काठमाडौं । नेपालमा थप कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । योसहित बीपी प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्यु भएका कोरोना संक्रमितको संख्या ४२ जना पुगेको छ भने धरानका ११ जना पुगेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा आशिष श्रेष्ठले बताए । सहप्रवक्ता श्रेष्ठका अनुसार स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुषलाई असोज १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । ती पुरुषलाई विगतमा क्षयरोग थियो भने कलेजो र मृगौलाको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ । यसैबीच कोरोना संक्रमण बढ्न थालेपछि आजैदेखि एक सातासम्म धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द भएका छन् ।

READ MORE NEWS

अमेरिकी दूतावासले भन्यो : डिभी भर्दा नगर्नुहोस् यस्ता गल्ती, आवेदन रद्ध हुन्छ [सही तरिकासहित]

  •  बिहिबार २२ असोज, २०७७

काठमाडौं । हरेक वर्ष लाखौं नेपालीहरुले भर्दै आएको अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार बुधबार नेपाली समयअनुसार राती ९:४५ बजे (अक्टोबर ७, २०२० ) बाट आवेदन खुला भएको हो ।

बुधबारबाट खुला भएको डिभी कात्तिक २५ (नोभेम्बर १०, २०२०) मा बन्द हुने छ । दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने पनि जानकारी गराएको छ ।

दूतावासले चिट्ठा भर्नका निम्ति आवश्यक परेअनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन भनेको छ ।

आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र अनलाइनमार्फत आवेदन भर्न सक्ने दुतावासले जानकारी दिएको छ । निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने हुन्छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यस वर्ष प्रयोग गर्न पाइने छैन । अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत पालना गर्नुपर्ने छ ।

डिभी भर्नका लागि फोटो खिच्दा चस्मासमेत लगाउन नपाइने दुतावासले स्पष्ट पारेको छ । दूतावासका अनुसार यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नैपर्छ ।

डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा तपाईंलाई चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ । तर आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिन दूतावासले आग्रह गरेको छ ।

आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्ने छ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेल सूचना पठाइँदैन ।

डिभीका लागि छानिँदैमा कसैले भिसा भिसा पाउने भन्ने हुँदैन । भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्‍यौल गर्छन ।


Your Views
Related News