कर्णाली। हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख भेटिएको छ। वि.सं. २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहिने शङ्ख भेटाएको हो।तीन दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका-१० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

“मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगायौँ,” प्रहरी नायव उपरीक्षक काफ्लेले भने, “उक्त स्थानमा रातो प्लास्टिकभित्र सेतो प्लास्टिक र सेतो प्लास्टिकभित्र फाइवरको क्वालिटी रङको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटाएका छौँ।” अनुसन्धान प्रक्रियालाई घनिभूत ढङ्‍गले अघि बढाइएको उनले बताए।तीन दिनअघि पक्राउ परेका चन्दननाथ नगरपालिका-१० का स्थानीय सुशील विष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति र शंकास्पद विष्टसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।

यो घटनाबाट चार वर्षअघि चोरी भएका चन्दननाथका मूर्ति चोरीबारे खुल्न थालेको प्रहरीले जनाएको छ। यो चार वर्षको अवधिमा २०७३ पुस १९ देपालगाउँको खोलामा १७ थान, २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका-१ दानसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँदीको एक थान र यही असोज २० गते बोहोरागाउँमा दुई थान मूर्तिहरु बेवारिसे अवस्थमा भेटिएका थिए। २०७३ मङ्सिर ११ गते चन्दननाथ मन्दिरबाट एक दाहिने शङ्खसहित २१ थान मूर्ति चोरी भएका थिए।

READ MORE NEWS

दशैंका लागि अग्रिम टिकेट बुकिङ खुलाउन सम्भव छ?

छलफल गर्दै यातायात व्यवसायी

काठमाडौं । यातायात व्यवसायीले दशैंका लागि गाउँ फर्किने यात्रुका लागि अग्रिम टिकेट बुकिङ खुला गर्ने विषयमा छलफल गर्ने भएको छ । त्यसका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबार दिउँसो मुलुकभरका यातायात व्यवसायी समितिलाई छलफलमा बोलाएको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले बिहीबार दिउँसो मुलुकभरका समितिका प्रतिनिधिहरुसि अग्रिम टिकेट बुकिङ खुला गर्ने वा नगर्ने  विषयमा छलफल गरिने हाम्राकुरालाई बताए । ‘अहिलेको अवस्थामा अग्रिम टिकेट बुकिङ आवश्यक छ कि छैन? यात्रु पाइएका छन् कि छैनन्? समितिको अवस्था कस्तो छ? लगायतका विषयमा बुझ्न दिउँसो छलफल बोलाएका छौं’ कर्माचार्यले भने, ‘अहिले आवतजावत एकदमै न्युन रहेकाले हाम्रा गाडीहरु लसमा  चलिरहेका छन् । अग्रिम टिकेट खुलाउने वा नखुलाउने भन्ने विषय समिक्षाको विषय हो ।’

सरकारले दशैं मनाउन गाउँ नफर्किन आग्रह गरिसकेकाले अग्रिम टिकेट बुकिङ खोल्नुको अर्थ नभएको अध्यक्ष कर्माचार्यले  बताए । धेरै यात्रुहरु यसअघि नै गाउँ फर्किसकेका कारण दशैं तिहारमा गाउँ फर्किने यात्रुको सँख्या न्युन रहेको भन्दै अग्रिम टिकेट खोल्नुको अर्थ नरहेको कर्माचार्यको भनाई छ । ‘अग्रिम बुकिङ खोल्न पनि जटिल छ’ उनले भने, ‘अग्रिम बुकिङ गरेर फ्याट्ट बन्द गरिदियो भने यात्रुहरुले जान पाएछन् कि पाउँदैनन् भन्ने हुन्छ । त्यो भन्दा त आज पाएको टिकेटमा भोली नै जान पाइरहेको छन् । यो नै उपयुक्त छ ।’

अग्रिम टिकेट खुला गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले पनि यातायात व्यवसाीलाई छलफलमा बोलाएको छ । शुक्रबारका लागि व्यवसायीलाई छलफलमा बोलाइएको र छलफलबाट आवश्यक निर्णय गर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

पछिल्लो समय नेपालमा बढिरहेको कोरोना भाइरस संक्रमणको जोखिम अत्यधिक रहेकाले दशैं तिहारमा गाउँ नफर्किन सरकारले आग्रह गरिसकेको छ । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा अत्यधिक संक्रमण फैलिरहेकाले गाउँ फर्केर गाउँमा झन जोखिम नबढाउन सरकारले आग्रह गरिसकेको छ । बुधबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गाउँ नफर्किन आग्रह गरेका थिए । गाउँमा हुन सक्ने अत्यधिक संक्रमणलाई मध्येनजर गर्दै यस वर्षको ‘आशिर्वाद बचाऔं’ नारा समेत सरकारले बनाएको ज्ञवालीले बताएका थिए ।

यात्रु नभएका कारण यातायात व्यवसायीले डिजेल खर्च समेत उठाउन नसकिरहेका यातायात व्यवसायीले दावी गर्दै अाएका छन् ।

 

मैलुङ–स्याफ्रुबेसी सडक संचालनमा

बर्षायामभर अबरुद्ध रहेको चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढि जोड्ने छोटो दुरीको मैलुङ स्याफ्रुबेसी सडक संचालनमा आएको छ ।

अविरल बर्षाका कारण मैलुङदेखि स्याफ्रुबेशीसम्मको बिभिन्न स्थानमा दैनिक जसो गएको पहिरोका कारण बन्द रहेको नाका जोड्ने छोटो दुरीको सडक बुधबारबाट संचालनमा आएको हो ।

सडक संचालनका लागि गरिएको एक महिला लामो प्रयासपछि मैलुङदेखि स्याफ्रुबेशीसम्मको १९ किलोमिटर सडक संचालनमा ल्याउन सफल भएको आएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

‘मनसुन कम भएसँगै भदौ १५ गतेदेखि सडक संचालनको काम सुरु गरेका थियौ, दैनिक तिन वटा स्काभेटर र एउटा टिपर मार्फत सडक सुचारु गराउन काम भएको थियो’ उनले भने, ‘केहि ठाउँमा सडक पुरै तलसम्म भासिएकाले संचालन गर्न कठिन भयो, तै पनि कुनै पनि प्रवाह नगरी हामीले हाम्रो उपकरण प्रयोग गरि संचालनमा ल्यायौ,  अब जुनसुकै सवारी संचालन गर्न पनि यो बाटो योग्य छ, ।’

गएको असार मसान्तदेखि यो सडक अबरुद्ध भएको थियो । सडकमा यात्रा गर्न जोखिम भएको र बैकल्पिक सडक पनि भएका कारण उक्त सडक तत्काल सञ्चालन ल्याइएको थिए ।

तीन महिनादेखि अबरुद्ध रहेको सडक संचालनमा आएसँगै अहिले साना तथा ठुला सवारी यो सडक हुदै आवतजावत गरिरहेका छन् ।

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेशी सडक खण्ड नेपालि सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ ।

नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो हुने छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

पासाङल्हामु राजमार्ग अन्तरगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती छैन् । काठमाण्डौदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्र १७ कि.मी. दूरी रहेको छ ।

काठमाण्डौबाट बेत्रावती धुन्चे रसुवागढीको दूरी १४५ किलोमिटर रहेको छ भने काठमाण्डौबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १ सय २२ किलोमिटर मात्र हुने छ ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्नपर्दैन् ।

यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हँुदै बेत्रावती पुग्ने सडक भन्दा स्याफ्रुबाट मैलुङ हुदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने हुदाँ कन्टेनर चालकहरु यो सडकतर्फ आकर्षित हुदै गएका थिए ।


Your Views
Related News