काठमाडौं । विभिन्न सामाजिक सञ्जालमार्फत गिफ्ट पठाइदिने भन्दै ठगी गर्ने समूह अझै पनि संक्रिय भएको खुलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले यसरी ठगी गर्ने एक महिलालाई नियन्त्रणमा लिएको हो । रुपन्देही सैनामैना नगरपालिका वडा नम्वर ११ सालझण्डी  घर भएकी ३१ वर्षीया सीता भुषाललाई नियन्त्रणमा लिएको हो ।

उनले विभिन्न मानिसलाई फेसबुकमा विदेशी नाम गरेको व्यक्तिको आइडी खोली ठगी गर्ने गरेको महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए । आफू लण्डनमा रहेको र विवाह गर्छु भन्दै गिफ्ट पठाउने भन्दै ठगी गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको हो । यहि शैलीमा धेरै पहिला देखि नै ठगी गर्ने गिरोह संक्रिय रहेका छन् । त्यसैले प्रहरीले चिन्दैनचिनेका मानिससँग सामाजिक सञ्जालबाट चाँडै नजिकिन र आफ्ना गोप्य कुराहरु सेयर नगर्नसमेत अनुरोध गरेको छ । कसैले यसरी गिफ्ट पठाउने भन्दै पैसा मागे प्रहरीलाई खवर गर्नसमेत अनुरोध गरेको छ ।

READ MORE NEWS

आज मन्त्रीमण्डल गठन हुने सम्भावना, अर्थमन्त्रीमा को ?

काठमाडौं । कोभिड महामारीमा सरकारलाई अर्थतन्त्र जोगाउने ठूलो चुनौती छ । र पनि १ महिनादेखि अर्थमन्त्रीको पद खाली छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बीच अर्थमन्त्रीको सहमति हुन नसक्दा अर्थ मन्त्रालय नेतृत्व विहिन बनेको हो । अर्थमन्त्रीको दौडधूपमा नेकपाभित्र ठूलै वहस र विर्मश भएपनि अझै कसलाई अथ मन्त्री बनाउने टुंगो भने लागिसकेको छैन ।

सम्भवत आज बस्ने नेकपा सचिवालय बैठकले अर्थमन्त्रीको टुंगो लगाउने बुझिएको छ । आज बस्ने सचिवालयको बैठकले रिक्त रहेको मन्त्री पद्को नियुक्ति गर्ने बुझिएको छ । अर्थमन्त्रीका दावेदारमध्ये पछिल्लो समय पार्टी महासचिव विष्णु पौडेललाई अझ बढी बलियो बनाएको छ ।

यो जटिल परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको साँचो बुझाउने व्यक्तिको अग्र पङ्तीमा पूर्व अर्थमन्त्री द्वय विष्णु पौडेल तथा सुरेन्द्र पाण्डेको नाम लिन थालिए पनि परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली तथा नेकपाका नेता जनार्दन शर्मालाई पर्नि अर्थमन्त्रीका शक्तिशाली दावेदार पात्रका रुपमा लिँइदै आएको थियो ।

यी पात्रमध्ये पौडेल र ज्ञवाली प्रधानमन्त्रीका अति विश्वासनीय पात्र हुन् । सुरेन्द्र पाण्डे पनि सो पदका लागि उत्तिकै बलिया दावेदार भएपनि उनी माधव कुमार नेपाल निकट भएकाले प्रमको रोजाइमा नपर्ने अड्कल काटिएको छ ।

तर, पछिल्लो समय राजनीतिक समिकरणले अन्य दावेदारलाई पन्छाएर पार्टी महासचिवलाई पौडेललाई अर्थमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । आज मंगलबार अपराह्न ४ बजे बोलाइएको बैंठकले अर्थमन्त्री सहित अन्यमन्त्री समेत नियुक्त गर्नेछ ।
रिक्त रहेका मन्त्रायललाई पूर्णता गर्ने समझदारी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएको सचिवालय स्रोतले बताएको छ ।

नयाँ नोट बाड्ने निर्णय बोर्ड लैजादै राष्ट्र बैंक

काठमाडौं । दशैं नजिकिसकेको छ । अघिल्ला वर्षहरूमा यति बेला राष्ट्र बैंकलाई नयाँ नोट बाड्ने चटारो पथ्र्यो । तर, यस वर्ष कोभिडका कारण नयाँ नोट बाड्ने कि नबाड्ने अर्थात वितरण गरे कसरी गर्ने भन्ने पिरलो परेको छ । दशैं नजिकिएसँगै शुरु भएको यो विषयमा अहिलेसम्म निर्णय हुन सकेको छैन । नयाँ नोट बाड्दा कोभिड संक्रमण फैलेला भन्ने डर नबाड्दा आम उपभोक्ताको गुनासो, यस्तो च्यापमा राष्ट्र बैंक परेको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने ।

यो विषयमा विभिन्न चरणमा छलफल हुँदा कुनै निर्णय गर्न नसकेपछि राष्ट्र बैंकको सञ्चालक समिति बोर्डमा लैजाने प्रक्रिया अघि बढाउन लागिएको डेपुटी गभर्नर शिवाकोटीले बताए । ‘नयाँ नोट बाड्दा पनि नहुने नबाड्दा पनि नहुने देखिएपछि निर्णयका लागि बोर्डमा लैजाने छलफल भएको छ,’ उनले भने ‘यस विषयमा बोर्डले निर्णय गर्नेछ ।’

राष्ट्र बैंकले नयाँ नोट वितरणका विषयमा दुई एउटा मोडल बैंक तथा वित्तीय संस्थाको शाखाबाट आफ्ना खातावालालाई दिने र अर्को भनेको केही बोसन दिएर मोबाइलबाट दक्षिणा दिने व्यवस्था मिलाउने । राष्ट्र बैंकको बैकिङ कार्यालयबाट नयाँ नोट वितरण गर्दा कोभिडको जोखिम बढी हुने देखिन्छ । बैंक तथा वित्तीय संस्थालाई दिँदा पनि भिड केही कम भएपनि जोखिम रहने भएकोले यस विषयमा निर्णय गर्न नसकिएको हो ।

पहिले दशैँका लागिमात्र नयाँ नोट साटिने व्यवस्था भएपनि नोट सटहीलाई राष्ट्र बैंकले समावेशी बनाएर अन्य चाडपर्वमा पनि साट्न सक्ने व्यवस्था गरेको छ ।  गाईजात्रा, गौरा पर्व, तीज, उभौली, नयाँ वर्ष, छठ, जितिया पर्व, माघीजस्ता चाडमा पनि नयाँ नोट सटहीको सुविधा दिइँदै आएको छ । राष्ट्र बैंकले दशैंका लागिमात्रै १५ अर्बभन्दा नयाँ नोट साट्ने गरेको थियो ।


Your Views
Related News