काठमाडौ । नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्रीमा भिमसेनदास प्रधानले अहिलेको सरकारलाई ठाडो चुनौती दिनुभएको छ । उहाँले काठमाडौकै जनताले अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार फाल्ने दावी समेत गर्नुभयो ।

 

 

 

 

विशेष कुराकानीको क्रममा उहाँले भन्नुभयो सम्माननीय प्रधानमन्त्री ज्यू तपाई हेक्का राख्नुहोस् । राजा फाल्ने शक्ति भएका काठमाडौका जनतालाई तपाई फाल्न कुनै दिन पर्खिनु पर्दैन । यहाँले ओली नेतृत्वको सरकार अहिलेसम्मकै जनताबाट तिरस्कृत सरकार भएको दावी समेत गर्नुभयो । अहिलेसम्मकै अलोकप्रिय सरकारका गलत निर्णयले जनतालाई सह्य नभएको उहाँको भनाई थियो ।

 

 

 

 

फरक प्रसंगमा उहाँले नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुर्ननियुक्ति नगरेर ओली र उनको पार्टीले ठूलो भूल गरेको बताउनुभयो । उहाँले कुलमानलाई नेपाली कांग्रेसमा स्वागत गर्न सिंगो पार्टी आतुर रहेको बताउँदै कुलमान जस्तो सच्चा देशको सपुतलाई कांग्रेसबाट सांसद र मन्त्री बनाउँने ग्यारेण्टी समेत गर्नुभयो ।

भिमसेनदास प्रधान काठमाडौं ६ बाट नेपाली कांग्रेसका तफएबाट प्रतिनिधिसभामा विजयी सांसद समेत हुनुहुन्छ । उहाँ नेपाल सरकारका लागि रक्षा मन्त्री भएर कार्य गरिसक्नुभएका राजनीतिज्ञ हो । ०४२ सालमा भएको सत्याग्रहमा सामेल भएर कांग्रेसी छवी बनाउनु्भएका प्रधानले ०५६ सालमा काठमाडौं जिल्लाको कांग्रेस जिल्ला सदस्यता लिएर ०५७ मा जिल्ला सचिव हुँदै ०५९ मा उपसभापति समेत बन्नुभयो ।

 

 

 

 

०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी जनाउनुभएका प्रधानले ६ महिना बन्दी जीवन बिताउनुभएको छ । कांग्रेसको १२ औं महाधिवेशनबाट काठमाडौं सभापति हुनु अघि प्रधानले २०४३ सालमा नेपाल प्राध्यापक संघको महासचिव र ०५५ मा सभापतिमा निर्वाचित भएर काम गर्नुभएको थियो । त्यसअघि तात्कालीन स्वास्थ्य मन्त्रालयमा अनुसन्धान अधिकृतका रुपमा केही वर्ष उहाँले काम गर्नुभयो ।

 

 

 

 

त्रिभुवन विश्वविद्यालयका सिनेट सदस्य, युनेस्को राष्ट्रिय समितिमा सदस्य हुँदै वल्ड पिस फेडेरेसनबाट शान्ति अवार्ड प्राप्त गर्नुभएका प्रधान पशुपति विकास कोषका वोर्ड सदस्य र त्रिविवि प्राज्ञ परिषदका सदस्य समेत रहनुभयो । प्रधान मानव अधिकार तथा विकासका लागि व्यवसायिक एकताका सभापति, गणेशमान सिंह र जनआन्दोलन शहीद स्मृति शान्ति एकेडेमीका सभापति समेत हुनुभयो ।

 

 

 

 

प्रधान २०७० सालको दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी हुनुभयो । त्यतिबेला उहाँले १४ हजार १ सय ७७ मत प्राप्त गर्नुभएको थियो । २०२८ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएका प्रधान ०३६ सालको विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिकामा हुनुहुन्थ्यो ।

READ MORE NEWS

साताको पहिलो दिन : नेप्सेमा आज दोहोरो अङ्कको वृद्धि

 

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । साताको पहिलो दिन नै सकारात्मक देखिएको बजारले नयाँ लय समात्ने विश्वास गरिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.७१ बिन्दुले उकालो लागेर एक हजार ५८५.७५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१९ ले वृद्धि भई ३१२.३५ मा पुगेको छ ।

कूल १९५ कम्पनीको एक करोड सात लाख १३ हजार ३१२ कित्ता शेयर रु तीन अर्ब १७ करोड ८८ लाख ५३ हजार ७१९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने वृद्धि भएको छ । जलविद्युत् १५.२६ र सामूहिक लगानी कोष ०.३५ ले घटेको छ । यस्तै बैंकिङ १५.५६, व्यापार १५.७७, होटल ११ं८७, विकास बैंक २३.४९, वित्त २.४३, निर्जीवन बीमा २४.०७, उत्पादन १४५.२६, अन्य ११.१५, लघुवित्त ४.०३, जीवन बीमा ४५.०३ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ८६ लाख १२ हजार ६३८ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनरबीमा कम्पनी रु १९ करोड ४२ लाख ८८ हजार २९९, एनसिसी बैंक रु ११ करोड ६२ लाख १० हजार ९४३, हिमालयन डिस्टिलरी रु ११ करोड ४८ लाख ९३ हजार ४०१, नेपाल बैंक रु १० करोड ६५ लाख ५० हजार ८९७ र कुमारी बैंक रु नौ करोड ७६ लाख आठ हजार ८०९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, शिवम् सिमेन्ट ९.५०, प्रोगेसिभ फाइनान्स ९.४५, छ्याङदी हाइड्रो पावर ७.५९, उन्नती सहकार्य लघुवित्त ६.९२ र लक्षमी बैंकका लगानीकर्ताले ६.४० प्रतिशतले कमाए । यस्तै, यूनियन हाइड्रोपावर ९.८४, दिव्यश्वरी हाइड्रोपावर ९.५७, खानीखोला हाइड्रोपावर ९.४०, नेशनल हाइड्रोपावर ७.६९, एनएमबी हाइब्रिड फण्ड ७ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.७२ प्रतिशतले गुमाए ।


Your Views
Related News