काठमाडौ । हिन्दुहरुको पवित्र ग्रन्थमा केही अत्यन्तै रोचक, अनौठा र सोचनीय विषयहरु छन् । त्रेता युगको सत्य घटना भनेर विश्वास गरिएको महाभारतका केही विषय थाहा पाउँदा जो कोहि चकित हुने गर्दछन् । महाभारत हिन्दू धर्मको सबैभन्दा ठूलो ग्रन्थ मानिन्छ । योबाट नै मानव आँचरण सिकाइएको छ ।

 

 

 

महाभारतमा सिर्फ कौरव र पाण्डवको लडाई मात्र प्रसिद्ध छैन । महाभारत अनेकौँ रहस्यले भरिएका तथ्यहरुपनि छन् । जुन बारेमा मानिस जान्न अत्यन्तै इच्छुक छन् । एउटा यस्तो रहस्य छ । पाँच पाण्डवकी एक पत्नी थिइन् द्रोपदी । जबसम्मकी हिन्दु परम्परामा भाउजु आमा समान र बुहारी लक्ष्मी समान मानिन्छ । जसलाई गलत नजरले हेर्न नै बन्देज गरेको छ । तर महाभारतमा पाँच दाजुभाई की एक श्रीमती उल्लेख गरिएको छ ।

 

 

 

अब ती पाँच दाजुभाई की एक श्रीमतीसँग “शारीरिक सुख” प्राप्ति कसरी हुन्थ्यो छ ? अधिक पाठकको चासोको विषय यहाँ पेश गर्दैछौ । सुन्दा अनौठो । रोचक तर सत्य विषयलाई महाभारतको गहिरो अध्ययनपछि यहाँ प्रस्तुत गर्न लागेका हौँ । यो महाभारतको खण्डले कतिपय अवस्थामा हिन्दु धर्मलाई विवादिपनि बनाएको छ । भाउजु बुहारीसँग “शारीरिक सुख” खोज्ने हिन्दुहरु भन्दै आरोप लगाउँने गरेकोपनि पाइन्छ । तर यो भित्रको खास कुरा आज हामी बताउँदैछौ ।

 

 

द्रौपदीको उत्पत्ति (जन्म) राजा द्रुपदको हवन कुण्डबाट भएको हो । हवन गरिरहेको कुण्टबाट पुत्री प्राप्ति भइन् । द्रोणाचार्यको अन्त्यका लागि पुत्र प्राप्तिको उदेश्यले राजा द्रुपदले यो यज्ञ गरिरहेका थिए । तर पुत्री भइन् । पुत्रीको नाम द्रौपदी राखियो । तर पुत्री यति छिटो हुर्किन् की पूर्ण चन्द्र आकार जस्तो शरीर बनिसकिन् ।

 

 

अब छोरीको बिबाहका बारेमा राजालाई चिन्ता हुन थाल्यो । राजा द्रुपदले आफ्नी पुत्री द्रौपदीको बिबाहका लागि स्वयंवर गराइरहेका थिए । राजाले राखेका पुरा शर्त पुरा गरेर योग्य बरको रुपमा प्रमाणित भएर पञ्चपाण्डका अर्जुन स्वयम्वर गरिरहेका थिए । सबै शर्त पूरा गरेर अर्जुनले द्रौपदीलाई आफ्नी पत्नी बनाए । अर्जुनले त्यो समय द्रौपदीको आफ्नी पत्नी बनाएका थिए । त्यो समय पाँच पाण्डव भाई आफ्नो पहिचान लुकाएर माता कुन्तीका साथ ब्राह्मण वेषमा बसिरहेका थिए ।

 

 

उनीहरुको दिनचार्य भनेको भिक्षा माग्दै हिँड्नु थियो । यसरी नै जीवन यापन गरिरहेका थिए । त्यसैले सबै पाण्डवहरु भिक्षा माग्न गएका थिए । त्यही बेला अर्जुनले राजा द्रौपदको शर्त पुरा गरेर उनकी छोरी द्रौपदी श्रीमती बनाएर घर लिएर आएका थिए । जब अर्जुन पत्नी द्रौपदी लिएर आफ्नो घर मा पुगे । उनी ढोकामा नै उभिएर माता कुन्तीलाई सरप्राईज दिन्छु भन्ने उदेश्यले आमालाई झुक्याउने गरी प्रश्न गर्छन् ।

 

 

