुणात्मक वृद्धि भएको पाइन्छ । सात वर्षको तथ्यांकअनुसार कुल ६५८ हेपाटाइटिस ‘सी’ संक्रमित व्यक्तिले जाँच गराएका थिए । यसमा महिला बिरामीको संख्या न्यून -३.५ प्रतिशत) पाइएको छ । कुल बिरामीमध्ये १२४ जना -१९ प्रतिशत) को मात्र उपचार भएको देखिन्छ । उपचार भएका मध्येको तथ्यांक यसप्रकार छ:
यो तालिकाबाट के बुझिन्छ भने नेपालमा यो रोगको उपचार गराउनेहरूको संख्या निकै कम छ । तर बाहिरको तथ्यांक हेर्ने हो भने हामीकहाँ उपचार गराउनेहरूको निको हुने प्रतिशत धेरै छ । तसर्थ उपचार गराउनुपर्नेहरूले इन्टरनेटको तथ्यांक हेरेर उपचार नगराई बस्नु गल्ती हुनेछ । नेपाल सरकारले पनि हेपाटाइटिस् बिरामीप्रति अन्याय र भेदभाव गरेको पाइन्छ । एचआईभी संक्रमित बिरामीहरूलाई सित्तैमा औषधि दिने सरकारले हेपाटाइटिसका बिरामीहरूलाई कुनै किसिमको सुविधा दिँदैन ।
लेखक नर्भिक इन्टरनेसनल हस्पिटल,
कलेजो रोग विभागमा कार्यरत छन् ।

विवरण पुरुष महिला प्रतिशत
सुई सङ्क्रमण ५७८ २ ८८Ü रगत चढाएपछि २७ ११ ६०Ü शल्यक्रियापछि १२ ४ २.४Ü दम्पतीबाट १ १ ०.३Ü
कारण थाहा नभएको १७ ५ ३.३Ü जम्मा ६३५ २३ कुल जम्मा ६५८

जेनोटाइप जम्मा उपचार निको निको भएपछि
भएका भएका दोहोरिएको
१ ७६ १८ १२ ६
२ २३१ ४२ ४१ १
३ ३४८ ६२ ६० २
४ २ २ २ ०
५ १ ० ० ०
६ ० ० ० ०


Your Views
Related News