काठमाडौं । प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम यादव र पुरमती ढेङ्गा मगरले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सभामा पेश गर्नुभएको प्रदेश नं ५ को स्थायी राजधानी तोकियोस् भन्ने प्रस्तावमा दफा ६ को उपदफा १ बमोजिम संशोधन दर्ता गराउनुभएको हो ।

सरकारले प्रदेशको नामकरण लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरिसकेको छ । प्रदेशसभा सदस्य अर्याल र थरूनीले संशोधन प्रस्तावमा प्रदेश ५ को स्थायी राजधानी नवलपरासी, कपिलवस्तु, पाल्पा र रुपन्देही चार जिल्लालाई समेटेर तोक्न माग गर्नुभएको छ ।

यस्तै समाजवादी पार्टीका यादव र मगरले प्रदेश को नामकरण लुम्बिनीको सट्टा थरूहट अवध मगरात राख्न माग गरेका छन् । प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि आज प्रदेशसभामा मतदान हुँदैछ ।

प्रदेशसभाको बैठक शुरु

प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभाको बैठक शुरु भएको छ । बैठकको विशेष समयमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले लोकतान्त्रिक मूल्यमान्यता विपरीत प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव आएकाले विरोध जनाएको बताउनुभयो ।

राजधानीको प्रस्तावभन्दा पनि प्रक्रियाको विरोध गरेको जनाउँदै उहाँले क्षेत्रीयताको भावना राखेर राजधानी घोषणा गर्नु उचित नहुने धारणा राख्नुभयो । “हामी संसदीय व्यवस्थालाई मान्छाँै । हामीले राजनीतिक सहमतिका लागि केही दिन रोक्न भनेको थियौँ तर सरकारले नमानेपछि बाध्य भएर विरोध गर्नुप¥यो”, नेता कनौडियाले भन्नुभयो ।

उहाँले बहुमतको दम्भमा विधि, कानून र प्रक्रिया मिचेर राजधानी जस्तो ऐतिहासिक महत्वको विषय आउँदा पार्टीको असहमति रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा ठूलाठूला राजनीतिक परिवर्तन राजनीतिक पार्टी मिलेर ल्यायौँ तर आज आश्चर्यजनक तरिकाले राजधानीको प्रस्ताव आएको छ । सरकारको यो एकलौटी निर्णय मान्य छैन ।”

प्रदेशको राजधानी दाङ राख्ने विषयमा आपत्ति नभए पनि त्यसको औचित्य पुष्टि गर्न नेता कनौडियाले सरकारसँग आग्रह गर्नुभयो । विपक्षीको पनि सम्मान हुने गरी सहमतिका आधारमा अघि बढ्न सरकारसँग आग्रह गर्दै उहाँले बहुमतको दम्भमा पेलेर जाने काम राम्रो नभएको धारणा राख्नुभयो । “जनताको अदालतभन्दा कोही ठूलो हुँदैन । आज तपाइँ सत्तामा हुनुहुन्छ भोलि हामी हुन्छौँ”, उहाँले भन्नुभयो । रासस

READ MORE NEWS

ललितपुरमा मात्रै छन् यति धेरै कोरोना सङ्क्रमित

  • जनबोली न्यूज नेटवर्क
  •  मङ्गलबार २० असोज, २०७७

काठमाडौं । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८०३ रहेको छ ।

यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४३० र मृतकको सङ्ख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालय र जिल्लाको तथ्याङ्कमा केही फरक देखिएको छ ।

ललितपुरको ठेगाना राखेर अन्य जिल्लामा बसोबास गर्ने मानिसको तथ्याङ्क पाइएको हुँदा कूल सङ्क्रमितको सङ्ख्यामा केही फरक देखिएको हो ।” त्यसलाई खोजेर मिलाउने काम गरिने गेलालले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ९८८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८८, सक्रिय सङ्क्रमित ८७९ र मृतक २१ रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सक्रिय सङ्क्रमितमध्ये ८१२ होम आइसोलेसनमा र ६७ जना अस्पताल रहेका छन् ।”

गोदावरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या २०३ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या १३२, होम आइसोलेसनमा ५७, बडिखेल आइसोलेसनमा छ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ ।

महालक्ष्मी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ४०८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या २३५ र मृतक दुई रहेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सक्रिय सङ्क्रमित १७१ मध्ये २२ अस्पताल र १४९ होम आइसोलेसनमा रहेका छन् ।” त्यस्तै महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १२ रहेको छ ।

तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेका छन् भने एक जना अस्पताल र चार जना होम आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताउनुभयो ।

कोञ्ज्योसोम गाउँपालिकामा पनि कूल सङ्क्रमित सङ्ख्या १२ पुगेको छ । तीमध्ये चार सक्रिय र बाँकी आठ जना कोरोना निको भई डिस्चार्ज भइसकेको संयोजक नवलकिशोर महतोले बताउनुभयो ।

वाग्मती गाउँपालिकामा कूल १२ सङ्क्रमितमध्ये होम क्वारेन्टिनमा पाँच र कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेको संयोजक नवराज तिमिल्सिनाले बताउनुभयो ।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार, प्रयोगशाला, बीएण्डबी र आनन्द वन अस्पतालले कोरोना परीक्षण गर्ने गरेका छन् । ललितपुरमा २२१ आइसोलेसन र ४०८ क्वारेन्टिन तयार भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रयोगशाला प्राविधिक उपेन्द्र लामिछानेले जानकारी गराउनुभयो । रासस


Your Views
Related News