काठमाडौँ । सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खाएका खानेकुराबाट बन्छ।

त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ। तर कुनै कारणवस मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ। जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ।

शरीरमा युरिक एसिडको मात्रा बढेमा मांसपेशी सुन्निनुका साथै जोर्नी दुख्ने, औला सुन्निे गर्छ । समयमै यसको लक्षण थाहा पाएर पनि यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ । यो शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ, यसको मात्रा पिसाबद्धारा शरीरबाट बाहिरिने गर्छ । तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुनथाल्छ र हड्डीमा क्षति पु-याउने गर्छ । युरिक एसिड भएमा आर्थराइटिस हुने सम्भावना उच्च हुन्छ।

शरीरको प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिलाई युरिक एसिडको सम्भावना उच्च हुन्छ । त्यस्तै, खानामा प्रोटिनको कमी भएमा पनि युरिक एसिडको समस्या निम्तिन सक्छ ।यसको जोखिम कम गर्न समयमा खाने तथा सन्तुलित आहार खानु पर्छ ।

किन हुन्छ युरिक एसिड ?

तनाव, अत्याधिक मात्रामा मदिराको सेवन, लामो समयसम्म भोकै रहने, व्यायामको कमी, शरीरमा पानीको कमीले पनि यो समस्या निम्तिने गर्छ ।

त्यस्तै, रेड मिट, सी फूड, गेडागुडीको सेवन तथा विशेष प्रकारका केही औषधीको सेवनले पनि युरिक एसिडको समस्या निम्तिने गर्छ । त्यसैले, खानामा के खाने, के नखाने भन्ने कुरामा विशेष ध्यान दिनु पर्छ । खानामा विशेष सजगता अपनाएर पनि युरिक एसिडको समस्या हुनबाट बच्न सकिन्छ ।

कसरी जोगिने ?

खाना पकाउँदा वटर वा भेजिटेबल आयलको सट्टा जैतुन (ओलिभ)को तेल प्रयोग गरेर पनि यो समस्याबाट बच्न सकिन्छ। किनकी जैतुनको तेलको प्रयोगले शरीरमा अतिरिक्त युरिक एसिड जम्मा हुँदैन । यो मुटुको लागि पनि लाभदायक मानिन्छ।

शरीरमा युरिक एसिडको मात्रालाई कम गनए दिनमा कम्तीमा पाँच सय ग्राम भिटामिन ‘सी’को सेवन गरेर पनि यो समस्याबाट बच्न सकिन्छ । नियमित रुपमा भिटामिन ‘सी’को सेवनले एक, दुई महिनामै यूरिक एसिडको स्तर कम हुन थाल्छ ।

आर्थराइटिस र युरिक एसिडको समस्या ज्वानोको प्रयोग प्रभावकारी मानिन्छ । ज्वानोमा एन्टीअक्सिडेन्ट तथा डाईयुरेटिक गुण हुन्छ, जसले दुखाई कम गन मद्दत गर्छ । यसमा एन्टीसेप्टीक गुण पनि हुने भएकोले यो समस्यामा ज्वानोको प्रयोग द्धारा प्राकृतिक उपचार गरिन्छ ।

रातो खुर्सानी, टमाटर, ब्रोकाउली तथा अंगुर आदीमा एन्टीअक्सिडेन्ट भिटामिन भरपूर मात्रामा हुन्छ । एन्टीअक्सिडेन्ट भिटामिनले फ्रि रेडिकल्सलाई शरीरमा हमला गर्नबाट रोक्छ । जसले गर्दा शरीरमा युरिक एसिडको स्तर कम हुन पुग्छ ।

स्याउको रसले रगतको पीएच लेभललाई बढाएर युरिक एसिडको स्तरलाई कम गर्न मद्दत गर्छ । तर त्यसको लागि प्रयोग गरिने स्याउको रस काचै र पानी नमिसाएकै हुनु पर्छ ।

शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा बेकरी प्रोडक्ट तथा स्याचुरेटेडेड फ्याटले यसलाई झनै प्रभावित पार्दछ । त्यसैले, शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा केक, पेस्ट्री, कुकिज जस्ता स्याचुरेटेड तथा ट्रान्स फ्याटयुक्त खाद्य पदार्थ खानबाट बच्नु पर्छ । त्यस्तै, मदिराको सेवन गर्नबाट पनि बच्नुपर्छ।

कतिपय अवस्थामा डब्बामा राखिएको खानेकुराले पनि युरिक एसिडको समस्यालाइ प्रभावित पार्न सक्छ। त्यसैले, यस्ता खानेकुरालाई वर्जित गरेर पनि यो युरिक एसिडको समस्या जटिल हुनबाट बच्न सकिन्छ।

यसबाहेक, माछा तथा मासुको सेवन नगरेर पनि यो समस्याबाट बच्न सकिन्छ।

READ MORE NEWS

प्रदेश राजधानीको प्रस्तावले सडकदेखि सदनसम्म चर्कियो आन्दोलन

रुपन्देही : प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि रुपन्देहीमा सडकदेखि सदनसम्म आन्दोलन चर्किएको छ ।

स्थायी राजधानी र नामबारे प्रदेश सरकारले सदनमा पेश गरेको प्रस्तावविरुद्ध सडक र सदनमा नेपाली काँग्रेसले आन्दोलन चर्काएको छ । आज प्रदेशसभामा प्रदेश राजधानीको प्रस्तावविरुद्धको आन्दोलनमा जनता समाजवादी पार्टीले समेत काँग्रेसलाई साथ दियो ।

