ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमित बिरामीको रहस्यमय निधन भएको छ । बुधबार बिहान बिरामीको रहस्यमय निधन भएपछि आफन्तले अस्पतालमा घेराउ गरेका छन् । उनीहरुले घटना रहस्यमयी भन्दै छानविनको माग गरेका छन् । गत शनिवार कोरोना पुष्टि भएपनि नुवाकोट तादी गाउँपालिकाका शेरबहादुर लामालाई ललितपुरको किष्ट मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतामा राम्रो उपचार नपाएको भन्दै गुनासो गरेका शेरवहादुरको निधन भएको हो । उनले आफन्तलाई फोन गरेर आफुलाई अस्पतालमा राम्रो उपचार नगरेको भन्दै सुनाएका थिए । बुवाले त्यसो भनेपछि शेरवहादुरको छोरी तारा मोक्तानले अस्पतालमा फोन गरेर राम्रो उपचार गर्न आग्रह पनि गरेको बताएकी छन् । स्वास्थ्यमा समस्या भएर विरामीले बोलाउँदा पनि चिकिस्सक हेर्न समेत नगएको बुवाले बताएको छोरीको भनाई छ।

आफन्तले शेरवहादुरको शरीर र सिसिटिभी फुटेज हेर्दा आइसियुमा लानुअघि नै निधन भएको देखिएको दावी गरेका छन् । शेरवहादुरको छोरी मोक्तानले गएरातीसम्म परिवारको सम्पर्कमा रहेर कुरा गरिरहेको मान्छे आज बिहान निधन हुनु् रहस्यमय भएको बताउँदै अस्पतालबिरुद्ध कारवाहीका लागि उजुरी दिने बताइन्।

 


Your Views
Related News