काठमाडौं । हिजोआज सामान्य घाँटी दुख्दा पनि कोरोनाको आशंका गर्न थालिएको छ । खाँदा र पिउँदा दुख्नेगरेको घाँटीमा अन्य समस्यामा पनि हुनसक्छ ।

घाटीको भाग सुन्निने र पानी समेत पिउन नसक्ने गरी हाम्रो घाटी दुख्दा धरैले यसलाई टन्सिलको रुपमा लिने गर्छन् ।

कोरोनाको लक्ष्यणमा घाँटी दुख्नने स्वासप्रस्वासमा समस्या हुन्छ । तर घाँटी दुख्नु अन्य कारणले पनि भएको हुन्छ ।

मानिसहरुले चिसो वा टन्सिल होला भनेर यसलाई खासै ध्यान दिँदैनन् । कोरोना नै भयो भनेर अनुमान गर्नु गलत हुन्छ ।

लामो समयसम्म गला दुख्यो भने थाइराइडको समस्या पनि हुनसक्छ । थाइराइडको ग्रन्थी हाम्रो घाँटीमा हुन्छ ।

यसले शरीरलाई आवश्यक पर्ने हार्मोन उत्पादन गर्छ । तर अनावश्य रुपमा थाइराइड बढ्न थालेमा क्यान्सर समेत हुनसक्छ ।

थाइराइड क्यान्सरको लक्षण

-घाटी सुन्निन्छ । पानी, खाना खान र थूक निल्न गाह्रो हुन्छ ।
-गलामा गाठा आएको महशुस हुन्छ ।
-विरामी परेजस्तो कमजोर महशुस हुन्छ ।
-काम गर्दा बढि थकान महशुस हुन्छ ।
-महिलाहरुमा रजस्वला छिटो छिटो सुरु हुन्छ ।
-रजस्वलाको समायमा अत्याधिक पिडा हुन्छ ।
-शरीरको मांसपेशी तथा जोर्नीहरुमा पिडा महशुस हुन्छ ।

थाइराइड क्यान्सरले लिन्छ ज्यान

थाइराइडको समस्या धेरैजस्तो ३० वर्ष उमेर कटेमा मानिसहरुमा बढि हुन्छ ।

चिकित्सकको अनुसार थाइराइड क्यान्सर पुरुषमा भन्दा महिलामा तीन गुण बढि हुन्छ ।

रेडियसन थेरापी गर्ने व्यक्तिहरु थाइराइड क्यान्सरको जोखिममा हुन्छ ।

विकिरणहरुको कारण थाइराइड हुने सम्भावना धेरै हुने भएकाले कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सल्लाह लिएर मात्रै रेडियसन थेरापी गर्नुपर्छ ।

त्यसैले थाइराइडबाट जोगिन कुनै समस्या भएमा रेडियसन थेरापी गर्नुहुँदैन ।

थाइराइड वंगाणुगत समस्या भएकाले आफ्नो परिवारमा कसैलाई थाइराइडको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि थाइराइड क्यान्सर हुनसक्छ । त्यसलैले थाइराइड क्यान्सर हुनबाट बच्न समय समयमा थाइराइडको परीक्षण गर्नुपर्छ ।

थाइराइडको लक्षण भएका व्यक्तिहरुमा अल्ट्रासाउण्ड गरेर क्यान्सर भएको छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । थाइराइड क्यान्सर भएमा तत्काल अप्रेशन गरी थाइराइड ग्रन्थि काटेर फाल्नुपर्छ ।

READ MORE NEWS

भोजपुर बोखिमका घरघरमा विद्युत्

भोजपुर बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकामको जनिकै भएपनि बत्तिमुनी अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय बर्षौदेखि टुकीबत्तीको साहारामा बस्दै आएका थिए । तर वडा कार्यालयको सकृयतामा घरघरमा बिजुली आएपछि स्थानीय दंग छन् ।

स्थानीयबासी नगेन्द्र कुमार राईले भने,‘यो सदरमुकाम नजिकैको ठाउँ हो, तर पनि हामीले विगत लामो समयदेखि बिजुली बाल्न पाएका थिएनौँ, स्थानीय सरकार सञ्चालनमा आएपछि बिजुली बाल्न पाएका छौँ अहिले दैनिक कामकाज गर्न सहज भएको छ ।’