सत्ता पक्षकै कतिपय सांसद पनि प्रदेश राजधानी रुपन्देही नै हुनुपर्छ भन्ने पक्षमा देखिएका छन् जसले गर्दा काँग्रेस आन्दोलनका लागि थप बल पुगेको छ । जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख पनि राजधानी रुपन्देही नै हुनुपर्छ भन्ने अडानमा छन् ।
राजधानी दाङ लैजाने सरकारको प्रस्तावविरुद्ध बुटवलका काँग्रेसका नेता, कार्यकर्ता र केही व्यावसायिक संस्थाहरुले धर्ना दिए । प्रदेशसभा भवन नजीकै दिनभर धर्ना र प्रदर्शन गरिएको थियो । बुटवललाई नै राजधानी कायम गर्ने प्रस्ताव नल्याउँदासम्म आन्दोलन नरोक्ने बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा संयुक्त सङ्घर्ष समिति सञ्जाल रुपन्देहीका संयोजक खिमबहादुर हमालले बताए ।
प्रदेशसभाको आज बैठक चलिरहँदा डेढ सय मिटरको दूरीसम्म कांग्रेसका नेता, कार्यकर्ता र समितिले धर्ना दिएका थिए ।

धर्ना कार्यक्रममा सहभागी बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्री, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर केसीलगायत जनप्रतिनिधिले प्रदेशको राजधानी रुपन्देहीको विकल्प नभएको बताउँदै प्रदेश सरकारलाई उक्त प्रस्ताव तुरुन्तै फिर्ता गर्न आग्रह गरेका थिए ।

सरकारले पेश गरेको प्रस्तावमाथि थप छलफल र सहमतिका आधारमा अघि बढाउन माग गरेको आफ्नो कुरा नसुनेको जनाउँदै काँग्रेसले आज प्रदेशसभाको बैठकसमेत अवरोध गरेको थियो । प्रतिपक्षीको विरोध चले पनि प्रदेशसभाको बैठकका कामकारबाही अघि बढाइएको थियो ।

अस्थायी मुकाम रुपन्देहीबाट राजधानी सार्ने सरकारको प्रस्ताव नेकपाकै सांसदलाई समेत चित्त बुझेको छैन । पार्टीको निर्देशनका कारण धेरै सांसद राजधानीसम्बन्धी प्रस्तावमा मौन रहे पनि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले भने खुलेरै विरोध गरेका छन् ।

राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको जनाउँदै उनले प्रदेशसभाको बैठकमा तीव्र असन्तुष्टि जनाए । जनताले मागै नगरेका ठाउँमा राजधानी तोक्नु गलत हुन्छ भन्दै उहाँले सबै तरिकाले राजधानीका लागि रुपन्देही नै उपयुक्त भएको बताए । पाल्पा, नवलपरासी र  कपिलवस्तुलाई समेत समेटेर गौतम बुद्ध जन्मस्थल रुपन्देहीलाई नै केन्द्र तोक्न उहाँले सरकारसँग आग्रह गरे ।

प्रदेशसभाको आजको बैठकमा नेकपाकै सदस्य विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी कपिलवस्तु उपयुक्त हुने जनाउँदै सरकारको प्रस्ताव सच्याउन माग गरे । राष्ट्रिय जनमोर्चाकी तारा जिसीले स्थायी राजधानीका विषयमा रूपन्देहीमा देखिएको विरोध टेलर मात्र भएको र चेतावनी दिए ।

बैठकमा विरोध भए पनि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले पेलिएरै रोष्ट्रममा पुगेर राजधानीको प्रस्तावका विषयमा प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । मन्त्री केसीले धेरै तयारीपछि सरकारले प्रदेश राजधानीको प्रस्ताव अघि सारेको जनाउँदै सहमति जनाउन आग्रह गरे ।

प्रदेश नामकरणमा कसैको आपत्ति नरहे पनि राजधानीका विषयमा सहमतिमा आउन  कांग्रेसले नमानेपछि आजै सर्वदलीय बैठकसमेत बसेर सहमतिको प्रयास भएको थियो । सदन बैठक स्थगन गर्न र राजनीतिक सहमतिमा मात्र राजधानी टुङ्गो लगाउनुपर्ने काँग्रेसको माग पूरा नभएपछि बैठक विनानिष्कर्ष सकिएको थियो ।

प्रस्तावमा सहमति जुटाउन बसेको नेकपा र कांग्रेसबीचको दोस्रो बैठक पनि विनासहमति सकिएको थियो । बैठकमा  नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री शङ्कर पोखरेलले सदन सञ्चालन गर्नका लागि बाटो खोल्न र सरकारको प्रस्तावमा सहमति जनाउन आग्रह गरेका थिए ।

राजनीतिक सहमतिविना राजधानीसम्बन्धी प्रस्ताव अघि नबढाउन गरिएको आग्रह सत्तापक्षले नमानेपछि  बैठक कक्षबाट बाहिरिएको काँग्रेसका सचेतक निर्मला क्षेत्रीले बताए ।

यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो ।

सो प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७  सदस्यमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ । संविधानमा प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सक्ने उल्लेख  छ ।

एकसठ्ठी सदस्य रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारका प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ । प्रदेशसभामा काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् ।


Your Views
Related News