स्टामिना बलियो भएमा तपाईं घरिघरि रोग लाग्नबाट बच्न सक्नुहुन्छ ।

आजकलको व्यस्त जीवनशैलीका कारण हाम्रो शरीरले सबै पोषक तत्त्व पाउँदैन जसकारण शरीर अनेकथरी रोगको समस्यामा पर्छ ।भित्रैबाट बलियो बन्न चाहनुहुन्छ भने स्टामिना मजबूत बनाउनुस् । यसका लागि आयुर्वेदमा उल्लिखित केही सरल उपायहरू यहाँ बताइन्छ ।

अश्वगन्धा
यो प्राचीन औषधिले पूरै शरीरमा प्रभाव पार्छ । तनाव, कब्जियत र बाथरोगबाट पनि यसले मुक्ति दिन्छ । तनावका कारण तपाईं शरीरलाई स्वस्थ आहार दिनुहुन्न जसकारण स्टामिना कम हुन्छ । अश्वगन्धा खाँदा तपाईं स्वस्थ हुनुहुन्छ र स्टामिना पनि बढाउन सक्नुहुन्छ ।

शतावरी
यसको रोगनाशक शक्तिले ग्यास र स्नायु प्रणालीमा सकारात्मक असर पार्छ । यो प्रयोग गर्दा स्टामिना बढ्छ र तपाईंभित्र आत्मविश्वास बढ्छ ।

ब्राह्मी
ब्राह्मीमा भएका एन्टीअक्सिडेन्टहरूले स्टामिना बढाउन सहायता गर्छन् र तौल बढ्न रोक्छन् । यिनीहरूले शरीरका विषाक्त कुरा शरीरबाट निकालेर रक्तकोशिकाहरूलाई विकसित गर्छन् ।

शिलाजीत
प्राचीनकालदेखि नै शिलाजीतको प्रयोग स्टामिना बढाउनका लागि गरिँदै आएको छ । यसले शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ ।

यसबाहेक गोकशुरा, घिउकुमारी, नीम जस्ता आयुर्वेदिक औषधिले पनि स्टामिना बढाउन मद्दत गर्छन् ।

अनि केही अन्य खानेकुराले पनि स्टामिना बढाइदिन्छन्, जस्तै :

ओट्स
ओट्समा भारी मात्रामा ऊर्जा हुन्छ । दिनदिनै दूधका साथ ओट खाने गर्नुभयो भने शरीरको तागत र क्षमता बढ्छ ।

स्प्राउट्स
स्प्राउट्स अर्थात् टुसा पलाएका दानादुनीहरू खानुभयो भने पनि स्टामिना बढाउन सक्नुहुन्छ । टुसा पलाएको मुँगको दाल सबभन्दा बढी लाभदायक हुन्छ ।

गाईको घिउ
तागत बढाउन र शरीरलाई बलियो बनाउन गाईको घिउ सेवन गर्दा लाभदायक हुन्छ ।

पालुंगोको झोल
पालुंगोको झोलले शरीरलाई आवश्यक सबै पोषक तत्त्व प्रदान गर्छ र ऊर्जा दिन्छ । यसमा भएको क्याल्सियमले स्टामिना बढाउन सहायता गर्छ ।

केरा
शरीरलाई ऊर्जा दिने सबभन्दा राम्रो स्रोत केरा पनि हो ।

READ MORE NEWS

युवतीलाई टेबुलमा बसालेर दाँतले उठाए यी युवकले, बनाए विश्व किर्तिमान

२० असोज, काठमाडौं । के कुनै मानिसका दाँत यतिधेरै शक्तिशाली होलान् कि दाँतले नै टेबुल उठाउन सकोस्, अझ मान्छे बसेको टेबुल ! धेरैका लागि एउटा हातले समेत उठाउन नसकिने टेबुल दाँतले उठाउने कल्पना त कसरी गर्नु ?

