नीतिकथा

देवराज इन्द्रले आफ्नो दरबारबाट भूलोकको कुनै गाउँमा हेर्दै छक्क परिरहेको देवर्षि नारदले देखे। छेउमा आएर नारदले सोधे, ‘हे देवराज, तपाईं अघिदेखि नै कहिले हाँस्नुहुन्छ, कहिले अनुहार खुम्च्याउनुहुन्छ त कहिले मुन्टो हल्लाउनुहुन्छ, के देख्नुभयो ?’

एउटै समाजभित्रका मानिसका चालामाला हेर्नुस् न, प्रत्येकको फरकफरक छ। कोही हरि–कीर्तन सुनिरहेका छन्। कोही ध्यानस्थ छन्। कोही वेद, रामायण, गीता पढिरहेका छन्। कोही बाँच्नका लागि कृषि कर्म गरिरहेका छन्। यिनीहरूका कर्म हेर्दा आनन्द आउँछ।

कोही गरिबको श्रम शोषण गरिरहेका, कोही ठगिरहेका, कोही तास खेलिरहेका,  कोही झगडा गरिरहेका, कोही मातिरहेका अनि घरमा पत्नी र छोराछोरीलाई गालीगलौज र कुटपिट गरिरहेका छन्। कोही भोकभोकै छन् र घरघरमा पुगेर मागिरहेका छन्। यस्ता मानिस देख्दा नरमाइलो लाग्छ।

कतिपय बाउआमा छोराछोरीलाई माया गर्छन् तर छोराछोरी भने बाउआमासँग झर्किन्छन्। अराएको काम गर्दैनन्। बटारिएर हिँड्छन् अनि दिनभरि बरालिन्छन्। काममा पनि सघाउँदैनन्। गलत मानिसको संगत गर्दागर्दै छोरो बिग्रिसकेछ भनेर रुन्छन्। यस्तो देख्दा नरमाइलो लाग्छ। हे दवर्षि, यिनीहरूलाई भगवद् मार्गतिर मोड्ने उपाय छैन ?

हे दवराज, भूलोकका जनताको अधोगति देखेर तपाईं धेरै चिन्तित हुनुभएछ। भगवान्ले लोक हितका निम्ति उपाय पनि देखाइदिनुभएको छ। जजसले हरि–कीर्तन सुनिरहेका छन्, उनीहरूको जीवन कति सुन्दर छ हेर्नुस् त ? उनीहरू शान्त स्वभावका छन्। मीठो बोली छ। हेर्ने दृष्टिकोण पनि सकारात्मक छ। सात्विक भोजन गर्छन्। दिएर मात्र खान जानेका छन्। यिनीहरू गलत बाटोमा लागेका छन् त ?

‘छैनन्। चासो नै दिएका छैनन्’, इन्द्रले भने।

हे देवराज, अधोगतिमा लागेका र हरि–कीर्तन सुन्नेहरुको एउटै विवेक हो, केही फरक हुँदैन। हरि–कीर्तन सुन्दा आनन्दमय जीवन बिताउन सकिन्छ भन्ने बुझ्न सक्ने उनीहरूसँग क्षमता छ, जुन उनीहरूले उपयोग नै गरेनन्। मनुष्यले आफ्नो रक्षा आफैंले गर्नुपर्छ। आनन्दमय जीवन पाउन त आजैदेखि हरि–कीर्तन सुरु गर्नुपर्‍यो नि।

READ MORE NEWS

खाद्यपदार्थको गुणस्तरमा नयाँ मापदण्ड, उल्लंघन गरे ५० हजारसम्म जरिवाना


Your Views
Related News