काठमाडौं । कोरोना भाइरस र ‘भिटामिन डी’ बीच छत्तीसको आँकडा छ । ‘भिटामिन डी’ पर्याप्त भएको मानिसको शरीरमा कोरोनाले धेरै समय बस्ने मौका नपाउन सक्छ । तर त्यही कोरोनाको संक्रमणको डरका कारणले ‘भिटामिन डी’ को कमीका बिरामी बढेको पाइएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विश्वका धेरैजसो मानिसहरु घरभित्रै रहने गरेका कारण भिटामिन डी को कमीका बिरामी भएका हुन् । घर बाहिर निस्कन मानिसलाई कम भएका कारणले गर्दा पनि यो रोग बढ्नेहरु बढी भएको विभिन्न सोध गरिरहेका संस्थाहरुको दावी छ ।

बाहिर घाममा समेत ननिस्कँदा भिटामिन डी को कमी भएको हो । बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार महामारीका क्रममा मानिसले हरेक दिन कम्तीमा १० माइक्रोग्राम भिटामिन लिनु जरुरी छ ।

त्यस्तै अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्स एम्सको रुमेटोलोजी डिपार्टमेन्टमा कार्यरत डा उमा कुमारका अनुसार भिटामिन डी शरीरलाई प्रतिरोधात्मक क्षमता बढाउन सबैभन्दा अहम् मानिन्छ ।

यसले हड्डीलाई मजबुद बनाउँछ । त्यसो भन्दैमा यसलाई आफैले प्रयोग भने गर्न हुँदैन । चिकित्सकको सल्लाह बिना लिनु खतरनाक मानिन्छ ।

डा कुमारका अनुसार शरीरमा भिटामिन डीको मात्रा ज्यादा हुँदा भने क्याल्सियमको लेभल बढेर कार्डियाक डेथको खतरा हुन्छ । यसैले यस्तो सप्लिमेन्ट आफैले लिन नहुने उनको सुझाव छ ।

शरीरमा भिटामिन डीको पर्याप्त उपलब्धताबाट सामान्य रुघाखोकीसहित विभिन्न फ्लुबाट बचाउन सकिन्छ ।

भिटामिन डी किन जरुरी छ ? 
–मजबूद दाँत र मांसपेशीका लागि ।
–यसको कमीले हड्डीहरु कमजोर हुने गर्छन् ।
–यसको कमीले बच्चालाई रिकेट्स नामक बिमारी हुन्छ ।
–यसको कमीले बयस्कलाई अस्टिमलेशा नामका बिमारी हुन्छ ।
–यसको कमीले इम्युनिटी क्षमता कमजोर हुन्छ ।

भिटामिन डी का स्रोतहरु
–घामको किरण ।
–माछा तथा अन्डा
–अनार
दूध र दही ।

विज्ञहरुले कोरोना र भिटामिन डीबीच कुनै सम्बन्ध नरहेको समेत स्पष्ट पारेका छन् ।

READ MORE NEWS

अदालत पुग्यो ‘भैंसी’ विवाद

न्यायिक समितिले भैंसी एक पक्षको भएको निर्णय गरेपछि अर्को पक्षले उक्त निर्णय बदर गर्न माग गर्दै अदालतमा रिट दायर गरेको हो ।

पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिकामा भैंसी धनीको विवाद प्रहरी, न्यायिक समिति हुँदै अदालत पुगेको छ । न्यायिक समितिले भैंसी एक पक्षको भएको निर्णय गरेपछि अर्को पक्षले उक्त निर्णय बदर गर्न माग गर्दै बुधबार जिल्ला अदालतमा रिट दायर गरेको हो ।

अन्नपूर्ण–१० घान्द्रुकका रामबहादुर परियारले गत वर्षको जेठमा आफ्ना १–१ वर्षका दुईवटा पाडा मोक्यु लेकको गोठमा पुर्‍याएका थिए । दाजु सुकबहादुरले व्यावसायिक गाईभैंसीपालन गरेकाले उनकै गोठमा रामबहादुरले पाडा छोडेका थिए । लेकमा चर्दाचर्दैका दुवै पाडा फागुनमा हराए । रामबहादुरले लेकतिरको भेग धेरै खोजे, फेला परेनन् ।

असारको २७–२८ मा उनले अन्नपूर्ण–८ दाङसिङको लेक थमडाँडामा दुई नयाँ पाडा देखापरेको खबर पाए । बर्खा भएकाले उतिबेलै जान सकेनन् । साउन ६ मा उनी छोरालाई साथ लिएर थमडाँडा पुग्दा थमडाँडा सामूहिक अर्ग्यानिक कृषि तथा पशुपन्छी फार्ममा दुई पाडा भेटिए । उनले आफ्नो भन्दै गोठालासँग दाम्लो मागेर भैंसी लिएर घर फर्के ।

