दमौलीः व्यास ४ वागभञ्ज्याङमा खेल्दै गरेका ६ वर्षीय दिप्सन श्रेष्ठ मंगलबार दिउँसोबाट बेपत्ता भए । प्रत्यक्षदर्शीले एक महिलाले लिएर गएको भने पछि परिवार आत्तियो । साँझसम्म केही खबर नपाएपछि अपहरणको आशंकामा परिवारले खोजीका लागि प्रहरीमा मौखिक उजुरी पनि दियो ।

दिउँसो ३ बजे बेपत्ता बालकलाई प्रहरीले १७ घण्टापछि बुधबार महिलासँगै भेटाएको छ । घटनालगत्तै अपहरणकै आशंकामा खोजी थालेको प्रहरी रातभरमा महिलाको पहिचान गर्दै बुधबार बिहानै उनको माइती पुग्यो ।

तर त्यहाँ पुग्दा उनी र बालक दुवै थिएनन् । कास्कीको पोखरा उपमहानगरपालिका बहुमारास्थित माइतीमा पुगेकी २० वर्षीया सबिता परियारलाई त्यसको केही घण्टाभित्रै प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि चेकजाँचका क्रममा पक्रेको हो । ‘घटनालगत्तै हामीले खोजी अभियान तीव्र पारेका थियौं,’प्रहरी उपरीक्षक अरुण पौडेलले भने, ‘अहिले पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’

प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाका अनुसार लैजाने व्यक्ति र ठाउँको पहिचान भइसकेपछि प्रहरी टोली पक्राउ गर्न गएका बेला उनी त्यहाँबाट हिँडिसकेको सूचना पाएपछि प्रहरीले राजमार्गमा चेकजाँच बढाएको थियो । ‘बहुमाराबाट हिंडिसकेको पाएपछि राजमार्गका ठाउँठाउँमा चेकजाँच गर्दा दमौलीमा पक्रेका हौं,’ उनले भने ।

परिवारले छोटो समयमै प्रहरीले तदारुकता देखाएको भन्दै प्रशंसा गरेको छ । ‘मौखिक जाहेरीका भरमा छोटो समयमा प्रहरीले सफलता पाएको छ, ‘उनले भने, ‘हामी निकै खुशी छौं ।’

चिनजानकै थिइन् महिला

पक्राउ परेकी महिलाले आफ्नो छोरासँग भेटाउन बालकलाई लगेको भने पनि उनको व्यवहारले घटना अपहरणजस्तै देखिएको भन्दै परिवारले अपहरण उद्योगमा जाहेरी दिने तयारी गरेको छ ।अधिवक्तासमेत रहेका श्रेष्ठले भने, ‘प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

अपहरण नै भएकाले जाहेरी दर्ता गर्दैछौं ।’ घरमा खेलिरहेका दिप्सनलाई चिज बल्स दिएर परियारले आफैसँग लगेकी थिइन् । यसअघि पनि आइरहने भएपनि परिवारलाई थाहै नदिइकन लगेकाले बालकका आफन्तले अपहरण भएको आशंका गर्दै खोजि गरिदिन प्रहरीमा मौखिक निवेदन दिएका थिए ।

READ MORE NEWS

उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपील

सुशान्तले ५ वर्षमा कमाएका थिए ७० करोड, ५५ करोड रियाका लागि गरे खर्च !

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतका आत्महत्या प्रकराण अहिलेसम्म पनि सेलाएको छैन , दिनप्रतिदिन नयाँ नयाँ खुलासा भईरहेका छन् ।

एम्सको फरेन्सीक टीमले उनको हत्या नभई आत्महत्या भएको बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तका बैंक खातामा पछिल्लो ५ वर्षमा ७० करोडको लेनदेन भएको बताइएको छ ।

जसमा ५५ करोड भारतीय रुपैयाँ भने रियासँग जोडिएर आएको बताइएको छ ।धेरैजसो पैसा स्पा र गिफ्टको लागि खर्च गरिएको पाइएको हो ।

रोकिएका सबै परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

काठमाडौं । सरकारले रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्ने अनुमति दिएको छ।

सामेबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

गत चैतमा लकडाउन भएपछि रोकिएका सबै परीक्षाहरु सञ्चालनका लागि सरकारले अनुमति दिएको हो।

जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी सबै शैक्षिक संस्थालाई परीक्षा सञ्चालनको सैद्धान्तिक सहमति दिइएको मन्त्री ज्ञवालीले जानकारी दिए।

‘जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी आयोग बोर्ड, प्रतिष्ठान, विश्वविद्यालय, शैक्षिक संस्थालाई सबै तहको परीक्षा सञ्चालनमा सैद्धान्तिक सहमति दिने निर्णय भएको छ’, ज्ञवालीले भने।

यस्तै मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष छान्नका लागि सिफारिस समिति गठन गरेको छ।

सरकारका सबै तहबाट सञ्चालन भएका व्यवसायी तालिम सञ्चालनका लागिसमेत स्वीकृति दिएको छ।

‘तीनै तहका सरकारबाट सञ्चालनमा भएका व्यावसायिक तालिम सञ्चालन गर्न दिने निर्णय भएको छ। जसमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर २५ जनाभन्दा कम हुनुपर्छ’ उनले भने।

मन्त्रिपरिषद बैठकले विभिन्न देशका महावाणिज्यदूत हटाउने र पदावधि थपघट गर्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।


Your Views
Related News