कोरोना महामारीका कारण विश्व हैरान भएको छ । तर अहिले एउटा खुसीको खबर सार्वजनिक भएको छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको निधन भईरहेको बेलामा भ्याक्सिनका बारेमा खुसीको कुरा सार्वजनिक भएको हो । विश्वमा अझै पनि लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोनाको अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ । नेपालमा अहिले संक्रमित हुनेको संख्या उच्च छ । काठमाडौ उपत्यकामा डरलाग्दो तरिकाले सं क्रमितको दर बढेको छ ।
यसैबीच चीनमा सेन्टर फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का एक अधिकारीले नोभेम्बरसम्म कोरो नाविरुद्धको भ्याक्सीन आम नागरिकको लागि उपलब्ध हुने बताएका छन् ।
चीनमा कोरोनाका ४ भ्याक्सीनमाथि रिसर्च भईरहेको छ । यी सबैको ट्रायल अन्तिम चरणमा रहेको छ । यी मध्ये तीन वटा भ्याक्सीन भने अत्यावश्यक कर्मचारीमा प्रयोग गरिसकिएको छ । जुलाईबाटै यो कार्यक्रम शुरु गरिएको थियो ।
सीडीसीका चीफ बायोसेफ्टी एक्सपर्ट गुईझेन वूले सरकारी टिभी च्यानलमा भने, ‘मैले आफैँ नै अप्रिलमा एक ट्रायलमा भाग लिएको थिएँ, अहिलेसम्म यसको केहि साइड इफेक्ट छैन ।’
READ MORE NEWS
नाफा बुक गर्नेहरु सक्रिय हुँदा नेप्सेमा करेक्सन, अब के होला ?
काठमाडौं : सेयर बजार केही सुस्त देखिएको छ । अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा साताको अन्तिम दिन बिहीबार बजार सूचक केही दबाबमा परेको हो । यसअघि बढेका अधिकांश सेयरहरुको मूल्य करेक्सन भएको देखिन्छ । विशेषगरी पछिल्ला दिनहरुमा सस्ता हाइड्रोपावरका सेयरहरु मज्जाले बढेका थिए । यी सेयरहरुमा पनि करेक्सन आएको छ । फाइनान्स, माइक्रोफाइनान्स र म्युचुअल फन्ड बाहेक बाँकी अरु समूहमा करेक्सन आएको छ । विकास, होटेल, बिमा समूहमा करेक्सन आएको छ ।
वाणिज्य बैंक समूह पनि दबाबमै परेको देखिन्छ । सबैभन्दा धेरै निर्जीवन समूह ७४.३१ अंकले घटेको छ । प्रतिशतमा सबैभन्दा धेरै हाइड्रोपावर समूहमा करेक्सन आएको छ । पछिल्लो बजारको प्रवृत्ति हेर्दा बीचबीचमा सानातिना करेक्सन आउने गरेको देखिन्छ । एकदुई दिन करेक्सनपछि फेरि बजारले नयाँ रफ्तार तय गरेको छ । तथापि, बजारको गति र प्रवृत्तिका बारेमा ठोकुवा गर्न नसकिने भएकाले लगानीकर्ताले चनाखो भएर अध्ययन गर्न आवश्यक हुन्छ । सूचक सामान्य दबाबमा परे पनि खरिदबिक्री माहोल राम्रो छ ।
सकेसम्म घटाएर राम्रा सेयरहरु तान्ने प्रयास भइरहेको फ्रन्ट लाइनमा बसेर काम गर्ने ब्रोकरहरुको भनाई छ ।लगानीकर्ताहरुले कम्पनीहरुको वित्तीय सूचकहरुमा सुक्ष्म अध्ययन गर्न बिर्सिनु हुँदैन । लाभांश क्षमता, संस्थागत सुशासन भएका कम्पनीहरुतर्फ लगानी केन्द्रित गर्न सके जोखिम कम गर्न सहयोग पुग्नेछ । प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, लाभांश क्षमता, संस्थापक लगायतका पक्षमा पनि ध्यान दिंदै अघि बढ्नु उपयुक्त हुनेछ ।
बैंक ब्याजदर निरन्तर घटेकाले दीर्घकालमा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमानहरु भइरहेका छन् । तर यसको अर्थ बजार निरन्तर बढ्छ भन्ने होइन । तलमाथि गर्दै अघि बढ्ने गर्छ । ठूला बैंकहरुले कतिपय बचत खाताको ब्याजदर २% हाराहारीमा झारिसकेका छन् । बैंकिङ प्रणालीमा प्रचुर लगानीयोग्य रकम रहेको छ । सेयर कर्जा पनि सस्तो भएको छ । यी सकारात्मक परिदृश्यहरुले औसतमा सेयर बजारको गति सकारात्मक हुने आँकलन गरिएको हो । नेप्से सूचक बिहीबार ११.३४ अंकले घटेर १५८९.६३ विन्दुमा अडिएको छ ।
१९३ कम्पनीको २ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ११ लाख ६४ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको छ । सबैभन्दा धेरै मल्टिप्रपोज पाmइनान्सको भाउ १०% ले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, गोर्खाज फाइनान्सको भाउमा पनि सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सिनर्जी पावरको भाउ ७.०८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै अरुण काबेलीको १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सुशान्त आत्महत्या प्रकरण : अतिरञ्जित समाचार प्रकाशन गरेको भन्दै एनबीएलाई १ लाख रूपैयाँ जरिवाना
आजतकले प्रकाशन र प्रशारण गरेको तस्बिर र उसको ट्याग लाइन आपत्तिजनक भएको एनबिएसएले जनाएको छ। उसले हिट विकेट ट्याग चलाएको प्रति नियामक निकायले आपत्ति जनाएको छ। एनसिबीएले बनाएको गाइडलाइन्सविपरीतका समाचारहरू प्रकाशन गरेको ठहर पनि गरेको छ।
यी च्यानलहरूले सार्वजनिक सञ्चार माध्यमले पालना गर्नुपर्ने आचार संहिता र मर्यादा उल्लंघन गरेको एनसिएसएको ठहर छ।
Related News