मकवानपुरका एक व्यक्ति अस्पतालमा उपचार गरेको पैसा तिर्न नसक्दा आइसियूमै बन्दक बनेका छन् । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा उपचार गराएका मकवानपुर भीमफेदी गाउँपालिका–९ का ३४ वर्षीय राजु थिङ ब’न्धक बनेका हुन्।

पैसा नतिरेको भन्दै बिरामी सामान्य अवस्थामा फर्किँदासमेत अस्पतालले आइसियूबाट साधारण बेडमा सारेको छैन । राजुकी श्रीमती संगीता थिङका अनुसार अस्पताल र फार्मेसीलाई गरी तीन लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । उनीहरुले अढाई लाख रुपैयाँ खर्च गरिसकेका छन्।

राजु हेटौँडास्थित लोकप्रिय होटेलमा कुक थिए । उनकी श्रीमती सोही होटेलमा भाँडा माझ्थिन् । कोभिड–१९ का कारण बजारसँगै होटेल बन्द भए । दोस्रोपटक लकडाउनको म्याद थपिएपछि उनीहरू १२ वर्षकी छोरीसहित घर फर्किए । कमाइ नभएपछि उनीहरूले कोठा भाडा पनि तिर्न सक्ने अवस्था रहेन।

घर पुगेपछि खोलामा माछा मार्न जाँदा राजु लडे । त्यतिवेला सामान्य औ’षधि उपचारपछि ठीकै देखिएका राजु भदौ अन्तिममा अचानक बे’होस भए । त्यसपछि परिवारले उनलाई हेटौँडाकै विभिन्न अस्पताल पुर्‍यायो । स्वास्थ्य अवस्था ज’टिल बन्दै गएपछि चितवन मेडिकल कलेज ल्याइयो । सिएमसीमा उपचार सुरु भएको १० दिनपछि उनको होस खुल्यो । संगीताका अनुसार उनलाई निमोनिया भएको रहेछ।

सुरुको केही दिन परिवारबाट सापटी मागेर उपचार खर्च जुट्यो । तर, सापटी पनि नपाउने अवस्था भएपछि उनीहरू बेखर्ची बने । राजुकी श्रीमती संगीता लेखपढ गर्न जान्दिनन् । सोहीकारण आइसियूमा राख्दा दैनिक सात हजार रुपैयाँ खर्च हुने गरेको उनले पछि मात्र थाहा पाइन्।

श्रीमान्को अवस्था सामान्य भएपछि उनले साधारण बेडमा सारिदिन अस्पताललाई अनुरोध गरिन् । तर, अस्पताल प्रशासनले पैसा तिरेपछि मात्र साधारण बेडमा सारिदिने बतायो । राजुको परिवारले अस्पतालबाट छुट पाउने आसमा स्थानीय तहको सिफारिस पनि ल्यायो । तर, क्षयरोग, क्या’न्सर र कोभिड–१९ को उपचारका लागि मात्र स्थानीय तहको सिफारिसबाट छुट पाइने अस्पतालले बतायो । अहिले संगीतासँग साँझबिहान खाना खाने पैसा पनि छैन । भोकभोकै श्रीमान्लाई कुरेर बसेकी छिन्।

READ MORE NEWS

‘स्वास्थ्य संकटकाल’ लगाऔं

अकर्मण्य सरकार र अटेर नागरिकका कारण दशैंअघि नै कोभिड–१९ महामारीले विस्फोटको रूप लिने देखिन्छ। त्यसैले तत्काल स्वास्थ्य संकटकाल लगाइहाल्नु विवेकी निर्णय हुनेछ।  

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वर्ष ११ चैतमा बन्दाबन्दी शुरू गर्दा देशमा ‘ट्राभल हिस्ट्री’ रहेका दुई जना मात्र कोरोनाभाइरस संक्रमित फेला परेका थिए। तर, संक्रमण आधिकारिक रूपमा पुष्टि भएको ठीक आधा वर्षपछि अर्थात् अहिले कोरोनाभाइरस रक्तबीज झैं फैलिएर संक्रमितको संख्या एक लाख नजिक पुगिसकेको छ भने यसबाट मृत्युवरण गर्नेको संख्या पनि ६०० को निकट छ।

