काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गर्नुभएको छ ।

विश्व शिक्षक दिवस–२०२० का अवसरमा विश्वस्तरमा भर्चुअलरुपमा आयोजित कार्यक्रमको दक्षिण एशियास्तरीय समूहगत छलफलमा (प्यानल डिस्कसन) नेपालका तर्फबाट सम्बोधन गर्दै उहाँले ज्ञानको हस्तान्तरण र निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका हुने तथा गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक आवश्यकपर्ने भएकाले उत्कृष्ट नतिजा दिन हर–हमेशा आफूलाई अब्बल सावित गर्न शिक्षक समुदायमा आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले कोरोना महामारीपछि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइमा निरन्तरता दिइएको र यसमा शिक्षक समुदायले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट गर्नुभयो ।

सन् १९९४ मा संयुक्त राष्ट्रसङ्घले शिक्षण पेशा र पेशाकर्मीको काम, कर्तव्य र अधिकार सम्बन्धी सिफारिसको सम्झना र समीक्षा गर्न हरेक अक्टोबर ५ मा यो दिवस मनाउँदै आएको छ । यस वर्षको दिवसका अवसरमा २४ घण्टा डिजिटल ¥यालीका रुपमा हरेक मुलुकको समय र पालोअनुसार छलफल गराइएको थियो ।

सार्क शिक्षक महासङ्घका महासचिव लक्ष्मण शर्माले नेपाल र दक्षिण एशियामा महामारीमा विद्यालय र शिक्षामा देखिएका चुनौतीबारे मन्तव्य दिनुभएको थियो । छलफलमा कोभिड– १९ पछि शिक्षा क्षेत्र र शिक्षक समुदायमा परेको असरबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए ।

READ MORE NEWS

स्वास्थ्यमन्त्री ढकालद्वारा अस्पतालका निर्देशकसँग यस्ता महत्वपूर्ण विषयमा छलफल

  •  मङ्गलबार २० असोज, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गर्नुभएको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उहाँले जानकारी लिनुभएको थियो ।

सो अवसरमा मन्त्री ढकालले सबैको सहयोगले मात्र कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाई प्रेरित गर्नुपर्ने बताउनुभयो ।

नजीकै आइरहेको चाडपर्वमा हुने भीडभाडले कोभिड–१९ को जोखिम अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै उहाँले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई निर्देशन दिनुभयो ।

उहाँले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।

छलफलमा २५ जना अस्पतालका निर्देशकको सहभागिता थियो । उहाँहरूले कोभिड–१९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषयमा मन्त्रीसँग जिज्ञासा राख्नुभएको थियो ।

मन्त्री ढकालले यसअघि स्वास्थ्यविज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवलाहरूसँग नियमित रूपमा छलफल गर्दै आउनुभएको छ ।

READ MORE NEWS

प्रधानमन्त्रीद्वारा सफल कार्यकालको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेण्डर डेक्रुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई सन्देश पठाउनुभएको छ ।

नेपाल र बेल्जियमबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले भावी दिनमा दुई देशबीच सहयोगका क्षेत्रहरु निरन्तर विस्तार हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सोफी विल्मेसप्रति बधाई ज्ञापन गर्दै उहाँको कार्यकालमा द्विपक्षीय व्यापार–लगानीसहित नेपाल–बेल्जियम सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।


Your Views
Related News