चितवनमा फेरी अर्को घटना भएको छ । त्यहाँका एक दम्पत्तीले एक छोरीलाई जन्म दिए । तर बच्चा अनौठो जन्मियो । पुर्वी चितवन पर्सा भरतपुर नगरपालिकाकी महिलाले नर्मल रुपमा बच्चा जन्माएकी थिइन् । बच्चा जन्मिएपछि शिशुको शरिरमा अनौठो डल्लो थियो । दुई खुट्टाको बिचमा निकै ठुलो मासुको डल्लो रहेको देखिएपछि उनीहरुले शिशुलाई लिएर चितवनकै अस्पताल पुगे ।

त्यहाँको अस्पतालले उनीहरुलाई त्यो शिशुलाई काठमाडौ लिएर जानु । कान्ति बाल अस्पतालमा लिएर जान सुझाव दिएपछि काठमाडौ आएका छन् । तर उनीहरुको आर्थिक अवस्था निकै कमजोर भएका कारण शिशुको उपचारमा कति पैसा लाग्छ भन्ने थाहा पाएनन् ।

शिशुको एमआरआइ गर्नुपर्ने सुझाव अस्पतालले दियो । तर एमआरआइ गर्ने स्थानमा जाँदा त्यहाँ २३ हजार रुपैया लाग्ने बताएपछि उनीहरु निकै आत्तिएका छन् । घरमा दुई छाक खाने अन्न पनि नभएका यि दम्पत्तीलाई उपचारमा यति धेरै खर्च लाग्ने थाहा पाएपछि चिन्तित भएका छन् । त्यसैले उनीहरु शिशुको उपचारका लागि आर्थिक संकलन गर्न थालेका छन् । शिशुको बुवा पनि अस्वस्थ्य छन् । आमा पनि सुस्त मनस्थितिको रहेको एक आफन्तले बताएकी छन् ।

उनले यस्तो अवस्थाका जोडीलाई सहयोग गरिदिन भन्दै आग्रह समेत गरेकी छन् । आफुलाई यो नयाँ शिशुको माइजु बताउने महिलाले घरमा खाने पैसा समेत नभएका उनीहरु सुत्केरी महिला सहित खाली आकासमुनी बसेका थिए । कान्ति अस्पतालको अगाडी आकास मुनी ६ दिनको नवजात शिशु र सुत्केरी महिला खुला आकासमुनी बसेका हुन् ।

सुत्केरी अवस्थामै शिशुको उपचारका लागि आएकी महिलाको पनि स्वास्थ्य अवस्था पनि जोखिममा छ । एमआरआइ गरेपछि मात्र शिशुलाई के भएको हो भन्ने थाहा हुने भएकाले अहिले नै उपचारमा कति खर्च लाग्छ भन्ने थाहा नभएको बताइन् । माइजुले उपचारका लागि भनेर १५ हजार बोकेर आएको भएपनि एमआरआइलाई मात्र २३ हजार रुपैया लाग्ने भनेपछि उनीहरु अलमलमा परेको बताएका छन् ।


Your Views
Related News