संख्यात्मक दृष्टिले यो आँकडा कोभिड–१९ को उद्गमस्थल चीनको वुहान भन्दा बढी हो। तर, मृत्युको हिसाब गर्ने हो भने चीनले लगभग पाँच हजार नागरिक गुमाउँदा नेपालको संख्या त्यसको दश प्रतिशत मात्र देखिन्छ। विश्वभर कोभिड संक्रमितको मृत्युदर तीन प्रतिशत भन्दा माथि देखिएकोमा नेपालमा यो प्रतिशत ०.६ प्रतिशत रहनु उत्साहजनक हो।

तर, जिम्मेवार सरकार र सुलभ अनि स्तरीय स्वास्थ्य सेवा रहेका कारण मृत्युदरमा कमी आएको भने होइन। हिजो विदेशबाट आउने (ट्राभल हिस्ट्री भएका) लाई मात्र संक्रमण देखिएकोमा आज संक्रमण समुदायस्तरमै फैलिइसकेको छ। कोभिड–१९ हाम्रो पकडबाट बाहिर निस्किसकेको छ।

स्वास्थ्य सजगता, असल व्यवहार र चिकित्सकीय सेवा मार्फत संक्रमण र मृत्युदर रोक्न सकिन्छ। दुर्भाग्यवश, यस दिशातर्फ हामी अग्रसर हुनसकेका छैनौं। अहिले फैलँदो संक्रमणका दुई मुख्य ‘भेरिएबल्स’ (प्रभाव तत्व) अटेर नागरिक र अकर्मण्य सरकार हुन्।

अटेर नागरिक र अकर्मण्य सरकार

संक्रमणको संख्या लाख निकट पुग्दा समेत बहुसंख्यक नागरिकका निम्ति कोभिड–१९ कुनै रोग, कुनै महामारी नै होइन जस्तो देखिएको छ। नाके डाँडीमा मास्क झुण्ड्याएका भरमा नागरिक शहर बजार र भीडभाडमा बेफिक्री र बेपर्वाह घुमिरहेका देखिन्छन्। सबैका निम्ति मास्क यस्तो तान्त्रिक बुटी झैं देखिएको छ, जसले एउटा पुरानो विज्ञापन ‘कण्डम लगाऊ, एड्स भगाऊ’ को सम्झना दिलाइरहेको छ।

नाके डाँडीमा मास्क झुण्ड्याएका भरमा नागरिक शहर बजार र भीडभाडमा बेफिक्री र बेपर्वाह घुमिरहेका देखिन्छन्। सबैका निम्ति मास्क यस्तो तान्त्रिक बुटी झैं देखिएको छ, जसले एउटा पुरानो विज्ञापन ‘कण्डम लगाऊ, एड्स भगाऊ’ को सम्झना दिलाइरहेको छ।
विश्वभर कोभिड–१९ संक्रमितको संख्या तीन करोड हाराहारी पुगिसकेको छ। यसै साता मात्र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोनाभाइरस संक्रमित हुनसक्ने बताएको छ। यो तथ्य मनन गर्ने हो भने जो–कोही पनि संक्रमित हुन वा त्यसको जोखिममा देखिन्छन्।

नेपालकै कुरा गर्ने हो भने, प्रतिदिन १० हजारको हाराहारीमा पीसीआर परीक्षणबाट दुई हजार आसपासमा संक्रमित देखिएको छ। यो संख्या भनेको प्रत्येक दश परीक्षणमध्ये दुई संक्रमित रहनु हो। सरकारी परीक्षण केन्द्रको परीक्षण सुलभ नहुनु र निजी क्षेत्र सबैका पहुँचमा नहुँदा नागरिकको ठूलो हिस्सा शंकाको बावजूद पनि हिंडडुल गरिरहेको छ। परीक्षणबाट समेत ठूलो संख्याका संक्रमितमा कुनै लक्षण नदेखिनुले जो–कोही स्वस्थ देखिने व्यक्ति कोरोनाभाइरसको वाहक हुनसक्छ।

सरकारको अकर्मण्यताको कुरा गरिसाध्य छैन। राजनीतिक र प्रशासनिक उच्च नेतृत्वकर्ता बीच तालमेलको साटो खटपटी, अदूरदर्शिता र गैरजिम्मेवारीका कारण स्वास्थ्य सेवाको अवस्था कहालिलाग्दो छ। संक्रमितको संख्या ह्वात्तै बढ्दा गम्भीर बिरामीलाई आवश्यक पर्ने आईसीयू र भेन्टिलेटर अभावका कारण धेरै संक्रमितले उपचार अभावमा मृत्युवरण गर्नुपर्ने अवस्थामा पुगेका छन्।

