काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै विश्वमा हजारौँ मानिसको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले आशा गरेको अक्सफोर्ड विश्वविद्यालयको कोरोनाविरुद्धको भ्याक्सीन कहिले सम्म आउँछ भन्ने कुरा सबैको लागि कौतुहलताको विषय बनेको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डिसेम्बरको क्रिसमससम्मका कोरोना भाइरसको भ्याक्सीन पाइने बताइएको छ । यो जानकारी द टाइम्सको रिपोर्टमा दिइएको हो ।अक्सफोर्डले एस्ट्रजेनेकासँग मिलेर यो भ्याक्सीन बनाइरहेको हो । यसको ट्रायल अन्तिम चरणमा रहेको छ ।

READ MORE NEWS

आकस्मिक र प्रसूति बाहेक सम्पूर्ण सेवा बन्द

सिन्धुली, २१ असोज । सिन्धुली अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो ।

सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना सङ्क्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचार बाहेकका अरु सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जिल्लामा कोरोना भाइरस सङ्क्रमित बढ्दै गएको र यसबाट अस्पतालका कर्मचारी पनि सङ्क्रमित भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्म आजदेखि अस्पतालको आकस्मिक र प्रसूतिबाहेक सम्पूणर् सेवा बन्द गरिएको बताए ।

उनले भने, ‘कोभिड-१९ को जाँच तथा स्वाब सङ्कलनमा खटिएका कर्मचारीमा कोभिड पोजेटिभ देखाएको छ । यस अवस्थामा पनि सेवा प्रवाह गर्दा कोरोना सङ्क्रमण फैलनसक्ने भएकाले केही दिन ओपिडी सेवा बन्द गराएका हाैं ।’

हालसम्म सिन्धुली अस्पतालमा कार्यरत नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सात निको भइसकेको र दुई जना आइसोलेसनमै रहेको पोखरेलले जानकारी दिनुभयो । मङ्गलबार जिल्लामा सबैभन्दा बढी नौ महिला र १८ पुरुष गरी २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

जिल्लामा हालसम्म १०४ पुरुष र २९ महिला गरी १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । १९ महिला र ३३ पुरुष गरी ५२ आइसोलेसनमा छन् । ७७ जना कोरोना निको भएर घर फर्किएका छन् । अब ४२ जनाको पिसीआरको रिर्पोट आउन बाँकी छ । जिल्लामा केही दिनयता लगातार कोरोना भाइरस सङ्क्रमितको संख्या उकालो लागिरहेको छ ।

यस्तै बन्दाबन्दी शुरु भएदेखि हालसम्म विदेशबाट एक हजार ४८४ जना जिल्लामा आएका छन् । भारतबाट १०० महिला र ६६३ पुरुष गरी ७६३ जना सिन्धुलीमा आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए । अन्य मुलुकबाट १५३ महिला र ६३२ पुरुष गरी ६८५ जना जिल्लामा आएको जानकारी दिए ।

विदेशबाट आएकालाई कमलामाई नगरपालिका-६ शिवनगरमा रहेको क्वारेन्टिनमा राखिने र उनीहरुको पिसीआर जाँच गरेपश्चात नेगेटिभ रिर्पोट आएकालाई १४ दिन होमक्वारेन्टिनमा बस्ने शर्तसहित घर पठाउने गरिएको जानकारी दिए ।

यस्तै जिल्लाका विभिन्न पालिका तथा जनप्रतिनिधिको सम्पर्कमा विदेशबाट आएका व्यक्तिलाई पनि सम्बन्धित पालिकाले पनि क्वारेन्टिनमा राख्ने गरेको उनले जानकारी दिए ।

यता कोरोना सङ्क्रमण बढेपछि मालपोत कार्यालय सिन्धुली बन्द भएको छ । कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अनिश्चितरूपमा कार्यालय बन्द गरिएको छ । कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म कार्यालय बन्द रहने जनाएकोे छ । जिल्लामा रहेका वित्तीय संस्थामा सिद्धार्थ बैंक, एनसीसी बैंक, मेगा बैंक पनि बन्द भएका छन् ।

