काठमाडौं। अहिले मौसम परिवर्तनको समय हो। हरेक वर्ष यो बेला रुघाखोकी लाग्नेगरेकै थियो। तर यसपटक कोरोना संक्रमण फैलिएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ।

हुन पनि हाे, सामान्य रुघाखाेकी लागेकाे हाे कि काेराेना, कसरी छुट्याउने?

यस विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको भनाइ यस्तो छ :

मौसमी रुघाखोकीका लक्षण

-नाकबाट पानी आउने

-नाक बन्द हुने

-हाच्छिउँ आउने

-शरीर दुख्ने

-हल्का ज्वरो आउने

-टाउको दुख्ने

-शरीर दुख्ने

-सामान्य उपचार तथा आरामले फाइदा गर्ने

-छोटो समयमा निको हुने

-अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने

कोरोना संक्रमणका लक्षण

-उच्च ज्वरो आउने

-सुक्खा खाेकी लाग्ने

-एकदम थकाइ लाग्ने

-सास फेर्न गाह्रो हुने

-स्वाद वा र गन्ध थाहा नहुने

-घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने

-खाना नरुच्ने

-निको हुन १० दिन लाग्न सक्ने

-अक्सिजन र आईसीयूको उपचार आवश्यक पर्न सक्ने

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरूलाई प्रयोग गर्न नदिने, तापक्रम, अक्सिजन हेरिरहने, आवश्यक परे पीसीआर टेस्ट गर्ने, चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने।

READ MORE NEWS

रुघा खोकी लाग्दैमा कोरोना भनेर नडराउनुस्, यसरी घरमै अपनाउनुहोस् सरल विधि निको हुन्छ

काठमाडौं। अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, टन्सील, ज्वरोबाट ग्रस्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दुख पाइन्छ भने अन्य समस्याहरु पनि थप हुँदै जान बिधी। घाँटी खसखस हुने, नाक बन्द हुने, नाक चिलाउने, खोकी लाग्ने, रुघाबाट ग्र स्त हुने, टाउको दुख्ने र नाक बाट पानी वा सिंगान बगिरहने लगायतका समस्याहरु यस्तो बेलामा देखा पर्नु सामान्य नै हो।

यी समस्याहरु देख्ने बित्तिकै उपचार गरेन भने सि’किस्त बिमारी भएर बेडमै थला परेर बस्नु पर्ने हुन्छ । बढ्दो चिसोको कारण हुने यी समस्याहरुबाट छुटकारा पाउन समयमै औ’षधी उपचार गर्यौं भने यी समस्या त्यति जटिल या भ या न क भने होइन । सुरुमै रुघाखोकीको लक्षण देख्ने बित्तिकै यसको हेरचाह र घरायसी औ’षधिमा लाग्नु उत्तम हुन्छ । यसका लागि हामी केही घरायसी उपाय यहाँ प्रस्तुत गर्दै छौं।

मेथिदाना : मेथी दाना पनि अनेक गुण भएका एक घरेलु औ’षधी हो। यसले रुघा, खोकी, चिसो, घाँटी दुख्ने जस्ता समस्याहरुलाई छिट्टै निको पार्छ। मेथी दानाको सेवनले शरीरमा चाँडो गर्मी हन्छ, जसको कारण यस्ता समस्याहरुबाट तुरुन्तै राहत मिल्छ । यसको लागि एक गिलास पानीमा एक सानो चम्चा मेथी दाना राखेर ५(१० मिनेटका लागि उमाल्ने। उमालीसकेपछी मन तातो बनाएर दिनमा २ पटक यो मेथी पानी सेवन गर्नुहोस्।

मरिच : मरीचमा एन्टीब्याक्टेरियल प्रोपर्टीज् पाइन्छ। जसले चिसो, रुघाखोकीको इ न्फे क्श नलाई एकदम तीब्र रुपमा निर्मुल पार्छ। यसको लागि एक चम्चा महमा एक चिम्टी मरिचको पाउडर मिसाएर दिनमा २र३ पटक सेवन गर्नुहोस्।

