काठमाडौं । तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियाँै । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माउनु भएको छ ।

उहाँले आज अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माउनुभएको अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले जानकारी दिनुभयो । तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् ।

उहाँका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । “आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,” उहाँले भन्नुभयो, “अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।”

डा मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ ।

डा मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा डा दिप्ति श्रेष्ठ, डा नमिता सिङ्देन र डा मुकेश कुमारले शल्यक्रिया गर्नुभएको थियो ।

READ MORE NEWS

सोच्नपनि नसकिने : भिनाजुले ५ वर्षिय सालालाई दु’श्क’र्मपछि संसारबाटै सि’ध्याए

 

जनकपुरधाम । ५ वर्षीय बालकलाई दु’श्क’र्मगरेर जीवन नै सि’ध्याएको अभियोगमा नातामा भिनाजु पर्ने पक्राउ परेका छन् । धनुषाको सवैला नगरपालिका–७ भठिहनका २२ वर्षीय रामबहादुर सदालाई प्रहरीले जीवन नै सि’ध्याएको अभियोगमा पक्राउ गरेको छ ।

 

 

धनुषाधाम नगरपालिका–७ स्थित किसानपुर बस्ने रामेश्वर सदाले नातामा साला पर्ने ५ वर्षीय रुपेश सदालाई दु’श्क’र्मपछि सि’ध्याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले सदालाई पक्राउ गरेको जानकारी दिए ।

 

 

गत असोज १५ गतेदेखि बेपत्ता भएका रुपेशको लाश शुक्रबार धनुषाधामस्थित कृषि इँटा उद्योगको परिसरभित्र पानी जमेको खाल्डोको डिलमा पात पतिङ्गरले छोपिएको अवस्था भेटिएको थियो ।

 

 

प्रहरीले अनुसन्धानको क्रममा माछा निकाल्ने भन्दै सदाले
रुपेशलाई पोखरीतर्फ लगेर दु’श्क’र्म गरेर सि’ध्याएको स्वीकारेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । सदाले रुपेशलाई विस्कुट, चकलेट दिन्छु भनेर फकाएर माछा निकाल्ने बाहानामा पोखरीतर्फ लगेर दु’श्क’र्मगरेको अनुसन्धानबाट खुलेको छ ।

 

 

दु’श्क’र्मकैक्रममा रुपेशले होस गुमाएपछि सदाले रुपेशले घाँटीमा लगाएको कन्दनीले बेरेर जीवन लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए । आरोपित रामबहादुरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले बा’लकमाथीको दु’श्क’र्म अ’प्रा’कृती’क भएको प्रहरीको भनाई छ ।

READ MORE NEWS

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन मरे दुई गैँडा

  •  मङ्गलबार २० असोज, २०७७

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।

नारायणी हँुदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो ।

भारतको प्रोटोकल अनुसार मृत गँैडाको ‘पोष्ट मार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएकोे सूचना अधिकारी रामले बताउनुभयो ।

यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा उँधोमुन्टो भई अर्को अन्दाजी १२ वर्षको भाले गैँडा मृतावस्थामा फेला परेको छ । मृत गैँडाको प्रकृति हेर्दा गँैडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ ।

गँैडाको पछाडिको खुट्टा भाँचिएको पाइएको निकुञ्जले जनाएको छ । गँैडाको खाग र खुर भने सुरक्षित रहेको सूचना अधिकारी रामले बताउनुभयो । निकुञ्जमा चालु आर्थिक वर्षको तीन महिनामा मत्रै विभिन्न कारणबाट सात गैँडाको मृत्यु भइसकेको छ । निकुञ्जमा हाल ६०५ गैँडा रहेका छन् ।


Your Views
Related News