काठमाडौ । अस्ट्रेलियाले आफ्नो मुलुकका बासिन्दासँग विवाह गरी “पार्टनर भिसामा” आउन चाहने मानिसका लागि अंग्रेजी भाषा परीक्षा अनिवार्य पास गर्नु पर्ने तयारी गरेको छ । यो विवादित नियम संसदबाट पारित भएको अवस्थामा सन् २०२१ को मध्यदेखि अस्ट्रेलियामा पार्टनर भिसामा जान चाहने मानिसहरुले अनिवार्य अंग्रेजी भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ ।

 

 

अहिले प्रस्ताव गरिएको यो नियमले पार्टनर भिसाको आवेदन दिने व्यक्तिको पार्टनरले पनि अंग्रेजीमा आफ्नो दक्षता साबित गर्नुपर्ने हुन्छ । आलोचकहरुले सरकारले अघि सारेको यो नियमलाई विभेदपूर्ण रहेको बताएका छन् । साथै उनीहरुले गैर–पश्चिमा मुलुकहरुका नागरिक र उनीहरुको परिवारलाई विभेद हुने गरी यो नियम ल्याइएको बताएका छन् । सरकारले भने सामाजिक सौहार्दताका लागि यो नियम आवश्यक रहेको बताएको छ ।

अस्ट्रेलियाका आप्रवासन मन्त्री एलन टुड्जले अस्ट्रेलिया पार्टनर भिसामा आउन चाहने मानिसले आधारभूत अंग्रेजी जान्नुपर्ने वा अंग्रेजी जान्नका लागि उचित प्रयास गरेको हुनुपर्ने व्यवस्था गरिएको बताएका छन् ।

अहिले अस्ट्रेलियामा काम गर्न र अध्ययन गर्न चाहनेका लागि मात्र अंग्रेजी भाषाको परीक्षण अनिवार्य गरिएको थियो । अस्ट्रेलियाको नागरिकता लिन भने अंग्रेजी भाषाको परीक्षणमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको थियो ।

अस्ट्रेलियामा करिब २० प्रतिशत मानिसहरु घरभित्र अंग्रेजी बोल्दैनन् । सिड्नी, मेलबर्नजस्ता ठूला सहरमा भने यो संख्या ३५ प्रतिशतभन्दा धेरै छ । आप्रवासन मन्त्री टुड्जका अनुसार अहिले अस्ट्रेलियामा करिब १० लाख मानिस राम्रोसँग अंग्रेजी बोल्न जान्दैनन् । जसका कारण उनीहरुलाई काम सामाजिक गतिविधिको पहुँच सीमित बनेको उनको भनाइ छ ।

उनका अनुसार यो नियमले आफ्ना पार्टनरलाई नियन्त्रणमा राख्ने वा शोषण गर्नेजस्ता कार्य रोक्न पनि यसले सहयोग पुग्नेछ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भने अस्थायी भिसामा अंग्रेजी परीक्षणको कक्षा पास नगरी आए पनि उनीहरुले अस्ट्रेलियामा अनिवार्यरुपमा अंग्रेजी कक्षा लिनुपर्ने बताएका छन् । अन्यथा उनीहरुले स्थायी बसोबासको अनुमति पाउने छैनन् । बीबीसीबाट

read more news

ओली र प्रचण्डबीच अढाई घण्टाको बालुवाटार वार्तामा के–के भयो ?

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

 

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा छलफल भएको जनाइएको छ । उक्त छलफल करिब २ घण्टा ३० मिनेटसम्म चलेको थियो ।

 

 

 

दुईजना अध्यक्षबीच आज भएको छलफलमा खाली रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने र बाँकी काम तिहारपछि गर्ने भएको स्रोतले जानकारी गराएको छ ।

read more news

हाम्रो आँखाको नानी छोरी हराइन् : देख्नुहुनेसम्म पुर्याउन सेयर गरिदिनुहोला !

कर्णाली प्रदेशको जुम्ला जिल्ला तिला गाउँपालिका वडा नं १ निवासि २५ बर्ष कि मिमा रावत गएको १४ गते रातिबाट आफ्नो घर परिवार लगायत आफ्ना सम्पुर्ण साथी भाइहरु बाट सम्पर्क बिहिन छिन् ।

 

 

 

आज आठ दिन बितिसक्दा पनि कुनै जानकारी नभएकाले भेटाउनु हुने वा कतै देख्नु हुने सम्पुर्ण व्यक्तिहरुले यहाँको सम्पर्क नम्बरमा सम्पर्क गरिदिन हुन हार्दिक आ्नुरोध गर्दछौ । हाम्री छोरी आँखाको नानी हुन् । घरमा त्यस्तो असहज परिस्थिती केही थिएन । कही कतै गएको शंकापनि छैन । नानी तिमि कही कतैको लोभ मोहमा फसेकी छौ ।

 

 

वा तिमिलाई बाध्य बनाएर कही राखिएको छ भनेपनि तिमी फुत्कीन सबै प्रयास चाल । हाम्री नानीलाई कोही कसैसँग वा कतै देख्नुभएको छ भने तत्काल सम्पर्क गरिदिनुहोस् । जो कोहीले देख्नुहुनेसम्म पुर्याउन सेयर गरिदिनुहोला । मुन बहादुर बस्नेत :- 9866632728

नानीको फोटोहरु

 

 


Your Views
Related News