भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको तेस्रो चरणको क्यान्सर भएको छ।

६१ वर्षीय दत्त दुई महिना अगाडि मुम्बईको अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।

अमेरिकामा उपचार गर्न जाने भनिएपनि पछि उनको मुम्बईमा नै उपचार भएको थियो। हाल पनि उनको उपचार भइरहेको बताइएको छ।

पहिलो चरणको किमोथेरापी सकेपछि उनी हालै दुबाई भ्रमणका लागि परिवारसहित गएका थिए।

यतिबेला उनी भारत फर्किएका छन्। उनी भारत फर्कना साथ हालै उनको एक तस्बिर सार्वजनिक भएको छ।

जुन निकै भाइरल भइरहेको छ। तस्बिरमा सञ्जय दत्त निकै दुब्लो देखिएका छन्।

उपचारका कारण सञ्जय दत्त दुब्लो भएको बताइएको छ। तस्बिरहरु सेयर गर्दै उनका शुभचिन्तकले सन्जय दत्तलाई चाँडै स्वास्थ्य लाभ होस् भनिरहेका छन्।

READ MORE NEWS

‘चीनका कारण कम्बोडियाले अमेरिकी सहयोगमा बनेका संरचनाहरु भत्कायो’

कम्बोडियाले देशकै सबैभन्दा ठूलो नौसेनाको बेसमा अमेरिकी सहयोगमा बनेका संरचनाहरु भत्काएको छ।

अमेरिकी थिंक ट्यांक संस्थाले शुक्रबार तस्बिरहरु सार्वजनिक गर्दै कम्बोडियाले अमेरिकी सहयोगमा बनेको संरचना भत्काएको जनाएको हो।

कम्बोडियाको नौसेनाको बेसहरुमा चिनियाँ पहुँच बढ्दै गएको समयमा अमेरिकाले यस विषयालाई चासोका साथ हेर्दै आएको छ।

यसबीचमा अमेरिकी सहयोगमा बनेका संरचनाहरु भत्काइएका हुन्। अमेरिका यस कार्यबाट सन्तुष्ट छैन।

अमेरिकास्थित थिंक ट्यांक संस्था द सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज सीएसआइएसका अनुसार कम्बोडियाको सरकारले गत महिना रिम नाभाल बेसमा अमेरिकाले बनाएको संरचनाहरु भत्काएको हो।

Cambodian soldiers stand at Ream Naval Base in Preah Sihanouk province in July 2019. Photo: EPAगतवर्ष पनि अमेरिकी रक्षा मन्त्रालयले कम्बोडियालाई अमेरिकी सहयोगमा बनेका संरचनाहरु किन मर्मत नगरेको भनेर प्रश्न गरेको थियो। अमेरिकाले संरचना मर्मत खर्च व्यहोर्ने बताउँदा समेत त्यस विषयमा कम्बोडियाले कुनै प्रतिक्रिया दिएको थिएन।

हाल पनि अमेरिकी सहयोगमा बनेको कम्बोडियाको नौसेनाको हेडक्वार्टर किन भत्काएको भनेर अमेरिकाले प्रश्न गरिरहेको छ। अमेरिकास्थित कम्बोडियाको दूतावासले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।

अमेरिकी अधिकारीहरुले चिनियाँ सेनासँगको गोप्य सहमतिअनुसार नै कम्बोडियाको सरकारले अमेरिकी सहयोगमा बनेका संरचना भत्काएको आरोप लगाएका छन्।

यस विषयमा कम्बोडियाले कुनै पनि विदेशी सेनालाई स्वागत गर्ने कार्य आफ्नो संविधान विपरित भएकाले त्यस्तो आफूले कहिल्यै नगर्ने बताएको छ।

कम्बोडिया चीनको नजिकको सहयोगी राष्ट्र मानिन्छ। यस देशले चीनबाट अरबौं डलर सहयोग प्राप्त गरिसकेको छ।


Your Views
Related News