अंगुरको जुस : सुख्खा खोकी, घाँटी दुख्ने या रुघाखोकीबाट छुटकारा पाउन बिहान बेलुका अंगुरको जुस पिउनुहोस्। यो हाम्रो स्वास्थ्यको लागि पनि एकदम लाभदायी हुनुका साथै रुघाखोकीलाई पनि तुरुन्तै निर्मुल पार्छ।

अदुवा : घाँटी दुख्ने वा खोकी जस्ता समस्याहरुका लागि अदुवा एकदम लाभदायी चिज हो। यी समस्याबाट छुटकारा पाउनको लागि अदुवालाई ग्रेट गर्ने। त्यसपछी एक गिलास पानीमा एक चम्चा ग्रेट गरेको अदुवा राखेर उमाल्ने । यसरी उमालीसकेपछी मन तातो बनाएर पिउनुहोस्। दिनमा २ पटक यसरी उमालेको अदुवा पानी सेवन गर्नुहोस्।

बेसार : आयुर्वेदमा बेसारलाई शरीरको शुद्धिकरणको लागि पुर्खौं देखि प्रयोग गरिंदै आएको एक अचुक औ’षधी हो। बेसारले जस्तो सुकै ज्वरो वा जिउ दुख्ने रोगलाई निको पार्छ। रुघाखोकीबाट तुरुन्तै राहत पाउन बिहान बेलुका एक गिलास तातो पानीमा एक या आधा चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस्। अथवा एक गिलास तातो दुधमा एक चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस्।

किसमिस: किसमिसले चिसो मौसममा शरीरलाई तातो बनाईराख्न मद्धत गर्दछ। रुघाखोकी वा चिसो बाट बच्न किसमिसको सेवन गर्दा तुरुन्त लाभ मिल्छ। यसको लागि एक गिलास पानीमा एक मुट्ठी किसमिस र एक चम्चा अदुवाको पाउडर राखेर उमाल्ने। उमालीसकेपछी यसलाई मन तातो बनाएर पिउने। दिनमा दुई पटक जति यो पानी सेवन गर्नुहोस्।

एनआईसी एशिया बैंकले ग्राहकको खाताबाट पैसा आफैले निकाल्यो

काठमाडौं। एनआईसी एशिया बैंकमा राखिएको पैसा बैंक खाताबाटै ग्राहकलाई थाहै नदिएर सुटुक्क बैंक आफैले निकालेको छ। बैंक खाताबाट रकम हराएपछि खोजि गर्दै जाँदा रकम बैंक आफैले निकालेको भेटिएको हो । रकम झिकिएको सूचना पाएपछि खातावाल सो को खोजि गर्दै बैंक पुगेका हुन् । आफैले पैसा झिकेपछि पैसा किन झिकियो भन्ने कारण माग गर्दा बैंकले कारण दिन सकेको छैन।

बैंकको खातामा राखिएको रकम एकाएक गायब भएपछि खोजि गर्दै जाँदा बैंक आफैले रकम झिकेको पत्ता लागेको पीडित ग्राहकले बताएका छन् । एनआईसी एशिया बैंकको लहान सिराहामा एक संस्थाको नाममा रहेको करिव ३ लाख रुपैयाँ एनआईसी एशिया बैंकले खातावालालाई थाहै नदिई रकम निकालेको हो।

बैंकबाट स्टेटमेन्ट ल्याउँदा रकम हराएको पाइएपछि रकमको खोजि भएको थियो । रकम खोज्ने क्रममा उक्त रकम बैंक आफैले निकालेको भेटिएको खतावालले जनाएका छन् । उक्त स्टेटमेन्ट अनुसार ग्राहकको खाताबाट बैंकले दुइपटक गरी रकम निकालेको छ । खातावालाले रकम खोजि गर्ने क्रममा खाताबाट रकम गायब भएपछि बैंकसँग स्टेटमेन्ट माग गर्दा पटकपटक गरी रकम निकालेको स्टेटमेन्टमा देखिएको छ।


Your Views
Related News