काठमाडौं  : प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो’ श्रोतामाझ आएको छ।

इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत रहेको भिडियो यादव पुडासैनीले निर्देशन गरेका हुन्। नारायण रिजालको कोरियोग्राफी रहेको भिडियोमा दिलीप रायमाझी, इन्दु दनुवार र बालकलाकार आस्तिक रिजालले अभिनय गरेका छन्। सुरेश बज्राचार्यको छायाँकन रहेको भिडियोमा अनीलकुमार महर्जनको सम्पादन छ। गीतले राष्ट्रियताका विषयमा युव जाग्नु पर्ने सन्देश दिएको छ।

‘हामी सबै मिलेर राष्ट्रिय जागरण गीतको भिडियो श्रोता, दर्शकमाझ ल्याएका छौं’, संगीतकार सुरजले भने।

 


Your Views
Related News