काठमाडौँ । गर्मी सिजनमा खानेकुरा चाँडै सड्ने गर्छ । त्यसमथि झिँगा र साङ्लाले खानेकुरा दूषित बनाइदिन्छ । झिँगा त नियन्त्रण गर्न सकिन्छ तर साङ्ला फैलिएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ।

खासगरी भान्साको कुनाकाप्चामा बस्ने साङ्ला शौचायलको ढल जस्ता ठाउँमा पनि सुरक्षित हुने गर्छ । यसरी जहाँपनि सुरक्षित हुने र अत्याधिक प्रजनन क्षमता भएका कारण साङ्लालाई निर्मूल गर्न त्यति सजिलो छैन।

यो यस्तो जीवन हो, जो हजारौं, लाखौं वर्षदेखि धर्तीमा छन्। हरेकजसो घरमा साङ्ला पाइन्छ। घरको कुनाकाप्चामा साङ्ला नै साङ्ला भेटिन्छ । बेडरुम, भान्सा जताजतै साङ्ला हुन्छ । यस्ता साङ्लाले खानेकुरा दूषित बनाउँछ । त्यस्तो खानेकुरा सेवन गर्दा हामीलाई पेटको समस्या हुन्छ । वान्ता वा पखला लाग्न सक्छ ।

साङ्लाको कारण फुड प्वाइजन हुने सम्भावना रहन्छ । यसका साथै टाइफाइडको पनि समस्या हुन सक्छ । किन यस्तो हुन्छ भने साङ्ला सैलमोनेला नामक भाइरस फैलाउने प्रमुख श्रोत हो ।

साङ्लाको कारण एलर्जीको समस्या हुन्छ । यसले छालामा समस्या ल्याउन सक्छ । खासमा साङ्लाले मुखबाट र्‍याल निकाल्छ । त्यस्तो र्‍याल भान्साको कुनैपनि सामानमा रहन सक्छ । भाँडाकुँडा, खानेकुरामा र्‍याल रहन्छ । साथै ओड्ने ओछ्याउनेमा पनि साङ्लाको र्‍याल रहन्छ, जसले एलर्जीको समस्या ल्याउँछ ।

साङ्लाको पेटको जीवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययनअनुसार जीवाणु सुडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो युरिन ट्रेक्ट इन्फेक्सन, पाचनसम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ।

साङ्ला दम रोगीका लागि त शत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।

-साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न पनि सकिदैन । किनभने यसको टाउको छिनाइयो भने समेत केहि दिनसम्म जीवित रहन सक्छ । यो प्राय भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केहि घरेलु विधी पनि अपनाउन सकिन्छ ।

– साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकूल हुँदैन ।

– लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केही समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ ।

– सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेउमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउनुछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।

-पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाउँमा छर्कनुपर्छ ।

– तेजपत्ताको गन्धसंग कक्रोच भाग्ने गर्छ । त्यसैले केहि पत्ता कक्रोच धेरै बस्ने कुनामा राखीदिनुहोस् । यसको गन्धले कक्रोच आँफै भाग्ने गर्दछन । तर एउटा पत्ताले लामो समय काम नगर्ने भएकोले केहि हप्ताको अन्तरमा त्यसलाई बदल्नु पर्दछ।

-ल्वाङ्गको गन्ध ल्वाङ्ग पनि कक्रोच भगाउने उत्तम उपाय हो । कक्रोच धेरै लाग्ने ठाउँमा ल्वाङ्गका केहि टुक्रा अथवा धुलो राखिदिनुहोस । यस उपायबाट कक्रोच भाग्छ ।

– मट्टीतेलको प्रयोगले पनि कक्रोच भगाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकोले निकै सजगता अपनाउनु जरुरी छ।

READ MORE NEWS

प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबार मतदान हुँदै

बुटवल — प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबा प्रदेशसभामा मतदान हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएको थियो ।

सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराएका छन् । बिहान साढे ८ बजेसम्म एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ । संशोधन दर्ताको समय मंगलबार साढे १० बजे सकिँदैछ ।

प्रदेशसभा सचिवालयका अनुसार बिहान साढे आठ बजेसम्म जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको छ । पार्टीका प्रमुख सचेतक सहसराम यादव र सदस्य पुर्मती ढेंगा मगरले संयुक्त संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेशसभाका नेकपाका प्रमुख सचेतक एवं कार्य व्यवस्था परामर्श समितिका सदस्य भूमिश्वर ढकालले मंगलबारको बैठकमा संशोधन दर्ता गर्ने संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने र त्यसलगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने बताए । ‘आज मतदान प्रक्रियाबाट स्थायी राजधानी र नामको टुंगो लाग्छ,’ उनले भने, ‘प्रस्तावको पक्षमा दुई तिहाईभन्दा बढी मत प्राप्त हुन्छ ।’ मंगलबारको बैठकमा अन्य थप कुनै कार्यसूची नहुने उनले बताए ।

८७ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा नेकपाका मात्र ६१ सदस्य छन् । तीमध्ये सभामुखबाहेक ६० सदस्यले मतदान गर्नेछन् । नेकपाको संसदीय दलको सोमबारको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

त्यस्तै कांग्रेसका १९ सदस्यमध्ये लुम्बिनी क्षेत्रका १३ ले विपक्षमा र राप्ती र भेरीका ६ जनाले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना छ । जनता समाजवादीका ६ मध्ये ३ ले पक्षमा र २ ले विपक्षमा मतदान गर्ने जानकारी दिएका छन् । यद्यपि नेकपा बाहेक कुनै पार्टीको पनि अहिलेसम्म संसदीय दलबाट निर्णय गराएको छैन । त्यस्तै एक मात्र सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि अहिलेसम्म निर्णय सार्वजनिक गरेको छैन ।


Your Views
Related News