सल्यान । जंगलमा फा’लिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरियो । शारदा नगरपालिका –३ घोरलोटेका जङ्गलमा फा’लिएको २८ दिने शिशुको उद्धार गरिएपछि यो खबरले निकै चर्चा पायो । यसरी बच्चा फा’ल्ने को होला त भनेर धेरैको चासोको बिषय बन्यो ।

 

 

आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा –३ की ३५ वर्षीया शान्ता परियारले अ’वैधसम्बन्धबाट जन्मेको शिशुलाई घर नपुग्दै जङ्गलमा छाडेर घर गएको प्रहरीले जनाएको छ ।

 

 

 

श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले जङ्गलमा चर्को स्वरमा शिशु रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शिशुको उद्धार गरी सल्यान अस्पतालमा लिएर उपचार शुरु गरेको छ ।

 

 

शिशु अस्पताल पुर्याएर उपचार सुरु गरेलगत्तै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए ।

 

 

प्रहरीले अनुसन्धानका क्रममा शिशुलाई जङ्गलमा फा’ल्ने महिला र अ’वैध–सम्बन्ध राख्ने भनिएका शारदा–२ पानीखोलाका दानबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

 

 

करिब एक वर्ष अगाडि कामका सिलसिलामा महिला भारतमा गएका बेला अ’वैध–सम्बन्ध रहेको र शिशु जन्मिएपछि घर फर्किने क्रममा अरुले थाहा पाउने डरले जंगलमा फा’लेको बयान दिएको प्रहरीले जनाएको छ । रासस

READ MORE NEWS

आज दुर्लभ शुभ दिन, मंगल चौथीमा भगवान् गणेशको यसरी गर्नुहोस् आराधाना

  •  मङ्गलबार २० असोज, २०७७

काठमाडौ । आज मंगल चौथी । यो दुर्लभ क्षण हो । निक्कै समयको अन्तरालपछि यस्तो योग पर्न जान्छ । यो दिन भगवान् गणेशको विशेष पूजाआजा गरी मनाइदैछ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ।

 

मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आज सबैभन्दा शुभ दिन मानेर व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ। कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु अघि हिन्दु धर्म संस्कारमा भगवान् श्री गणेशको आराधना र स्मरण गर्दछन् ।

 

 

 

भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ ।

 

 

भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन् । आजको दिन श्रद्धा पुर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ।

READ MORE NEWS

कुकुरसँगको गहिरो प्रेमका कारण भयो जिन्दगी बर्बाद

  • जनबोली न्यूज नेटवर्क
  •  सोमबार १९ असोज, २०७७

काठमाडौ । अतिले खति १ यो उखान एउटा घटनासँग चरितार्थ भएको छ । कुकुरलाई धेरै माया गर्दा एक व्यक्तिले निकै महंगो मुल्य चुकाउनु परेको छ । उनको जीवन नै बर्बाद भएको छ ।

 

 

४८ वर्षका ग्रैग मोन्टेउफुलले कुकुरले एक पटक चाट्दा महंगो मुल्य चुकाउन परेको हो । कुकुरलाई चाट्ने क्रममा खतरनाक ब्यक्टीरिया ग्रेगको रगतमा सरेर तिव्ररुपमा शरीरमा फैलिएको थियो । पछि खुट्टा नै का’ट्न’ परेको थियो ।

 

 

 

उनले जिन्दगीको धेरै समय कुकुरसँग बिताएका थिए । ग्रेगले कुकुरलाई निकै माया गर्थे । तर उनको माया नै उनको दुखको कारण भयो । उनले कुकुर चाट्दा इन्फेक्शन भएको हो ।

 

 

ग्रेगको रगतमा ब्याक्टेरिया पुग्यो र ब्लड प्रेसर कम भयो र शरीरमा त्यसको असर सिधै पर्यो । एक पटक शरीरमा ब्लड प्रेसर कम हुँदा अचानक हात र खुट्टाले काम गर्न छाडेको थियो । हाल उनको खुट्टा का’टि’एको छ । शरीरमा संक्राण फैलन सक्ने भएकोले नफैलनको लागि उनका दुवै खुट्टा का’टिए’का छन् ।


Your Views
Related News