पत्याउन मुस्किल भएपनि सत्य : १२० जना श्रीमतीका यी श्रीमानको यस्तो छ दैनिकी


काठमाडौ । केही कुरा पत्याउन मुस्किल हुन्छ तर सत्य घटना नपत्याइ हुन्न । धेरै देशहरुमा कानुनी झन्झटले गर्दा केवल एक पुरुषले एक पत्नी मात्र राख्छन्, तर थाईल्यान्डका एक ५८ वर्षका व्यक्तिले १२० वटा विवाह गरेर दुनियाँलाई आश्चर्यचकित बनाएका छन् । थाइल्यान्डको नायोक प्रान्तमा बस्ने तम्बजले कुल एक सय २० जनालाई विवाह गरेका छन् । तन्कज नायोक प्रान्तको फ्रामनी जिल्लाका प्रमुख हुन् ।

 

DailyHunt

 

 

थाइल्यान्डमा बहुविवाह प्रतिबन्धित छ । यति हुँदा पनि तम्बनले चोरबाटो पक्रिएर एक भन्दा सयौँ विवाह गरेका हुन् । तम्बनले कुनै महिलासँग विवाह गर्नु अगडि नै आफ्ना श्रीमतीलाई विवाहको बारेमा कुरा गरेका हु्न्छन् । पत्नीलाई मात्र नभएर आफ्ना आमा बाबुलाई पनि पहिले नै जानकारी दिदै आएका छन् ।

 

 

DailyHunt

 

सबैलाई जानकारी दिएपछि पुरै रितिरिवाज र परम्पराको साथमा विवाह गर्ने गरेका छन् । तम्बनले भर्खर मात्र फोन नाम गरेकी महिलासँग विवाह गरेका छन् । फोनको उमेर २७ वर्षको भयो ।

 

 

DailyHunt

 

तम्बनको पहिलो विवाह १७ वर्षको उमेरमा भएको थियो । पहिलो पत्नीबाट उनको तीन बच्चा पनि छन् । तम्बनले धेरै विवाह गर्नुको कारण आफ्नो कन्ट्रक्शन बिजनेस शुरु गरेपछि धेरै महिलासँग भेटेको बताएका छन् ।

 

 

भेटेका मध्येमा धेरै जवान र सुन्दर महिलाहरु सँग विवाह गर्थे । उनको जताँ कन्ट्रक्सन साइट हुन्थ्यो त्यहि एउटा विवाह गर्थे । उनलाई धेरै पत्नी हुँदा पनि कुनै गाह्रो नभएको जानकारी दिएका छन् ।

 

DailyHunt

 

वर्तमान समयमा एक सय २० पत्नी र २८ जना बच्चाहरु छन् । तम्बनले आफ्नो परिवारको सबै आवश्यकता पुरा गरीरहेको बताएका छन् । धेरै पत्नीलाई त छुट्टै घर बनाएर पनि राखेका छन् । तर आज सम्म कुनै पनि पत्नीले उनले गरेका पछिल्ला विवाहलाई विरोध गरेका छैनन् । उनको विरुद्धमा प्रहरीकोमा कुनै पत्नीले उजुरी पनि दिएका छैनन् । यो जमानामापनि यो देख्दा विश्व चकित छ ।

read more news

अर्णब गोस्वामीमाथी लाग्यो यस्तो गम्भीर आरोप

  • जनबोली न्यूज नेटवर्क
  •  शुक्रबार २३ असोज, २०७७

नयाँदिल्ली । भारतका तीनवटा टेलिभिजन च्यानलमाथि टेलिभिजन रेटिंग प्वाइन्ट्स (टीआरपी) हेरफेर गरेको आरोपमा छानबीन सुरु भएको छ । मुम्बई प्रहरीका अनुसार तीन वटा टेलिभिजनमा अर्णब गोस्वामीको कार्यक्रम रहेको रिपब्लिक टेलिभिजन पनि एक हुन । अर्णब गोस्वामीले आफ्नो कार्यक्रम पपुलर छ भन्ने देखाउँन अति हदसम्म गरेको खुलासा प्रहरीले गरेको हो ।

 

 

भारतीय सञ्चारमाध्यमहरुले मुम्बई प्रहरीका कमीश्नर परमबीर सिंहलाई उद्धृत गर्दै रिपब्लिक टीभी, फक्त मराठी र बक्स सिनेमामाथि उक्त आरोपमा छानबीन भइरहेको उल्लेख गरेको छ । कुन टेलिभिजन च्यानलको कार्यक्रम कति लोकप्रिय हो र कति दर्शकले हेर्छन् टीआरपीले निर्धारण गर्छ । कमीश्नर सिंहले उक्त रैकेटमा हंस नामक एक संगठनले सघाएको जानकारी दिनुहुँदै पत्रकार सम्मेलनमा विस्तृत जानकारी गराउनुभएको हो ।

 

 

टीआरपी हेरफेर गर्न मुम्बईभित्र करिब दुई हजार ब्यारोमिटर जडान गरी प्रयोगमा ल्याइएको थियो । “केही व्यक्ति घरैपिच्छे पुगेर उक्त टेलिभिजन च्यानल हेर्न आग्रह गर्दै टेलिभिजन हेरे बापत मासिक रुपमा रुपियाँ उपलब्ध गराउँदै आएका थिए ।”– उच्च प्रहरी अधिकृत सिंहले प्रष्ट्याउनुभयो । प्रत्येक घरपरिवारले टेलिभिजन हेरे बापत् मासिक चार देखि पाँच सय रुपियाँ पाउँदै आएका छन् ।

 

 

टेलिभिजन हेरे बापत् रुपियाँ पाएको घरपरिवारले प्रहरी समक्ष समेत स्वीकार गरेका छन् । दुईटै मराठी च्यानलका सञ्चालकलाई पक्राउ गरिएको छ । रिपब्लिक टीभीका सञ्चालक तथा निर्देशकलाई छिट्टै प्रहरी समक्ष बोलाइने सिंहले जानकारी दिनुभयो ।

 

 

उनीहरुले टिआरपी देखाएर ठूला व्यपारिक घरानाबाट मोटो रकममा विज्ञापन असुल्ने गरेको देखिएको छ । अर्णब गोस्वामी रहेको रिपब्लिक टेलिभिजन भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीको सिधा छायाँ रहेको बताइन्छ । उनी अत्यन्तै धेरै विवादित पत्रकार हुन्

 


Your Views
Related News

About Us

Powered by " Naya Nepal Media Pvt. Ltd. "

Reg No : In Progress..

Director and editor

Aaditya Nepal : 9810040243