काठमाडौं । अधिकांश व्यक्तिका लागि कोभिड-१९ को संक्रमण सामान्य लक्षण देखिन्छन् र केही दिनको उपचारपछि निको हुन्छ । तर, केही व्यक्तिहरु लामो समयदेखि कोभिड-१९ सँग लडिरहेका छन् । त्यस्ता व्यक्तिहरुलाई थकान लाग्‍ने, लगातार शरीर दुख्‍ने र महिनौंसम्म श्‍वासप्रश्‍वासमा समस्या हुने हुन्छ ।

यस्तो अवस्थालाई ‘लङ कोभिड’ भनिन्छ । यस्तो किसिमको अवस्था लामो समयसम्म रह्‍यो भने यसले मानिसको जीवनमा नकारात्मक असर पुर्‍याउँछ र छोटो दूरीमा हिँड्दा पनि धेरै थकाइ लाग्‍ने हुन्छ ।

हालसम्म, महामारीको समयमा जीवन बचाउनमा ध्यान केन्द्रित गरिएको छ । तर यसबाट मानिसहरुले दीर्घकालीन परिणामहरु भोगिरहेकोप्रति पनि ध्यान दिन आवश्यक छ । यद्यपि आधारभूत प्रश्‍नहरु उठेका छन् कि किन केही मानिसहरु ‘लङ कोभिड’ का सिकार भइरहेका छन् । के यस्ता व्यक्तिहरु पूर्णरुपमा निको हुन्छसक्छन् ?

के हो लङ कोभिड ? 
लङ कोभिडको कुनै चिकित्सकीय परिभाषा र लक्षणहरुको सूची छैन । दुई लङ कोभिडका बिरामीहरुको पनि छुट्टाछुट्टै अनुभव छ । त्यसकारण लङ कोभिड यस्तै प्रकृतिको हुन्छ भनेर परिभाषित गर्न सकिएको छैन ।

यद्यपि, अधिकांश बिरामीलाई चाँडो थकान महसुस हुने भइरहेको छ । अन्य लक्षणमा श्‍वासप्रश्‍वासमा लामो समय समस्या हुने, खोकी लागिरहने, जोर्नीहरु दुख्‍ने, मांशपेशी दुख्‍ने, कान सुन्‍ने र आँखा देख्‍न समस्या हुने, टाउको दुखिरहने, स्वाद र गन्ध थाहा नहुने र अन्त्यमा मुटु, फोक्सो र किड्‌नीमा समस्या देखिने हुन्छ ।

त्यसैगरी केहीलाई मानसिक समस्या जस्तै डिप्रेसन, एङ्‌जाइटी र राम्ररी सोच्‍न सक्ने क्षमता ह्रास हुँदै जाने हुन्छ ।  यसले समग्र मानिसको जीवनशैली बर्बाद गरिदिने हुन्छ । एक संक्रमित जाडे ग्रेस क्रिस्टीले भनिन्, “मलाई पहिलेभन्दा निकै धेरै थकान महसुस हुन थालेको छ ।”

लङ कोभिड केवल आईसीयूमा राखेर उपचार गर्दैनमा निको हुने होइन । तुलनात्मक रूपमा हल्का संक्रमण भएकाहरूलाई पनि स्थायी र गम्भीर स्वास्थ्य समस्याहरु देखिन्छन् । “हामीले पक्कै पनि लामो समयसम्म कोभिड अस्तित्वमा रहेको पाएका छौं,” एक्सेटर युनिभर्सिटीका प्राध्यापक डेभिड स्ट्रेनले भने । उनी आफ्नो क्लिनिकमा ‘क्रोनिक थकान’ महसुस हुने लामो समयसम्म कोभिड संक्रमण रहेका बिरामीहरूलाई हेरिरहेका छन् ।

रोमको एक अस्पतालमा गरिएको अध्ययनमा सहभागी १४३ जना अध्ययनअनुसार उनीहरुले संक्रमणमुक्त भएको भनेर घर पठाइएपछि पनि लगातार बिरामीहरुलाई हेरिरहेका छन् ।  उक्त अध्ययनअनुसार करिब ८७ प्रतिशतलाई कम्तीमा लङ कोभिडको एक लक्षण कम्तिमा दुई महिनाभन्दा बढी समयदेखि रहेको पाइएको छ । आधाभन्दा बढीलाई भने अझै पनि थकान महसुस हुने भइरहेको छ ।

