काठमाडौं । कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँ दिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतवार बताउनुभएको छ । “दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चाँडै जारी गरिनेछ,” सिसोडियालाई भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्सले उद्धृत गरेको छ । यो घोषणा भारतमा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक भएपनि खोल्ने भनी गरिएका हल्ला र अनुमानबीच आएको हो ।

यस पहिलेको निर्देशनमा महामारीका कारण नयाँ दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५सम्म बन्द गर्ने उल्लेख गरिएको थियो । संघीय सरकारले गत सेप्टेम्बर ३० मा कोभिड–१९ को लकडाउनलाई थप खुला गर्नका लागि नियमहरू सार्वजनिक गरिएको थियो । यद्यपि विद्यार्थीहरूले अनलाइन कक्षाहरूमा सामेल हुन चाहेमा उनीहरूलाई यसका लागि अनुमति दिइएको छ । विद्यार्थीको हाजिरका लागि बाध्य पार्न नपाइने र अविभावकको सल्लाहमा अनलाइन कक्षामा सहभागिता गराउन सकिने सरकारी निर्देशनमा उल्लेख छ ।

विश्वमा कोभिड–१९ का कारण दोस्रो बढी प्रभावित भारतमा दिल्ली छैठौँ बढी प्रभावित राज्य हो । दिल्लीमा अहिलेसम्म दुई लाख ८७ हजार ९३० व्यक्ति कोभिड सङ्क्रमित भएकोमा पाँच हजार ४७२ व्यक्तिको मृत्यु भएको छ । आइतबारको तथ्याङ्क अनुसार भारतमा कूल ६५ लाख ४९ हजार ३७३ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने एक लाख एक हजार ७८२ जनाको मृत्यु भएको छ ।

READ MORE NEWS

काठमाडौमा भारतका प्रधानमन्त्रीसँग बसेर गम्भीर षड्यन्त्र रचेको पाकिस्तान पूर्व प्रधानमन्त्रीमाथी आरोप

 

काठमाडौं । तीनपटक पाकिस्तानमा प्रधानमन्त्री भैसकेका नवाज शरीफमाथि गम्भीर आरोप लागेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा. शाहबाज गिलले शनिबार पूर्व प्रधानमन्त्री नवाज शरीफले भारतलाई भेटेको दाबी गरेका छन् ।

 

 

गिलले भने, ‘म यो भन्दिन कि नवाज शरीफ पाकिस्तान विरोधी हो, तर उनी एक सानो सोचका व्यवसायी हुन् । के एक पाकिस्तानी व्यापारीले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्छ ? तर नवाज शरीफले मोदीलाई नेपालको राजधानी काठमाडौंमा प्रधानमन्त्रीको रूपमा गोप्य रूपमा भेटे ।

 

 

 

उनले यसबारे विदेश मन्त्रालयलाई पनि जानकारी दिएनन् ।’ प्रमाणका लागि उनले चर्चित भारतीय पत्रकार बर्खा दत्तको एक किताबको सहयोग लिएका छन् । अर्कोतर्फ, पाकिस्तानले बेलायतलाई गैर जमानती पक्राउ पुर्जी जारी गर्न भनेको थियो, जुन बेलायत सरकारले अस्विकार गरेको छ ।

 

 

शरीफलाई ल्याउन गरेको प्रयासमा पाकिस्तानको खान सरकारलाई बेलायतले जाडदार झड्का दिएको हो । बेलायत सरकारले पाकिस्तानी अधिकारीहरुलाई भनेको छ कि उसले पाकिस्तानको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्दैन । गिलले भने कि सरकारले यो पनि थाहा पाइसकेको छ कि नवाज शरीफले हालै लन्डनमा एक देशको दूतावासमा भेट गरेका थिए ।

 

 

उनले भने कि पठानकोटमा भएको धमाकापछि भारतका व्यापारी सज्जन जिन्दल र नवाजले यस्तै बयान दिएका थिए । नवाज र उनको परिवारको भारतीयहरु संग एक निजी व्यापारीक सम्बन्ध छ । तिनीहरूले यसबाट फाइदा उठाए । दुई दिन अघि इमरानले भनेका थिए कि नवाज भारतसँग मिलेर पाकिस्तानको सेनालाई कमजोर पार्न खोजिरहेका छन् ।

 

 

७० वर्षीय नवाजको गत वर्ष नोभेम्बरदेखि लन्डनमा उपचार भइरहेको छ । लाहोर उच्च अदालतले उनलाई चार हप्ता मात्र देशबाट बाहिर जान अनुमति दियो तर उनी अहिलेसम्म फर्केका छैनन् । अदालतबाट बारम्बार समन पठाए पनि नवाज उपस्थित भएनन् ।

 

 

यस कुरालाई ध्यानमा राख्दै, उनलाई भगौडा घोषित गरिएको छ । अदालतले लन्डनमा पाकिस्तानी दूतावासमार्फत नवाज विरुद्ध वारेन्ट जारी गर्न विदेश मन्त्रालयलाई आग्रह गरेको छ ।


Your Views
Related News