काठमाडौंकै कुरा गरौं। देशको राजधानी काठमाडौं अहिले कोरोनाभाइरसको राजधानी समेत बनिसकेको छ। वितेका ६ महीना बीच देशकै सबैभन्दा आवादीयुक्त काठमाडौं उपत्यकामा जुन रफ्तारमा संक्रमण बढेको छ, त्यो अत्यासलाग्दो छ। तर, राजधानी भइकन पनि यहाँ उपलब्ध स्वास्थ्य सेवाको स्तर कहालिलाग्दो छ।

अहिले मुलुकमा देखिने संक्रमणको दुई–तिहाइ हिस्सा काठमाडौं (उपत्यका) ले ओगट्दा स्वास्थ्य सेवाको उपलब्धता जनसंख्या र संक्रमण अनुरूप छैन। पछिल्ला ६ महीनामा विश्वका मात्र नभएर आफ्नै मुलुकभित्रका असल अभ्यास हामीले सिक्न सकेनौं। उदाहरणका लागि, पर्सा जिल्लाले काठमाडौं झैं कोभिड र नन–कोभिड अस्पतालबीच मिसमास गरेन। तिनबाट निजी अस्पताललाई कोभिड ‘डेडिकेटेड’ बनाएर संक्रमित बिरामीलाई विशेष स्वास्थ्योपचार गर्‍यो। कोभिड बाहेकका बिरामी उपचारबाट विमुख हुन परेन। यसभन्दा पनि महत्वपूर्ण चाहिं, कोभिडसँग नन्–कोभिड नमिसाइँदा अस्पतालबाटै संक्रमण फैलिन पाएन।

यस विपरीत काठमाडौंले भने, शुरूमा निजी अस्पताललाई कोभिड–१९ उपचार निम्ति वर्जित गर्‍यो। तर, जसै सरकारी अस्पतालले धान्न नसक्ने हुन थाल्यो, निजी अस्पतालले पनि २० प्रतिशत शय्या कोभिडका लागि छुट्याइनुपर्ने उर्दी जारी गर्‍यो। र, सबैभन्दा ठूलो गल्ती चाहिं कोभिडसँगै नन्–कोभिडको भीड राखेर संक्रमणका फैलने अवसरसँगै नन्–कोभिड बिरामीलाई पनि स्वास्थ्योपचारबाट वञ्चित गरिदियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १२ असाेजमा प्रतिकेजी ६० रुपैयाँमा प्याज विक्री गर्दा उपस्थित भीड । पर्सा जिल्लाले काठमाडौं झैं कोभिड र नन–कोभिड अस्पतालबीच मिसमास गरेन। तिनबाट निजी अस्पताललाई कोभिड ‘डेडिकेटेड’ बनाएर संक्रमित बिरामीलाई विशेष स्वास्थ्योपचार गर्‍यो। कोभिड बाहेकका बिरामी उपचारबाट विमुख हुन परेन। यसभन्दा पनि महत्वपूर्ण चाहिं, कोभिडसँग नन्–कोभिड नमिसाइँदा अस्पतालबाटै संक्रमण फैलिन पाएन।
अहिले जुन संख्या र रफ्तारमा काठमाडौं उपत्यकामा संक्रमण फैलिरहेको छ, त्यसलाई सम्बोधन गर्न सरकारी र निजी दुवै अस्पतालका मौजूदा संरचना, उपकरण तथा जनशक्ति अपर्याप्त छन्। जनस्वास्थ्यविद्का अनुसार अहिले काठमाडौंमा कम्तीमा पनि एक हजार आईसीयू र त्यसको १० प्रतिशत अर्थात् १०० भेन्टिलेटर अपरिहार्य बनिसकेको छ। यस निम्ति कोभिड ‘डेडिकेटेड’ अस्पतालको संख्या १० वटासम्म पु¥याइनु जरूरी छ।

सबै संक्रमण भेद्य

प्रारम्भतिर कोभिड–१९ लाई आम मानिसको रोगको रूपमा चित्रण गरिंदै खास मानिस संक्रमण भेद्य नहुने जस्तो कथन (न्यारेटिभ) निर्माण गरियो। विश्वका शक्तिशाली शासकले यसलाई सामान्य मौसमी ज्वरोको रूपमा लिंदै सुरक्षाका सामान्य अनुशासन समेत पालन गरेनन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारो ‘मास्क’ लगाउँदा माक्र्सवादी बनिएला जस्तै गरी ‘मास्क’ का कट्टर परहेजकर्ता निस्किए।