त्यसैगरी कोभिड सिम्पटम ट्र्याकर एपमार्फत करिब ४० लाख मानिसमा गरिएको सर्वेक्षणअनुसार करिब १२ प्रतिशतलाई ३० भन्दा बढी समयदेखि लक्षण रहेको पाइएको छ । करिब २ प्रतिशत व्यक्तिहरुलाई ९० दिनभन्दा लामो समयपछि पनि लङ कोभिड रहेको पाइएको छ ।

READ MORE NEWS

विकासमा बदलिएका प्राथमिकता

जाजरकोट । शुरुका वर्षमा सडकलाई प्राथमिकता दिएका स्थानीय सरकारले पछिल्लो समय आफ्ना प्राथमिकता बदलेका छन् । स्थानीयवासीलाई रोजगारीदेखि स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता राखेर पछिल्ला वर्षमा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको देखिएको छ । पशु, कृषि, स्वास्थ्य, खानेपानी, रोजगारी तथा सिँचाइलाई मुख्य प्राथमिकता राखेर काम गरेको समेत पाइएको छ । स्थापनाको वर्षमा ‘ट्रयाकओपन’ भएका स्थानीय सडक अहिले स्तरोन्नतिका लागि समेत काम भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

सुरक्षित सुत्केरी, गर्भवतीलाई पोषण तथा शिक्षा क्षेत्रको सुधारका लागि पूर्वाधारका कार्यक्रमसमेत प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । छोरी सुरक्षा जीवनभरिको कार्यक्रमलाई मुख्य प्राथमिकता दिएर काम गरेको पाइएको छ । जिल्ला समन्वय समिति जाजरकोटले गरेको समीक्षा गोष्ठीमा स्थानीय सरकारले प्रस्तुत गरेका विवरणमा यस्ता कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार जनशक्तिलाई रोजगारी दिएकोसमेत स्थानीय सरकारले जानकारी दिएका छन् ।

कृषिलाई प्राथमिकता दिएको नलगाड नगरपालिकाले ३५ टन लसुन उत्पादन गरी काठमाडौंमा लगेर बिक्री भएको नगरप्रमुख टेकबहादुर रावलले बताए । आर्थिक वर्ष २०७६र७७ मा ४५५ गर्भवतीको घरमा झण्डा गाडेर कुखुरा वितरणदेखि अन्य आधारभूत सामग्रीसमेत उपलब्ध गराएको नगरप्रमुख रावलले बताए । त्यस्तै ४०७ जना संस्थागत सुत्केरी भएका नलगाड नगरपालिकामा २९ प्रतिशत अघिल्लो आर्थिक वर्षमा गर्भ जाँच गराएकामा यस आवमा ६२ प्रतिशत बढेको तथ्याङ्कमा उल्लेख छ ।

आव २०७६र७७ मा १९ किलोमिटर सडक निर्माण तथा ४८ किलोमिटर मर्मत तथा स्तरोन्नति भएको उल्लेख छ । त्यस्तै ६४ किलोमिटर घोडेटो बाटो निर्माण गरिएको नगरपालिकाले जनाएको छ । दुईवटा स्वास्थ्य संस्थाका भवन निर्माण गरिनुका साथै सात निर्माणाधीन अवस्थामा रहेको बताएको छ । चार सामुदायिक विद्यालय भवन निर्माण सम्पन्न भएको र सात निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