एक्सप्रेस वाईफाईको सेवा दिन फेसबुकसँग वर्ल्डलिङ्क कम्युनिकेशन्सको सहकार्य

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गरेको छ । कम्पनीले यसको आधिकारिक जानकारी पत्रकार सम्मेलन मार्फत आगामी बिहीबार दिदैछ ।

फेसबुकले उपलब्ध गराउँदै आएको एक्सप्रेस वाईफाई नेपालका सार्वजनिक स्थानमा पनि उपलब्ध गराउन वर्ल्डलिंकले सहकार्य गरेको हो ।

हाल वर्ल्डलिंकले देशभर १० हजार सार्वजनिक स्थानमा वाइफाई हटस्पटहरु सञ्चालन गरिरहेको छ । वर्ल्डलिंकका सबै हटस्पटमा फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग गर्न दिने गरी सहकार्य भइरहेको छ ।

यस सफ्टवेयरको कारण नेपालमा सञ्चालनमा रहेको निःशुल्क वाईफाई हटस्पटमा इन्टरनेटको गुणस्तर बढाउन मद्धत पुग्ने कम्पनीले विश्वास गरेको छ ।

चाडपर्व लक्षित विशेष ट्राफिक सुरक्षा योजना, लामो दूरीमा दुईजना चालक अनिवार्य

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही दिनभित्रै दशैँ, तिहार, छठ सुरक्षा योजना ल्याउने तयारी गरेको छ ।

ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर विशेष सुरक्षा योजना ल्याउन लागिएको महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिनुभयो । चाडपर्वको समयमा काठमाण्डाै बाहिर जाने यात्रुलाई भिडभाड हुन नदिने, टिकट किनबेचमा ठगी हुन नदिने, दुर्व्यवहार रोक्ने लगायत उदेश्यसहित ट्राफिक प्रहरी महाशाखाले गृहकार्य गरिरहेको प्रमुख ढकालले बताउनुभयो ।

यस्तै ट्राफिक प्रहरीले लामो दूरीको गाडीमा दुई जना चालक राखिएको छ कि छैन भनेर अनुगमन गर्ने भएको छ । नागढुंगामा राखिएको एप्समार्फत चालक परिवर्तन गरिएको छ कि छैन भनेर हेरिने महाशाखाले जनाएको छ । गएको वर्षदेखि अहिलेसम्म दुईजना चालक नराख्ने पाँचसय गाडीलाई कारबाही गरिएको छ ।

यस्तै महाशाखाले काठमाण्डाैमा विभिन्न १४ ठाउँमा हेल्प डेस्क राख्ने भएको छ । यसैबीच, पछिल्लो हप्ता काठमाण्डाैबाट बाहिरिनेको संख्या बढेको छ । केही दिनअघि दैनिक १ हजारको संख्यामा बढिरहेको यात्रुको संख्या हिजो एकैदिन ६ हजारभन्दा धेरै बढेको छ । महाशाखाका अनुसार जोर बिजोरको कार्यन्वयन नगर्ने गाडीहरु दैनिक १५ सयको हाराहारीमा कारबाहीमा परिरहेका छन् ।

यस्तै भिडभाड गर्ने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने गाडीहरु हरेक दिन ७ देखि १५ सयको हाराहारीमा कारबाहीमा परिरहेका छन् । महाशाखाले बढि भाडा लिनेलाई पनि कारबाही गरिरहेको छ । हिजो मात्रै बढि भाडा लिने ५ जनालाई पक्राउ गरि कारबाही पक्रिया अघि बढाइएको महाशाखाका प्रमुख ढकालले उज्यालोलाई बताउनुभयो ।

महाशाखाले कसैलाई केही समस्या भए १०३ मा फोन गर्न सबैमा आग्रहसमेत गरेको छ ।


Your Views
Related News