काठमाडौं । नेपाल प्रहरीले कडा चेतावनीसहितको प्रेस विज्ञप्ति जारी गरेको छ । विभिन्न चलचित्र, टेलिचलचित्र, छोटा चलचित्र, प्रयाङ्क भिडियो, सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गर्दै कारबाहीको चेतावनी दिएको हो । विज्ञप्तिमा निम्न ३ बुँदाहरु उल्लेख गरिएको छ ।

 

 

१, प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्साल स्थित जनसम्पर्क तथा प्रचार–प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौं ।

 

 

 

 

२, प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार–प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइन्छ ।

 

 

३, यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही व्यहोरा हुने समेत थप स्पष्ट पार्न चाहन्छौं । विज्ञप्तिको पुर्ण पाठ तल हेर्नुहोस्

 

विभिन्न चलचित्र, टेलिचलचित्र, सर्ट मूभी, प्राङ्क भिडियो, सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको र यस सम्बन्धमा निम्नानुसार स्पष्ट गर्न चाहन्छौं :

 

 

१, प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्साल स्थित जनसम्पर्क तथा प्रचार( प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौं ।

 

 

२, प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार( प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइन्छ । ३, यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही व्यहोरा हुने समेत थप स्पष्ट पार्न चाहन्छौं ।

READ MORE NEWS

सामाजिक सञ्जालमा फेरी अर्को अनौठो च्यालेन्ज

काठमाडौं । सामाजिक सञ्जालमा अनेक कुराहरु समय समयमा भाइरल भइरहेका हुन्छन् । केही साता पहिले नेपालमा कपल च्यालेन्ज निकै भाइरल भइरहेको थियो । अहिले उक्त च्यालेन्ज सकिएको छ । अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका बीचमा, ‘कसैले पिठ्युँमा बोक्यो भन्दैमा मख्ख नपर्नुस्, घरमा खुकुरीमा साँध लगाएर र भाँडामा पानी तताएर राखिएको हुन्छ’ भन्ने क्याप्सनसहितको तस्विर भाइरल भइरहेको छ ।

 

 

तस्विरमा एक जना व्यक्ति बोकोलाई पिठ्युमा बोकेर हिडेको देख्न सकिन्छ । यसलाई धेरैले आउँदै गरेको दशैसँग जोडर भाइरल बनाइरहेका छन् । यो तस्विर हेर्दा नेपालको जस्तो देखिए पनि कस्को हो भन्ने कुरा खुल्न सकेको छैन । अर्को तिर यो तस्विर यस वर्षको हो वा पुरानो हो त्यो खुलेको छैन ।

READ MORE NEWS

चीन भारतसँग झनै रिसायो, जारी गर्यो कडा चेतवानी !

काठमाडौं । चीनले भारतले कडा शब्दमा चेतावनी दिएको छ । चीनले ताइवानको राष्ट्रिय दिवसको सन्दर्भमा प्रकाशित–प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै भारतीय सञ्चारमाध्यमहरुलाई घुमाउरो भाषामा त्यस्तो नगर्न ‘चेतावनी’ दिएको हो ।

 

 

१० अक्टोबरमा ताइवानको ‘राष्ट्रिय दिवस’ सन्दर्भ पारेर बुधबार भारतका प्रमुख छापा माध्यमहरु र केही विद्युतीय सञ्चारमाध्यमहरुले विज्ञापन सामग्री प्रसारण तथा प्रकाशित गरेसँगै चीन रिसाएको हो ।

 

 

 

 

नयाँदिल्लीस्थित चिनियाँ दूतावासद्वारा भारतीय सञ्चारमाध्यमहरुलाई सम्बोधन गर्दै बुधबार साँझ जारी एक विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएको हुँदा अलग राष्ट्रको सन्देश दिने किसिमका ती सामग्री प्रकाशित–प्रकाशित गरेकोमा आपत्ति जनाउँदै त्यस्तो नगर्न ‘चेतावनी’ दिइएको हो ।

 

 

सीमा विवाद उत्कर्षमा पुगेसँगै भारतमा ताइवानको तथाकथित राष्ट्रिय दिवसका बारेमा चर्चा सुरु भएको छ । दुतावासमार्फत भारतीय मिडियालाई सम्बोधन गर्दै जारी विज्ञप्तिमा चीनले भनेको छ, ‘भारतीय मिडियाका साथीहरुलाई ताइवान चीनको अभिन्न अंग रहेको र भारतस्थित चिनियाँ दूतावास विश्वमा मात्र एउटा चीन रहेको जनवादी गणतन्त्र चिनियाँ सरकार मात्र पूरै चीनको प्रतिनिधित्व गर्ने एकमात्र सरकार भएको स्मरण गराउन चाहन्छ ।’

 

 

 

बुधबार प्रमुख छापा माध्यममा प्रकाशित सामग्रीमा कोरोना भाइरस (कोभिड–१९) महाव्याधीको रोकथाममा ताइवानले पाएको सफलतामा खुसी र गौरव मान्दै राष्ट्रिय दिवस मनाउन लागिएको उल्लेख गरिएको थियो ।

 

 

त्यसैगरी यो सफलताका पछाडि लोकतन्त्र, मानवअधिकार र विधिका शासन, निजी क्षेत्र र नागरिकहरुबीचको सहकार्यको नतिजा भएको समेत जनाइएको छ । केही भारतीय टीभी च्यानलले त ताइवानको राष्ट्रिय दिवसमाथि विशेष कार्यक्रम नै प्रसारण गरेका थिए ।


Your Views
Related News