काठमाडौ। यूएईमा जारी १३ औँ सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत कोलकाता नाइट राइडर्स आफ्नो तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा कोलकक्ताले चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गरेको छ ।

 

 

शेख ज्यायद स्टेडियममा कोलकक्ताले चेन्नईलाई जितका लागि दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्‍नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर मात्र १५७ रन बनाएको थियो ।

 

 

 

चेन्‍नइका लागि शेन वाट्सनले अर्धशतकीय पारी खेले ४० बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ५० रनको योगदान गरे । त्यस्तै अम्बिती रायडुले ३० रन बनाउँदा रवेन्द्र जडेजा २१ तथा शेम करन र फफ डू प्लेसिसले समान १७ रन बनाए ।

 

 

बलिङतर्फ कोलकक्ताका लागि शिभम् माभी, भरुन चक्रवर्ति, कमलेस नगरकोटी, सुनिल नारायण र आन्द्र रसेलले समान एक–एक विकेट लिए ।

 

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६७ रन बनाएको थियो । कोलकाताका लागि राहुल त्रिपाठिले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ८१ रनको योगदान गरे । त्यस्तै प्याट कमिन्सले र सुनिल नारायनले समान १७ रनको योगदान गर्न सफल भए ।

 

 

बलिङतर्फ चेन्नईका लागि डुवाइन ब्राभोले सर्वाधिक चार विकेट लिए । त्यसतै शादुर्ल ठाकुर, श्याम करन र करन शर्माले समान दुई–दुई विकेट लिए ।

 

 

आजको खेलमा जित निकालेसँगै कोलकाताले पाँच खेलबाट ६ अंक जोडेको छ । कोलकाता तालिकाको तेस्रो स्थानमा उक्लेको छ । यता ६ खेल खेलेको चेन्नई ४ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ ।

READ MORE NEWS

आइपीएलमा राजस्थान रोयल्समाथी मुम्बई इन्डियन्सको चमत्कारीक जित

काठमाडौ । सुर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि ५७ रनको जित हात पारेको छ। जितसँगै मुम्बई इन्डियन प्रिमियर लिग९आइपीएल०को शीर्षमा उक्लिएको छ।

 

 

यादवले ४७ बलमा ११ चौका र २ छक्कासहित ७९ रनको पारी खेलेपछि मुम्बईले निर्धारित २० ओभरमा १९३ रन बनाएको थियो। त्यसमा कप्तान रोहित शर्माले २३ बलमा ३५ र हार्दिक पाण्ड्याले १९ बलमा ३० रन जोड्दै साथ दिएका थिए।

 

 

 

 

 

जवाफी ब्याटिङ राजस्थानले १८।१ ओभरमा सबै विकेट गुमाएर १३६ रनमात्रै जोड्नसक्यो। उसका जस बटलरले ४४ बलमा ४ चौका र ५ छक्कासहित ७० रन जोडेपनि अन्य खेलाडीले साथ नदिदा राजस्थानले हार ब्यहोर्नुपर्यो।

 

 

 

बटलरबाहेक जेफ्रा आर्चरले २४ र टम कुर्रानले १५ रन जोड्नुभएको थियो। योसँगै ६ खेलमा मुम्बईले ४ खेलमा जित र २ खेलमा हारसँगै ८ अंक जोडेर अंक तालिकाको शीर्षमा स्थान बनाएको छ। एक खेल कम खेलेको राजस्थानले भने २ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ। चार अंक जोडेको राजस्थान भने सातौं स्थानमा छ।

READ MORE NEWS

आईपीएलमा दिल्ली शीर्ष स्थानमा

    काठमाडौ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ। यूएईमा सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको हो। खेलमा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायको थियो ।

     

     

     

    बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे। दिल्लीका कागिसो राबडाले ४ विकेट लिए। एन्रीच नोर्ट्जे र अक्षर पटेलले २र२ विकेट लिए।

     

     

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो। दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले।

     

     

     

    शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ। तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो। बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ।

     

     


    Your Views
    Related News