२२ असोज, काठमाडौं । यस बर्षको दशैंमा प्रहरीले बिदा नपाउने भएका छन् । कोरोना संक्रमणको अवस्था भयावह भएकाले थप सुरक्षा बढाउनुपर्ने भन्दै प्रहरीले आफ्ना अधिकारीलाई बिदा नदिने जनाएको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले यस बर्षको दशैंमा प्रहरीलाई बिदा नदिइने बताए । यसअघि पनि दशैंमा प्रहरीलाई कडाई हुने गरेको थियो । धेरै प्रहरीले दशैंमा बिदा पाउदैनथे । यसपटक झन् कोरोनाले अवस्था भयावह भएपछि प्रहरीले विदा नपाउने भएका हुन् ।

कोरोना भाइरसको जोखिमसमेत बढेको र विगतको तुलनामा सक्रियतासमेत बढाउनुपर्ने भएपछि अत्यावश्यकबाहेक बिदामा रोक लगाइएको छ । नेपाल प्रहरीमा ७९ हजारको दरबन्दी कायम भएपनि १२ हजार बढी दरबन्दी रिक्त छ ।

शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सक्रिय रहने प्रहरीमा सुरक्षा संगठनकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् । प्रहरीमा हालसम्म झण्डै ५ हजार संक्रमित छन् ।

त्यसैले पनि प्रहरीलाई विगतको तुलनामा भार बढेको हो । संक्रमण देखिएका प्रहरी डिस्चार्ज भएपछि थप एक साताको आरामपछि मात्रै काममा फर्किने गरेका छन् । सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामै देखिएको छ ।

READ MORE NEWS

नेपालमै पहिलोपटक व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स ‘एनबीटीसी’ सञ्चालनमा

काठमाडौं । नेपालमै पहिलोपटक सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स “एनबीटीसी” अर्थात नेशनल विजनेश ट्रेड सेन्टर काठमाडौंको कलंकीमा आजबाट संचालनमा आएको छ । ग्राहकले काठमाडौंको विभिन्न स्थानमा सामान किनमेल गर्दा आइपर्ने विभिन्न झमेलाहरुको समाधान गर्ने उद्देश्यले यो कोरोना महामारीको बीचमा पनि कम्प्लेक्स सञ्चालनमा ल्याएको एनबीटीसीले जनाएको छ ।

ग्राहक र व्यवसायीहरुबीच ५ वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्शका आधारमा सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न विजनेश कम्प्लेक्स निर्माण गरिएको हो । यसमा मध्यम वर्गीय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्देश्यका साथ नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको एनबीटीसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए ।

उनका अनुसार काठमाडौंको कलंकी र बल्खुको बीचमा भाटभटेनीको नजिकै रहेको यस विजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सकिने गरी पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामूनि करिव ९ सय वटा पसल सटरहरु रहेका छन् ।

उनले भने, ‘कम्प्लेक्समा गुणस्तरीय सामान सर्वसुलभ मुल्यमा उपलब्ध गराउने उद्देश्यले विजनेश कम्प्लेक्समा महिला र पुरुष दुवैका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, व्याग, कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, अन्डर गार्मेन्ट, टावेल, ब्लयाङकेट, कस्मेटिक्स, गिफ्ट आइटम इत्यादि सामानहरु एउटै छानामूनि सरल र सुलभदरमा खरिद गर्न सकिने छ ।’

नेशनल विजनेश ट्रेड सेन्टर एनबीटीसी मिलाल्याण्ड डेप्लप्मेन्ट प्रालिद्धारा प्रवद्र्धित रहेका छ । यो कम्प्लेक्स करिब २२ रोपनीमा फैलिएको हुँदा पर्याप्त खुला ठाउँहरु रहेका छन । जसले गर्दा पर्याप्त भौतिक दुरी कायम हुनेछ । पर्याप्त खुला ठाउ भएकाले आगलागी, भुकम्प जस्ता दैवी पकोपबाट हुने घटनाको जोखिम पनि कम हुन्छ । र, हालै मात्र महामारीको रुपमा फैलिएको कोभिड १९ को सुरक्षा दुरी अपनाउन सकिने वातावरण रहेको छ ।

