काठमाडौ । वास्तुशास्त्र अनुसार घरभित्र मात्र होइन घर बाहिरका सामाग्रीले समेत वास्तु दोष उत्पन्न गराउँछन् । यस्ता वास्तुदोष उत्पन्न गराउन घर आसपासमा भएका वस्तु कारक रहने गर्दछन् ।

यस्ता वास्तुदोषले शारीरिक, आर्थिक समस्या र पारिवारिक जीवनमा मनमुटाव निम्त्याउने गर्दछ । कतिपय अवस्थामा वास्तुदोषले मानसिक समस्या समेत निम्त्याउँछ । तसर्थ वास्तुशास्त्र अनुसार १० वस्तु घर आसपासमा हुनु हुदैन ।

 

१, घर अगाडी फोहोर पानी जम्ने स्थान रहनु हुदैन । अन्यथा वास्तुदोष उत्पन्न हुने गर्दछ । २। अझ पानी जम्ने भाग पश्चिम दिशातर्फ भए धनको हानी हुने तथा बदनामी हुने गर्दछ ।
३, काडँेदार बिरुवा घर अगाडी भए तपाईंका विरोधीको संख्या बढ्ने गर्दछ ।
४, यी बिरुवा भए पारिवारिक जीवनमा मतभेद बढ्ने र स्वास्थ्यमा हानी पुग्दछ ।
५, घर अगाडी लामो समयसम्म ढुगां जम्मा पारेर राख्दा पनि वास्तु दोष हुने गर्दछ ।

६, वास्तु विज्ञान अनुसार यसले जीवनमा हुने प्रगती रोक्दछ ।
७, घर अघि डस्टबिन हुनु समेत वास्तु विज्ञान अनुसार कष्टकारी हुन्छ ।
८, घरको मुख्यद्धारको सामुन्नेमा बिजुलीको खम्बा हुनु पनि उन्नतिको बाधक मानिन्छ ।
९, घर अगाडी बाक्लो रुखहरु हुनु समेत वास्तु दोषको कारक मानिन्छ ।
१०, घर अघि बेलको रुख हुनु अझ उक्त रुखले घरको उचाई नाघ्नु हानिकारक मानिन्छ ।
११, वास्तुविज्ञान अनुसार घरको दलानभन्दा सडक अग्लो हुनु समेत कष्टकारी मानिन्छ ।
१२, वास्तुविज्ञान अनुसार घर अघि सेतो चोप निस्कने रुख हुनु समेत हानिकारक मानिन्छ ।

READ MORE NEWS

बेखर्ची श्रमिकको उद्धारमा ४० लाख खर्च भएको सरकारी विवरण

  • जनबोली न्यूज नेटवर्क
  •  मङ्गलबार २० असोज, २०७७

काठमाडौं । कोरोनाका कारण हजारौं नेपाली बेखर्ची भएर विदेशमा अलपत्र परे पनि दूतावासहरूको सक्रियता कम हुँदा १ सय जना श्रमिकको मात्र सरकारी खर्चमा उद्धार हुन सकेको छ । यसका लागि सरकारले ४० लाख रुपैयाँ खर्च गरेको छ ।

 

 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको वैदेशिक रोजगार बोर्डले ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ को उक्त रकमबाट बहराइनबाट १८ र मलेशियाबाट ८६ जना नेपालीको उद्धार गरेको हो । यो संख्या अपेक्षाकृत कम रहेको बोर्डका अधिकारीहरू स्वीकार्छन् ।

 

 

बोर्डले कोभिडका कारण अलपत्रको उद्धारका लागि तत्काल ७५ करोड बजेट छुट्ट्याए पनि सो रकम खर्च हुन नसकेको बोर्डका निर्देशक दीनबन्धु सुवेदीले बताए ।

 

 

बेखर्ची नेपालीको उद्धारका लागि विशेषगरी विदेशमा रहेका नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगार बोर्डमा त्यस्ता श्रमिकको जानकारी गराई रकम माग गर्नुपर्छ तर अहिलेसम्म थप नेपालीको उद्धार गर्न दूतावासबाट कुनै रकम माग नभएको सुवेदीको भनाइ छ ।

 

 

 

 

बोर्डका अनुसार अहिलेसम्म ७५ करोडमध्ये ४२ लाख रुपैयाँ मात्रै खर्च भएको छ । दूतावासले तथ्यांक पठाएर रकम माग गरेको भए थप रकम पठाउने तयारी भएको बोर्डका अधिकारीहरू बताउँछन् । नेपालका हेल्डिङ सेन्टरमा काम गर्ने श्रमिकको उद्धारमा बोर्डले रू। २ लाख खर्च गरेको जानकारी दिएको छ ।

 

 

‘होल्डिङ सेन्टरमा काम गर्नेहरू कोभिडका कारण अलपत्र परेकाले १८७ जनालाई कोषको रकमबाट घरसम्म पु¥याइएको हो,’ सुवेदीले भने ।

 

 

कोभिडका कारण स्वदेश एवं विदेशमा धेरै श्रमिक बेखर्ची बनी अलपत्र बने पनि सही तथ्यांक सरकारी स्तरबाटै संकलन नहुँदा उद्धारमा समस्या परेको बोर्डका अधिकारीहरूको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।


Your Views
Related News