काठमाडौ । कोभिड–१९ का कारण ६ महिनादेखि स्थगित १२ कक्षाको परीक्षा दशैंपछि हुने भएको छ। सरकारले प्रतिष्ठान, बोर्ड, आयोग, विद्यालय, विश्वविद्यालय लगायत सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने स्वीकृति दिएसँगै १२ कक्षाको परीक्षा हुने भएको हो।

सरकारबाट परीक्षा सञ्चालनको स्वीकृति पाएलगत्तै बोर्डले परीक्षाको तयारी गरेको छ। दशैं नजिकिएकाले १२ कक्षाको परीक्षा दशैंपछि नै हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।

परम्परागत प्रणालीसहित तीनरचार वटा माध्यमबाट परीक्षा सञ्चालन गर्न सकिने बोर्डले जनाएको छ। त्यसमा मन्त्रिपरिषद्को बैठकले गर्ने निर्णयअनुसार परीक्षा सञ्चालन हुने प्रवक्ता शर्माले बताए।

‘शिक्षा मन्त्रालयसँग परीक्षाको विषयमा छलफल भइरहेको छ। मन्त्रिपरिषद्‍मा परीक्षा सञ्चालनको एजेण्डा गएको छ। सोही निर्णय अनुसार बोर्ड अघि बढनेछ’, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने।

दशैंपछि परीक्षा सञ्चालन हुनसक्ने सम्भावना धेरै रहेको उनले बताए। ८ वैशाखमा हुने भनिएको १२ कक्षाको परीक्षा कोरोना संक्रमणका कारण स्थगित थियो।

READ MORE NEWS

काठमाडौ । ७ वर्षीया बा’लिकामाथि क’रणीकोप्र’यास गरेको आरोपमा काठमाडौंबाट एक ४३ बर्षीय पुरूष पक्राउ परेका छन् । बुधवार दिउँसो पौने ४ बजेतिर कोटेश्वर महादेवस्थानको तल्लो खोलाको सहयोगीनगर पुल नजिकै बा’लिकामाथि क’रणीको प्र’यास गरेको आरोपमा दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक पक्राउ परेका हुन् । स्थानीयले देखेपछि ती बा’लिकाको उद्दार गरिएको थियो ।

बा’लिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरलेका अनुसार विकमाथि थप अनुसन्धान भइरहेको छ । बा’लिकालाई मेडिकल परीक्षण गर्न पठाइएको छ । सामाजिक सन्जालमा उनलाई नियन्त्रणमा लिइएको भिडियो भाइरल भएको छ ।

READ MORE NEWS

काठमाडौ । काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको हो।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। आज देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।

Your Views
Related News