२० असोज, काठमाडौं । दशैंमा अग्रिम टिकट बुकिङ अन्योलमा परेको छ । यातायात व्यवस्था विभागले आज बुधबारबाट बुकिङ खुलाउन व्यवसायीलाई प्रस्ताव गरेको थियो । तर व्यवसायीले अहिले चलिरहेका बसमै पर्याप्त यात्रु नभएको भन्दै थप छलफल गर्नुपर्ने बताएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङबारे छलफल गर्न शनिबार लामो दूरीमा सवारी चलाउने सदस्य कम्पनीका अध्यक्षहरुसँग छलफल गर्दैछ ।

त्यो छलफलपछि महासंघको बैठक बसेर अग्रिम टिकट बुकिङबारे निर्णय गर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य बताउँछन् । ‘अहिले पनि काठमाडौंबाट छुटिरहेका बसले पर्याप्त यात्रु पाएको छैन । महाकारीको अवस्थामा अग्रिम टिकट बुकिङ आवश्यक छ/छैन भनेर हामी छलफल गर्छौं,’ कमचार्यले भने,’कम्पनीहरुको अनुभवका आधारमा महासंघले निर्णय गर्छ ।’

स्वास्थ्य मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार पुग्दा लकडाउन गर्न सिफारिस गरेका कारण पनि अग्रिम टिकट बुकिङ खुला गर्न समस्या देखिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल अहिलेसम्म लामो दूरीको बसमा चाप नदेखिएकाले यो वर्ष अग्रिम बुकिङ खोल्ने निर्णय गर्न ढिलाइ भएको बताए । ‘अब केही दिनको अवस्था हेर्छौं,’ उनले भने,’महामारीको कारण यात्रु कति घट्छन् भन्ने स्पष्ट चित्र देखिएपछि त्यसकै आधारमा बुकिङ खुलाउने निर्णय गर्छौं ।’

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा उपत्यकामा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । अहिले सक्रिय संक्रमतिको संख्या २३ हजार नाघेको छ ।

‘सरकारले सकेसम्म यात्रा गर्ना अनुरोध गरेको छ,’ हमाल भन्छन्,’यो वर्ष काठमाडौं छाड्ने संख्या सानो हुन्छ भन्ने अनुमान छ, अवस्था हेरेर असोज २५ पछि निर्णय लिन्छौं ।’

सरकारले यो वर्ष दशैंका बेला ५ लाख व्यक्ति उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ ।

READ MORE NEWS

जागिरमा ३० पटक असफल भएका ज्याक मा कसरी सफल बने ?

एजेन्सी । ‘जब केएफसी कम्पनी चीनमा आएको थियो । तब जागिर पाउनका लागि २४ जना व्यक्ति अन्तरवार्तामा थिए । उनीहरुमध्ये २३ जना छनोट भए । केवल म अस्वीकृत भएँ,’ चीनका सर्वाधिक धनी व्यक्ति ज्याक मा आफ्नो जीवन संघर्षबारे बोल्नुपर्दा अक्सर यो अनुभव छुटाउँदैनन् । उनी स्कुले जीवनमा दुईपटक प्राथमिक तह र तीनपटक माध्यमिक तहमा फेल भएका थिए । तर यसले निराशा होइन, लडाकु क्षमता बढायो ।

विश्वचर्चित पत्रिका फोब्र्सकाअनुसार उनी एसियाका धनाढ्य व्यक्तिहरुको सूचीमा भारतका मुकेश अम्बानीपछि अहिले दोस्रो स्थानमा छन् । उनको कुल सम्पत्ति ३८ दशमलव २ अर्ब अमेरिकी डलर छ । अलिबाबा ग्रुपका संस्थापक ज्याक चीनको एउटा सानो गाउँमा १० सेप्टेम्बर १९६४ मा जन्मिएका थिए । उनको बाल्यकाल गरिबीमा बितेको थियो । बाल्यकालमा इंग्लिस भाषा सिक्न र बुझ्न उनलाई निकै रहर लाग्थ्यों । यद्यपि, विद्यालयहरुमा चिनियाँ भाषामै पठन–पाठन हुन्थ्यों । तर ज्याक माले विदेशबाट आउने पर्यटकहरुसँग अंग्रेजी सिके र बिस्तारै टुटे–फुटेको भाषा बोलेर टुरिस्ट गाइडको भूमिका निर्वाह गर्न थाले ।उनको वास्तविक नाम ‘मायून’ थियो, तर पर्यटकहरुलाई यो नाम उच्चारण गर्न मुस्किल पथ्र्यों । त्यसैले एक पर्यटकले नै उनलाई नाम दिए– ‘ज्याक’ । १३ वर्षदेखि टुरिस्ट गाइडको काम थालेका ज्याकले ९ वर्षसम्म यही कामलाई निरन्तरता दिए, जसकारण पढाईमा पर्याप्त ध्यान दिन सकेनन् र प्राथमिक तहमा दुई र माध्यमिक तहमा तीन पटकसम्म फेल भए ।
त्यसका बाबजुद उनले हरेश खाएनन् । स्कुले शिक्षा सकेर शहर छिरेपछि कलेजमा दुई पटकसम्म प्रवेश परीक्षामा उनी असफल भए, तेस्रोपल्ट बल्ल भर्ना मिल्यो । ज्याक माले कलेज जीवनका दौरानमा अमेरिकाको प्रसिद्ध हाभर्ड विश्वविद्यालयमा भर्नाका लागि आवदेन दिएका थिए, तर १० पटक आवेदन दिँदा पनि उनलाई भर्ना मिलेन  ।  यतिमात्रै होइन, जागिर खोज्दा ३० भन्दा धेरै पटक उनी अस्वीकृत भए । ‘प्रहरीमा जागिर खान जाँदा मलाई फिट छैनौं भने । केएफसी भर्खरै चीनमा आएको थियो, निवेदन दिएका २४ जनामध्ये २३ जना छानिए, म छुटें,’ उनी भन्छन् । १९९४ मा ज्याकमाले इन्टरनेटबारे सुने, अनि आफ्नो पहिलो कम्पनी– हाङझोउ हाइबो ट्रान्सलेशन एजेन्सी दर्ता गरे ।
१९९५ को सुरुवातमा उनी आफ्ना साथीहरुसँग अमेरिका भ्रमणमा गए । त्यहाँ उनले इन्टरनेटबारे सिके । यही क्रममा उनले इन्टरनेटमा बियर (भालु) सर्च गरे । त्यहाँ धेरै देशका भालुका प्रजातीबारे जानकारी राखिएको थियो, तर चीनमा पाइने प्रजातीहरुको नाम नदेख्दा उनलाई अनौठो लाग्यो । त्यसपछि उनले चीनबारे थप जानकारी सर्च गरे, तर केही भेटेनन् । त्यसैले आफ्ना साथीहरुसँग मिलेर उनले चीनबारे जानकारी दिनेगरी वेभसाइट बनाए । बिहान ९ बजेर ४० मिनेट जाँदा उनले यो वेभसाइट लन्च गरेका थिए, १२ बजेर ३० मिनेट जाँदासम्म चिनियाँ लगानीकर्ताहरुले उनीबारे चासो दिएर इमेल गरिसकेका थिए । इन्टरनेटको शक्ति कति हुन्छ भनेर बल्ल ज्याक मालाई थाहा भयो । उनी यही क्षेत्रमा आफ्नो भविष्य खोज्न लागे ।

