काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको टिकट काउन्टरमै पुगेर लिनुपर्ने बाध्यता अन्त्य गर्दै विद्युतीय माध्यमबाट बुक गर्न मिल्ने सफ्टवेयर बनाएको छ ।

सफ्टवेयर निर्माणको काम सकिएको र असोजभित्रै त्यसलाई सार्वजनिक गर्ने तयारी भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘सफ्टवेयर निर्माणको काम सकिएको छ । अब सबै यातायात कम्पनीलाई सफ्टवेयरसँग जोडेर टिकटमा डिजिटल प्रणाली सुरु गर्दै छौं,’ उनले भने । हाल सार्वजनिक यातायातको टिकटका लागि काउन्टरमै पुग्नुपर्ने अवस्था छ । दसैं–तिहारजस्तो यात्रुको चाप बढी हुने समयमा कृत्रिम टिकट अभाव गरी ठगी हुने गरेको छ । अनलाइन टिकटिङ प्रणाली लागू भएपछि यात्रुले यस्ता समस्या भोग्नु नपर्ने हमालले दाबी गरे ।

यसका लागि यातायात कम्पनीहरुले नै विभिन्न डिजिटल एपमा आबद्ध भएर अनलाइन टिकटको व्यवस्था गर्नुपर्नेछ । ती कम्पनीलाई सफ्टवेयरसँग जोडेर विभागले नियामकको रुपमा काम गर्नेछ । विभागले अनलाइन टिकटिङलाई व्यवस्थापन गर्न अनलाइन टिकट निर्देशिका पनि बनाएको उनले बताए ।

दसैंअगाडि नै अनलाइन टिकटिङ सेवा सुरु भए पनि सबै कम्पनीका लागि यो अनिवार्य भने हुने छैन । ‘कम्पनीहरुले एप बनाउने, डिजिटल भुक्तानी कम्पनीसँग जोडिनेलगायतका काम गर्नुपर्ने हुन सक्छ । त्यसैले अनिवार्य गर्न समय लाग्छ,’ हमालले भने, ‘एप बनाएका कम्पनीहरुले तत्काल यो सेवा दिन्छन् ।’ उनका अनुसार तिहारपछि भने विभागले सबै कम्पनीका लागि अनलाइन टिकट अनिवार्य गर्नेछ ।

गत वर्ष दसैंका बेला विभागले एक वर्षभित्र अनलाइन टिकट अनिवार्य गर्ने निर्णय गरेको थियो । यद्यपि, यसका लागि कुनै पनि प्रक्रिया अघि नबढाइएकोमा कोभिड–१९ महामारी सुरु भएपछि विभागले भदौदेखि मात्र अनलाइन टिकट प्रक्रिया अघि बढाएको थियो ।

दसैंका बेला यात्रुको चाप हुने भएकाले कोरोना जोखिम बढ्ने भन्दै विभागले अनिवार्य अनलाइन टिकट सुरु गर्ने तयारी गरे पनि अहिलेसम्म यसले पूर्णता पाउन सकेको छैन ।

व्यवसायीहरुले विभागको उक्त निर्णय स्वागतयोग्य भएको बताएका छन् । ‘हामीले अनलाइन टिकटका लागि पटक–पटक छलफल गरेका थियौं । विभागसँग पनि कुरा राखेका थियौं,’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने । हाल अधिकांश पर्यटक व्यवसायीले पर्यटक बसमा अनलाइन टिकटिङ सुरु गरिसकेका छन् ।

READ MORE NEWS

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ  विक्री खुला

असोज २१, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बुधवारदेखि सर्वसाधारणका लागि विक्री खुला भएको छ ।

कम्पनीले रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो । कुल कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ताका लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । रू. १ अर्ब जारी पूँजी रहेको उक्त कम्पनीको सर्वसाधारणलाई आईपीओ विक्री पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ । उक्त कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

आईपीओ खरीद गर्न चाहनेहरुले विक्री प्रबन्धकसँगै सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको माध्यमबाट घरबाटै पनि आवेदन दिन सकिने छ ।

कम्पनीकोे आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बीबी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधार औषतभन्दा राम्रो रहेको संकेत गर्दछ ।उक्त कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ ।

आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृती पाएसँगै आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

कम्पनीले ३० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजि रू. ३० करोड रहेको छ । आईपीओ बाँडफाँटपछि पूँजि रू. १ अर्ब पुग्नेछ ।

गत आवको चौथो त्रैमासमा  उक्त कम्पनीले रू. ५ करोड ५६ लाख नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा तुलनामा  नाफा ५३ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ३ करोड ६२ लाख नाफा कमाएको थियो ।

गत आवको चौथो त्रैमासमा कम्पनीको आम्दानीमा ४७ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले जगेडा कोषमा रू. ४ करोड ९८ लाख सञ्चित गरेको छ भने बीमा कोषमा रू. ५ करोड ७३ लाख जम्मा गरेको छ ।

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको बीमाुशल्क ७९ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. ३५ करोड २६ लाख बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. १९ करोड ६२ लाख बीमशुल्क आर्जन गरेको थियो ।

गत आवको चौथो त्रैमासम्ममा कम्पनीले ८०७ जनालाई रू. ६ करोड ५६ लाख दाबी भुक्तानी गरेको छ भने ४०६ जनालाई रू. ७ करोड ७० लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । हाल कम्पनीले १८ ओटा शाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज

काठमाडौं । जीओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको छ । १५०० सीसी ड्रयागन सिरिज इन्जिन जडित फोर्ड इकोस्पोर्टमा १२२ पीएस पावर छ ।

एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी भएको दाबी जीओ फोर्डले गरेको छ । ग्राहकलाई यसको इन्जिनको शक्ति अनुभव गराउन र यो शक्तिलाई प्रमाणित गर्न फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको हो ।

योजनामा सहभागी हुन ग्राहकले न्यूनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गराउनुपर्नेछ । त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीका लागि रोज्न सक्नेछन् । इकोस्पोर्टले यसै सेगमेन्टका अन्य प्रतियोगीलाई हराएन भने ग्राहकलाई बुकिङ रकमभन्दा दोब्बर रकम फिर्ता दिइने कम्पनीले बताएको छ ।


Your Views
Related News