९–१० दिनपछि फर्मका सञ्चालक रामप्रसाद ढुंगाना र दिनेश गुरुङलगायत रामबहादुरको घरमा पुगे ।

भैंसी आफ्नो भएकाले फिर्ता दिन भने । माघ १० मा दुई भैंसी लामखेतका सविन तिवारीसँग ५३ हजार रुपैयाँमा किनेको उनीहरूको दाबी थियो । रामबहादुरले बेंसी र लेकको भैंसीको रौं नै फरक हुने तर्क गरे । भैंसीको गुनबैगुन सोधे । उनीहरूले केही बताउन सकेनन् । घान्द्रुक चौकीका प्रहरी र स्थानीय भद्रभलादमीसहित दुई पक्षबीच छलफल भयो । भैंसी कसको भन्ने टुंगो लागेन ।

फर्म सञ्चालक ढुंगानासहितको टोली गाउँपालिकाकै वीरेठाँटी चौकीमा पुगे । प्रहरीले पोखराको बगर चौकी जान भन्यो । बगर चौकीका प्रहरीमा कोरोना देखिएकाले छलफल हुन सकेन । विवाद गाउँमै मिलाउन भन्दै फर्काइदियो । फर्म सञ्चालकले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए । अब यो विवाद रामबहादुर र अर्का फर्म सञ्चालकको मात्रै भएन, बरु घान्द्रुक र दाङसिङबीच भयो । एकअर्कालाई चोरदोष लगाएकाले इज्जतको सवाल भएको दुवै गाउँलेले सम्झिए ।

गाउँपालिका उपप्रमुख सगुन गुरुङले तीनपल्टसम्म दुवै पक्षलाई राखेर छलफल चलाइन् । दुवै पक्षले आआफ्नो तर्क पेस गरे । न्यायिक समितिकी संयोजक उनी असोज १४ मा घान्द्रुकमै पुगिन् । रामबहादुर घरमा थिएनन् । गोठमा पुगेर भैंसी हेरेपछि उनले ती दुई पाडा दाङसिङेको भएको निर्णय गरिन् । फर्म सञ्चालकलाई गोठबाट भैंसी फुकाउन भनिन् । स्थानीयले फुकाउन दिएनन् । दुई पक्षबीच झडपको स्थिति आयो । ‘रामबहादुरले भैंसी हान्ने, मार्ने, चम्क्याहा खालको छ भन्थे, थमडाँडाकाले आफ्नो भैंसी गुनी छ भन्थे,’ उनले भनिन्, ‘हामी त्यत्रो मान्छे त्यहाँ पुग्दा पनि भैंसी थपक्क बस्यो । त्यसैले मैले भैंसी थमडाँडाकै हो भन्ने ढुक्क भएर निर्णय गरें ।’

रामबहादुरको भैंसी फागुनमा हराएको तर थमडाँडाको फर्म सञ्चालकले माघ १० मै भैंसी किनेकाले उनीहरूकै भएको निष्कर्षमा पुगेको तर्क उनले गरिन् । न्यायिक समितिले प्रहरीलाई निर्णय कार्यान्वयन गराउन पत्र लेख्यो । फर्म सञ्चालक प्रहरी लिएर असोज १५ मा घान्द्रुक गएका थिए । स्थानीयले विरोध गर्ने चाल पाएपछि प्रहरीको टोली बाटैबाट फर्कियो ।

दाङसिङका गाउँवासी नै मिलेर नक्कली भैंसी बिक्रेता खडा गरेको रामबहादुरको आरोप छ । आफूले फागुनमा भैंसी हराएको बताएपछि माघमा किनेको बनाएर नक्कली बिक्रेता देखाएको आरोप उनले लगाए । न्यायिक समितिको निर्णयविरुद्ध रामबहादुरले बुधबार जिल्ला अदालतमा रिट दायर गरेका छन् । न्यायिक समितिको निर्णय कानुनविपरीत भएकाले खारेज गर्नुपर्ने उनको माग छ । ‘कतै चौपाया हराएको छ र त्यहीं चौपाया भेटिएको छ भने न्यायिक समितिले हेर्न मिल्छ,’ उनले भने, ‘मेरो व्यक्तिगत गोठमा भएको भैंसी अर्कोलाई फुकाएर लैजा भन्ने अधिकार समितिलाई छैन ।’

निर्णय कार्यान्वयन गराउन आफूमाथि उल्टै प्रहरी लगाएर पक्राउ गर्ने धम्की आएपछि न्यायिक समितिको निर्णयविरुद्ध जिल्ला अदालतमा पुनरावेदन गरेको उनको भनाइ छ । ‘म घरमै नभएको मौकामा गएर समितिले निर्णय गरेछ,’ उनले भने, ‘निर्णयको प्रतिलिपि माग्दा पनि पाइनँ ।’

READ MORE NEWS

अमरगढी नगरपालिका कार्यालय शिल


Your Views
Related News