१९९५ मा ज्याकमा र हि वाइविङले मिलेर चाइना पेजका लागि अर्को कम्पनी सुरु गरे । १० मेइ १९९५ मा उनीहरुले अमेरिकामा चाइनापेज डटकम दर्ता गरे । उनले अमेरिकामा बस्ने साथीहरुको सहयोगबाट चिनियाँ कम्पनीहरुका लागि वेभसाइट तयार गर्ने योजना बनाएका थिए । ‘पहिलोपटक जब हामी इन्टरनेटमा कनेक्टेड भएका थियौं, मैले आफ्ना साथीहरुलाई घरमा बोलाएको थिए र त्यतिबेला डायल अप कनेक्सन निकै ढिलो थियो,’ उनले भनेका थिए, ‘हामीले तीन घण्टा ३० मिनेट कुरेपछि बल्ल आधा पेज खुल्यो । यो समय हामीले टिभी हेर्यौं र तास खेल्यौं । तर म निकै खुसी थिएँ, किनकि मैले इन्टरनेट अस्तित्वमा छ भनेर प्रमाणित गरें । तीन वर्षभित्र यो कम्पनीले ५० लाख चिनियाँ युआन आर्जन गरिसकेको थियो, जुन त्यतिबेला झन्डै ८ लाख अमेरिकी डलर बराबर हुन्थ्यों । १९९८ देखि १९९९ सम्म चाइना इन्टरनेशनल इलेक्ट्रोनिक कमर्श सेन्टरले स्थापना गरेको टेक्नोलोजी कम्पनीलाई ज्याक माले नेतृत्व गरे, यो सरकारी कम्पनी थियो ।

१९९९ मा जागिर छाडेर उनी गाउँ फर्किए, अनि अन्य १७ जना साथीहरुसँग मिलेर अलि बाबा स्टार्ट अप कम्पनी खोले । उनीहरुले ५ लाख युआनबाट यो कम्पनी खोलेका थिए । सुरुवाती चरणमा यो कम्पनीको कार्यालय उनकै अपार्टमेन्टमा थियो । यी दिनहरुमा साथीहरुले गर्ने लगानीबाहेक उनीसँग पुँजीको अर्को माध्यम थिएन । तर, केही समयपछि गोल्डम्यान साच्स र सफ्ट बैंकले यसमा २५ मिलियन डलर लगानी गरे । अलिबाबा डटकमको उद्देश्य आम चिनियाँहरुलाई इन्टरनेटमार्फत व्यापार गर्न सिकाउनु थियो,  विशेषगरी साना तथा मझौला व्यवसाय गर्ने चिनियाँहरुका लागि ई–कमर्श प्लेटफर्म तयार गर्ने उद्देश्य यस कम्पनीले राखेको थियोे । यसले चिनियाँ उत्पादनहरुलाई विश्वव्यापी बजारमा पुर्याउन ठूलो भूमिका खेल्यो ।

१० सेप्टेम्बर २०१८ मा ज्याक माले कार्यकारी अध्यक्ष पदबाट राजिनामा गर्ने घोषणा गरे, थप एक वर्षपछि पद छाड्ने उनको घोषणा थियो, यतिबेलासम्म अलीबाबा ग्रुप होल्डिङ विश्वका ठूला कम्पनीहरुमध्ये एक बनिसकेको थियो । पछिल्लो समय ज्याक मा अलिबाबा फाउन्डेशनमार्फत समाजसेवासँगै आफ्ना विचार–दर्शन फैलाउन सक्रिय छन् । उनको जीवनबाट प्रेरित भएका धेरै युवाहरु असफलतालाई जितेर सफल बनेका छन् ।


Your Views
Related News