विद्युत विस्तार भएपछि स्थानीयले कुटानी पिसानी लगायतका सामग्री समेत सञ्चालनमा ल्याएका छन् भने विद्यार्थीलाई समेत सहजता थपिएको छ । विद्युतको अभावमा मोबाइल चार्ज गर्न समेत समस्यामा पर्दै आएका यहाँका स्थानीय अहिले विभिन्न विद्युतिय उपकारण जोडेर आफ्ना कामहरु गरिरहेका छन् ।

अर्का स्थानीय निच्छाकुमार राईले भने,‘ विद्युतले जिवनलाई सहजता थप्दो रहेछ, लामो समयदेखि हामीले धेरै दुःख भोग्दै आएका थियौँ, हामीलाई मोबाइल चार्ज गर्न समेत समस्या थियो, अहिले विद्युतिय मिल जडान गरेका छौ, रेडियो, टिभीको माध्यमबाट देश विदेशका सूचना थाहा पाउन सहज भएको छ, वडा कार्यालयको पहलमा भएको कामले हामी धेरै खुसी छौ ।’

बोखिममा स्थानीय तह कार्यान्वयन अगाडि साबिका नौ ओटा वडा मध्ये ५ ओटा वडामा मात्र विद्युत विस्तार भएको वडा कार्यालयले जनाएको छ । तर अहिले सबै ठाउँमा विद्युत विस्तार भएको छ । निर्वाचित भएर आएपछि प्राथमिकता निर्धारण गरेर काम गरेकोले थोरै बजेटमा पनि नतिजामुखी काम भएको वडा कार्यालयले जनाएको छ ।

भौगोलिक रुपमा ठुलो क्षेत्र रहेकाले धेरै चुनौतीको सामना गर्दै विद्युत विस्तार गर्न सफल भएको वडाध्यक्ष जसबहादुर राईले जानकारी दिए । केहि समयपछि उज्यालो वडा घोषणा गर्ने समेत लक्ष्य रहेको उनले बताए ।

वडाध्यक्ष राईले भने‘ हाम्रो क्षेत्र उत्तरमा सुन्तले डाँडादेखि पिखुवाखोला सम्म छोएको ठुलो भू–भाग छ, विगतमा साविकका ५ ओटा वडामा मात्र विद्युत थियो, तर त्यहाँका पनि सबै घरमा पुग्न सकेको थिएन, हामीले वडामा आएको थोरै बजेटलाई पनि उचितढंगले सञ्चालन गरेर सबै ठाउँमा विद्युत पु¥याउन सफल भएका छौँ, यहाँका कोहि पनि जनता अहिले विद्युतको पहँुच भन्दा बाहिर छैनन्,अब हामी उज्यालो वडा घोषणाको तयारीमा छौ ।’ हालसम्म भोजपुरका ४९ प्रतिशत जनता विद्युतको पहुँचमा रहेको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रविनबावु घिमिरेले जानकारी दिए ।

वडा कार्यालयले कृषि खानेपानीको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ । आफ्नो क्षेत्रमा एक घर एक प्लाष्टिक टनेल कार्यक्रम सञ्चालन गरेको छ भने, वडा कार्यालयको बजेटमा दुई ओटा खानेपानी आयोजनाको काम सम्पन्न गरेको वडाध्यक्ष राईले जानकारी दिए ।

‘हाम्रो वडामा पिउने पानीको पनि अत्यन्तै समस्या थियो, वडा कार्यालयको लगानीमा रु. २७ लाख ५० हजार र रु. १० लाख लागतमा दुई ओटा खानेपानी आयोजनाको काम सम्पन्न गरेर स्थानीयलाई पानी वितरण गरेका छौँ, यी बाहेक स–साना १० ओटा बढी खानेपानी आयोजनाको काम सम्पन्न भएको छ, अब यहाँको पानीको समस्या पनि अन्त्य भएको छ’ वडाध्यक्ष राईले भने ।

डब्ल्यूएचओले तोकेको अनुसार सुरक्षा छ


Your Views
Related News