आम मानिसका लागि कल्पनाभन्दा बाहिरको यस्तो क्षमता स्पेनका एक युवकले चाहिँ दुनियाँलाई देखाइदिए । स्पेनको म्याड्रिडमा एक युवकले एकजना युवतीलाई टेबुलमा बस्न लगाएर उक्त टेबुललाई आफ्नो दाँतले टोकेर उठाउँदै विश्व कीर्तिमान कायम गरेका थिए ।

उनले सन् २००८ मा राखेको उक्त कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

जर्जेन क्रिस्टन नामका ती युवकले १२ किलो तौलको टेबुलमा एकजना ५० किलो तौलकी युवतीलाई बसालेर कूल ६२ किलो तौल आफ्नो दाँतले उठाइदिए ।

लक्जेम्बर्गका नागरिक रहेका जर्जेनले युवती बसेको टेबुललाई दाँतमा उठाएनन् मात्र दाँतमा अठ्याएर ११.८ मिटरसम्म हिँडेका थिए । ‘लो शो दि रेकर्ड’ भन्ने कार्यक्रममा उनले राखेको कीर्तिमानलाई गिनिज बुकले समेत समावेश गरेको थियो ।

कोरोना भाइरस: अस्पतालबाट फर्किए ट्रम्प, कस्तो छ उनको स्वास्थ्य

कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट फर्किएका छन्। उनी तीन दिन अस्पताल भर्ना गरिएका थिए।

ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताए।

अस्पतालबाट छोटो हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन्।

त्यसअघि ट्रम्पले ट्वीट गर्दै भनेका थिए, “साँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नतर्सिनुस्।”

ह्वाइट हाउस पुगेपछि उनी एक्लैको तस्बिर खिचिएको छ। जहाँ सैनिकले जस्तो अभिवादन गर्नुअघि उनले मास्क फुकालेको देखिन्छ।

अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन्।

प्रश्न पन्छाए ट्रम्पले

उनले ट्वीटमा भनेका छन्, “मिथ्या समाचारले केवल मिथ्या चुनावी सर्वेक्षण देखाउँछन्।”

डा. सीन कोन्लीले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक नभइसकेको बताएका थिए। उनले ट्रम्पको अवस्था घर जान सक्ने गरि सुरक्षित रहेको बताउँदै उनी हप्ताको सातै दिन २४ घन्टा विश्वका उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने जानकारी दिएका थिए।

परस्पर विरोधी विवरणहरूपछि ट्रम्पको अस्वस्थताको गम्भीरताबारे प्रश्नहरू बाँकी नै छन्। ह्वाइट हाउसभित्र देखिएको सङ्क्रमणको दायराबारे पनि अझैँ अस्पष्टता छ।

अस्पतालबाट बिदा हुँदै उनले सबैलाई धेरै धन्यवाद भन्दै प्रश्नहरूको बेवास्ता गरेका थिए।

जसमा एकजना संवाददाताको प्रश्न थियो, राष्ट्रपति के तपाईँ सुपर स्प्रेडर हो?

२० वर्ष अघिभन्दा राम्रो

ट्रम्पले त्यसअघि ट्वीट गर्दै रोगबाट नडराउन आग्रह गरेका छन्। उनले भनेका छन्, “हामीले ट्रम्प प्रशासन अन्तर्गत साँच्चिकै राम्रो औषधी र ज्ञानको विकास गरेका छौँ, मैले २० वर्षअघिभन्दा राम्रो महसुस गरिरहेको छु।”

अमेरिकामा कोभिड-१९ का ७४ लाखभन्दा धेरै सङ्क्रमित भएका छन्। भाइरसबाट सङ्क्रमित दुई लाख १० हजार अमेरिकीको मृत्यु भएको छ।

अस्पतालमा ट्रम्प
ह्वाइट हाउसका थप कर्मचारीहरू पनि सङ्क्रमित पुष्टि भएको छ।

ट्रम्पसँग नजिक रहेका कम्तीमा १२ जनामा भाइरस पोजेटिभ देखिएको छ। त्यसमा कैयौँ कनिष्ठ कर्मचारी छन्।

यसअघि कोरोनाभाइरस सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेकै बेला केही बेर गाडीमा बाहिर निस्किएको घटनालाई लिएर विज्ञहरूले राष्ट्रपति ट्रम्पको आलोचना गरेका थिए।

उनले अस्पताल बाहिर रहेका समर्थकहरूप्रति आभार व्यक्त गर्न त्यसो गरेका थिए।

तर त्यसो गर्दा उनको सुरक्षाका लागि खटिएका सदस्यहरू जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरिएको थियो। जसमा उनीसँग गाडीमा सवार व्यक्तिले १४ दिन क्वारन्टीनमा बस्नुपर्ने बताइएको छ।

 


Your Views
Related News