पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्‍न भागमा बिजुली जाने क्रम बढिरहेको छ । लामो समयसम्म विद्युत नहुँदा कतिपय सर्वसाधारणलाई पुनः लोडसेडिङ्‍को झल्को पनि गराउने गरेको छ । तर, यसरी पटक पटक बत्ती गइरहेको कारण भने बेग्लै छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उपत्यकासहित देशका विभिन्‍न भागमा मर्मतको काम भइरहँदा विद्युत् आपूर्तिमा समस्या देखिएको हो । “अहिलेको समय भनेको मर्मत(सम्भार गर्ने हो । चाडपर्वका बेलामा नियमित विद्युत् आपूर्तिमा समस्या नहोस् भनेर विगत वर्षमा पनि यस्तै मर्मत गरिन्थ्यो । अहिले पनि त्यही गरिएको हो,” प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने ।

यसलाई लोडसेडिङ भएको भनेर नसोच्‍न पनि उनले आग्रह गरे । “यो लोडसेडिङ कदापि होइन, मर्मत गर्दा यस्तो भएको हो ।” उनले मर्मतका क्रममा एक घण्टाभन्दा बढी समय विद्युत् अवरुद्ध हुने देखिए त्यसमा सूचना दिन प्राधिकरण प्रमुखको निर्देशन रहेको उनले बताए । साथै उनले लामो समयसम्म विद्युत् अवरुद्ध हुने भए सूचना सार्वजनिक गर्दै आएको पनि बताए ।

अहिले विद्युतको माग र आपूर्ति समान रुपमा रहेको भन्दै लोडसेडिङ हुने भन्ने कुनै सम्भावना नै नरहेको पनि उनले दाबी गरे । प्राधिकरणले ट्रान्सफर्मर अपग्रेड गर्ने र विद्युत्‌को पोल फेर्ने कामसहित अन्य ममर्तको काम देशैभर भइरहेको जनाएको छ ।

READ MORE NEWS

कहिलेसम्म मारिनुपर्ने छोरीहरू ?


Your Views
Related News