नेपालमा होलसेलका लागि यति ठूलो बजार पहिलो पटक खुलेको हो । करिब ५ लाख २३ हजार वर्ग फिट क्षेत्रफलमा निर्मित यस अत्याधुनिक विजनेश कम्प्लेक्समा सीसी क्यामेरासहितको भरपर्दाे सुरक्षा व्यवस्था रहेको छ ।

आधुनिक कन्सेप्टमा निर्मित यस बिजनेश कम्प्लेक्समा बालकदेखि बृद्ध समेतलाई सामान खरिदका क्रममा थकावट महशुस नहोस् भनि ग्राहक स्वास्थ्यलाई समेत ध्यानमा राखी अत्याधुनिक उपकरण तथा सेवासुविधाहरु जडान गरिएका छन् । यस बिजनेश कम्प्लेक्समा सामानको ओसारपसार र मानिसहरुको आवतजावतका लागि छुट्टाछुट्टै स्कालेटर र लिफ्टहरु जडान गरिएका छन् । यस होलसेल विजनेश कम्प्लेक्समा २६ वटा अत्याधुनिक स्कालेटर, ४ वटा सामान ढुवानी गर्ने कार्गाे लिफ्ट र ३ वटा ग्लास लिफ्ट जडान गरीको एनबीटीसीले जनाएको छ ।

थर्ड जेनेरेशनलाई टार्गेट गरी संचालनमा ल्याइएको यस विशेष कम्प्लेक्समा ३ वटा सिनेमा हल, करिब १० हजार स्वायर फिटका फुड कोर्ट, ६८ हजार स्वाक्यर फिटको कर्पाेरेट अफिसलगायतका पूर्वाधारहरु निर्माणका क्रममा रहेको बज्राचार्यले जनाएका छन् ।

देशका ७७ वटै जिल्लालाई सहुलियत गर्ने उद्देश्यले संचालनमा आएको यस होलसेल बिजनेश कम्प्लेक्सले ग्राहक र व्यापारीबीच गहिरो सम्वन्ध स्थापित गर्ने उद्देश्य लिएको छ । सोही बमोजिम यस कम्प्लेक्सले सबै प्रकारका प्रडक्टलाई समेटेर ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याउने तयारी गरिरहेको छ ।

यस्तै यस कम्प्लेक्समा खरिद गरिएको सामानहरु जिल्लाबाहिर लैजानु पर्याे भने पनि त्यसका लागि सर्वसुलभ मूल्यमा ढुवानीको व्यवस्था गरिएको छ । निकट भविष्यमा सपिङ कार्डको सुविधा उपयोग गरी सुलभ र सरल तरिकाले सामान खरिद बिक्री गर्न सकिने योजना रहेको छ ।

रुपन्देहीमा वडा सदस्यसहित दुई कोभिड-१९ संक्रमितको मृत्यु

रुपन्देहीमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक जना रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ५ का वडा सदस्य हुन्। भैरहवास्थित युसीएमएस शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचारका क्रममा वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको वडाध्यक्ष चेतबहादुर क्षेत्रीले जानकारी दिए।

४७ वर्षका वडा सदस्यको मृत्यु भएपछि वडाबाट प्रदान गरिने सेवा एक दिनका लागि बन्द गरिएको छ।

बुधवार राती ८:३० बजेन उनको मृत्यु भएको हो। १३ गते परीक्षण गराउँदा संक्रमण पुष्टि भएका उनलाई स्वास प्रस्वासमा समस्या आएपछि १४ गते युसीएमएस लगिएको थियो।

केही दिन भेन्टिलेटरमा राखेपछि शनिवार उनलाई भेन्टिलेटरबाट निकालिएकोमा पुन: एक्कासी स्वास्प्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो। उनलाई रेमिडिसिभरको प्रयोगसमेत गरिएको थियो।

यसैबीच रुपन्देहीको बुटवल उपमहानगरपालिका ६ का ४७ वर्षका पुरुषको पनि बुधवार नै उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको बुधवार साँझ ५:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा असोज १५ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

स्वास प्रश्वासमा समस्या तथा ज्वोरो बढेपछि उनलाई बुधवार दिउँसो १ बजे अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

 


Your Views
Related News