छवटा सामुदायिक विद्यालयमा पक्की शौचालय निर्माण, ५ः६० किलोमिटर विद्युत्लाइन विस्तार भएको नगरपालिकाको दाबी छ । ५९७ घरधुरीमा सौर्यऊर्जा वितरण गरिएको छ । २८० घरधुरीलाई धुवाँरहित चुलो वितरण गरिएको जनाएको छ । पाँच मन्दिर, पाँच काठेपुल, दुई खोप भवन निर्माण, सात विद्यालय भवन मर्मत, नौ विद्यालयमा घेराबार, १४६ कृषक समूह गठन भएका छन् । वडा नं १, २ र ४ मा मौरीपालन, वडा नं ३ मा सुन्तला तथा अलैँची पकेट, वडा नं ९, १० र ११ मा लसुन पकेट क्षेत्र, वडा नं ७ र ८ मा धानको पकेट क्षेत्रकारूपमा विकास गरिएको छ । त्यस्तै वडा नं ५ मकैको पकेट, वडा ३ र ६ लाई आलु, वडा नं ५ कागती, वडा नं १३ फलफूल, वडा नं २, ४, ५, ७ र ८ लाई तरकारी पकेट क्षेत्र घोषणा गरी कृषकले आम्दानी लिएको नलगाड नगरपालिकाले जनाएको छ । नलगाडमै चार हजार दाँतेओखरका बिरुवा लगाएको छ । स्वास्थ्य क्षेत्रमा समेत ८० प्रतिशतभन्दा माथि प्रगति भएको नगरपालिकाले जनाएको छ ।

आव २०७६र७७ मा भेरी नगरपालिकाले १८ खानेपानीका योजना निर्माण सम्पन्न गरेको जनाएको छ । ३३ वटा आन्तरिक सडक निर्माण, नौ सिँचाइ योजना, २७ वटा भवन र एक पूल निर्माण गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । ३१ किलोमिटर सडकको ‘ट्रयाकओपन’, १८ किलोमिटर कच्ची सडक मर्मत, सात स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।

जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना, सात वडामा आधारभूत स्वास्थ्य संस्था सञ्चालन, कुदु र पुन्मामा ल्याब सेवा सञ्चालनमा ल्याइएको छ । ३८ शिक्षकका दरबन्दी स्वीकृत गरिएको छ । भेरी नपा–१ कालेगाउँमा गहुँको बीउ उत्पादन गरी बीउमा आत्मनिर्भरता ल्याइएको छ । वडा नं ७ को रुपाकोटमा मकैको बीउ उत्पादन गरी बीउ आयातमा न्यूनीकरण गरिएको छ । वडा नं ६ मा आलुको मूल बीउ उत्पादन र वडा नं २ को तिलिङ्गेमा सिमीको बीउ उत्पादन गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै शिवालय गाउँपालिकाले कृषि क्षेत्रका साथै सबै वडामा सडक निर्माण गरेका जनाएको छ । सवै वडा कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको बताएको छ । गाउँपालिकाभरि शुद्ध पिउनेपानी उपलब्ध गराउनका लागि ८० प्रतिशत काम भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार जनशक्तिलाई रोजगारी दिएको समेत बताएको छ ।

कुशे, छेडागाड, बारेकोट जुनिचाँदे गाउँपालिकाले समेत अन्य स्थानीय तहजस्तै विकास निर्माणका काममा प्राथमिकता दिएको पाइएको छ । जुनिचाँदेले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरी सुत्केरीको जीवन सुरक्षालाई ध्यान दिएको छ । बारेकोट गाउँपालिकाले शतप्रतिशत सुत्केरी सेवा दिएको बताएको छ ।

सङ्घीय र प्रदेशका कार्यालयले सडक निर्माण, विद्यालय भवन निर्माण गरेको प्रगति विवरण सार्वजानिक गरेका छन् । कृषि विकास कार्यालयले स्थानीय उत्पादनलाई जोड दिएको छ । डिभिजन वन कार्यालयले स्थानीय जडीबुटी, वन संरक्षण तथा पर्यटकीयस्थलको संरक्षणमा जोड दिएर काम गरेको जनाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लाको विकास निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । सडक, टेलिफोन, सिँचाइ र खोपानीका काम अब अर्को चुनावमा प्राथमिकताका योजनामा नपर्ने समेत मन्त्री बस्नेतले बताए । समयअनुसार मानिसका प्राथमिकता बदलिँदै जाने उनको दाबी छ ।


Your Views
Related News