‘आइ डोन्ट केयर’ भन्ने ट्रम्प अहिले कोरोना संक्रमित भएका छन्। उता बोल्सेनारो राम्रै पौंठेजोरी खेलेर मात्र कोरोनामुक्त बनेका छन्। यसको सोझो शिक्षा के हो भने, सिक्रेट सर्भिस र सुरक्षा दस्ताले शत्रुबाट त बचाउला तर कोभिडबाट बचाउन नसक्ने रहेछ। संक्रमणको जोखिमबाट कोही पनि मुक्त छैनन्।

ह्वाइट हाउसको भित्री घेरा जस्तै हाम्रो शक्तिकेन्द्र बालुवाटार पनि अहिले कोभिड–१९ को आक्रमणमा परेको छ। प्रधानमन्त्रीका तीन सल्लाहकार, निजी सचिव र चिकित्सक संक्रमित भइसकेका छन्। यसबाट बालुवाटारले संक्रमण नियन्त्रणको उपाय नअपनाएको प्रष्ट हुन्छ। प्रधानमन्त्रीबाट समूहमा भेटघाट र बैठक पछिल्ला दिनहरूमा हामी देख्दै आएका छौं।

अर्को महत्वपूर्ण तथ्य के भने, सामान्यजन भन्दा उच्च ओहोदाका व्यक्तिमा संक्रमणको जोखिम बढी हुन्छ। अंगरक्षकदेखि सुरक्षा दस्ता, वाहन चालकदेखि सेवा सुसारेसँगको परनिर्भरताका कारण उनीहरू धेरै व्यक्तिको सम्पर्कमा रहिरहन्छन्। जुत्ता पालिस गरिदिने, कोठाको तन्ना मिलाइदिने, खाना पस्किनेदेखि गुप्त मन्त्रणा गर्नुपर्ने सल्लाहकार र चाटुकारसम्मको निर्भरताले उनीहरूलाई संक्रमण भेद्य बनाइरहेको हुन्छ।

ह्वाइट हाउसको भित्री घेरा जस्तै हाम्रो शक्तिकेन्द्र बालुवाटार पनि अहिले कोभिड–१९ को आक्रमणमा परेको छ। प्रधानमन्त्रीका तीन सल्लाहकार, निजी सचिव र चिकित्सक संक्रमित भइसकेका छन्। यसबाट बालुवाटारले संक्रमण नियन्त्रणको उपाय नअपनाएको प्रष्ट हुन्छ।
आफ्ना भित्री घेराका आधा दर्जन व्यक्ति संक्रमित हुँदा समेत ‘कन्ट्याक्ट ट्रेसिङ’ मापदण्ड अनुसार हाम्रा प्रधानमन्त्री ‘सेल्फ–आइसोलेसन’ मा नरहेर मन्त्रिपरिषद् र सचिवालयको बैठक बोलाउनुको सन्देश देशवासीमा कस्तो रहला?

आसन्न दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण चाडवाडलाई मध्यनजर गर्दा नागरिकको सानो मात्र लापरबाही र सरकारको सुस्त चालले धेरै ठूलो मूल्य चुकाउनुपर्ने दिन नआउला भन्न सकिन्न। चाडबाड लगत्तैको हिउँदे याम भाइरस निम्ति झनै अनुकूल रहने हुँदा संक्रमण विस्फोटकै रूपमा जान सक्नेछ, यदि अहिले नै तयारी नगर्ने हो भने।

त्यसैले दशैंअघि नै स्वास्थ्य संकटकाल घोषणा गर्दै अस्पताल, उपकरण र जनशक्तिको समुचित व्यवस्था गरिनुपर्दछ। उता, नागरिकले समेत चाडवाडका नाममा भीडभाड र अनावश्यक आवागमन नगरी संक्रमणलाई ब्रेक लगाउनुपर्नेछ। होइन भने, हाम्रो अवस्था कर्णाली राजमार्गमा गुड्दै गरेको ब्रेक नभएको गाडी झैं हुनेछ। सबैलाई चेतना भया !
थप सामग्री : https://www.himalkhabar.com/news/119262


Your Views
Related News