आमा हेर्नुहोस् त हामीले के लिएर आएका छौ । तर त्यही बेला माता कुन्ती काममा ब्यस्त थिइन् । उनले छोरातर्फ हेरेर जवाफ दिन पाइनन् । उनले भिक्षा ल्याएको हो । मिठो केही चीज भएर मलाई सुनाएको होला भन्ने ठानेर उनले आदेश दिइन् की ल ल अब पाँचै भाई मिलेर उपभोग गर । आमा कुन्तीको यो आदेशले अर्जुनले टेकेको पृथ्वी डगमगाए जस्तो भयो । अर्जुन आत्तिए । कुन्ती सहित पाँचै भाई पाण्डव धेरै नै सत्यवादी थिए ।

 

 

सत्यलाई डगमगाउन दिँदैन थिए । साथै आफ्नी आमाको आदेश कहिलै अपुरो हुन दिँदैन थिए । आफ्नी आमाले जे शब्द निकाल्नुहुन्छ त्यसलाई उनीहरु आदेश स्वरुप पालना गर्दै आएका थिए । आमाको यो शब्द सुनेपछि अर्जुन खुब चिन्तामा परे ।

 

 

उनी केही शब्द निकाल्न नसक्ने भए । छोरा अर्जुनले केही शब्द ननिकालेपछि माता कुन्तीले काम छोडेर अर्जुनतर्फ दृष्टी लगाउँनुभयो । तब देख्नुभयो अर्जुनको साथमा युवती ।

 

 

 

त्यसपछि माता कुन्तीले पुत्र युधिष्ठिरलाई आदेश दिनुभयो । कुनै यस्तो ठाउँ खोज जहाँ द्रौपदीसँग कुनै अनर्थ नहोस् र आफ्नो बचनपनि पुरा होस् । उनले आफुहरु सत्यवादी भएकाले मुखबाट निस्किएको बचनपनि पुरा हुनुपर्ने भन्दै उपाय निकाले । अब यो कुरा राजा द्रुपदलाईपनि थाहा भयो । राजा द्रुपदपनि खुबै चिन्तामा पुगे ।

 

 

उनले भगवान् श्रीकृष्ण र महर्षि व्यासका साथ पुगेर यो कुराको बेलिविस्तार लगाए । यो धर्म के विपरीत कुरा कसरी पुरा हुन सक्छ । कसरी एक स्त्रीले ५ जना पति बनाउँन सक्छे । कसरी एक स्त्रीले पाँच पाण्डवसँग”शारीरिक सुख” प्राप्ति दिन तयार हुन्छ । ठूलो बहस चल्यो । देवदेवादिहरुमा हलचल सुरु भयो ।

 

 

तब महर्षि व्यासले बताए की यो माता कुन्तीको कुनै दोष नै छैन द्रौपदीको पूर्व जन्ममा नै भगवान् शंकर (शिव) बाट वरदान मिलेको थियो की द्रुपदले आफ्नी छोरी पाँच पाण्डवसँग बिबाह गराईदिनु । तर राजा द्रुपदलाई थाहा थिएन की ति ब्रमाण वेष धारी पञ्च पाण्डव मध्येका अर्जुन थिए । त्यो भगवान शिवको वरदानका कारण नै यो भएको हो भन्ने निश्कर्ष निस्कियो । त्यसपछि माता कुन्तीले पाँच भाईसँग नै हिन्दु संस्कार अनुसार बिबाह गराईन् ।

 

 

बिबाह यसरी भयो सबैभन्दा पहिले द्रौपदीको विवाह युधिष्ठिरका साथ भयो । त्यो रात द्रौपदी युधिष्ठिरसँग आफ्नी पत्नीको धर्म निभाइन् । दोस्रो दिन द्रौपदीको बिबाह भीमसँग भयो । त्यो रातपनि उनले भीमसँग श्रीमतीको भूमिका निभाईन् । “शारीरिक सुख” प्राप्ति गराइन् ।

 

 

तर त्यो रात भने उनले दुबै श्रीमान् अर्थात दाजु भाई भीम र युधिष्ठिरलाई नै “शारीरिक सुख” दिइन् । अब यहाँसम्म थाहा पाएपछि त्यो कसरी सम्भव भयो त सबैको चासोको विषय हो । हामी खोल्दै जान्छौ । किनकी यही क्रममा सबै पाँछ पाण्डवसँगनै द्रोपदीले हरेक रात श्रीमतीको भूमिका निभाईन् । सबैलाई “शारीरिक सुख” पनि दिइन् ।

 

 

अब तपाईहरु सबैको मनमा प्रश्न पक्कै जागेको छ । देवताका समयमा त्योपनि हिन्दु धर्मभित्र कसरी एक पत्नीले ५ भाई त्योपनि दाजुभाईसँग पत्नी धर्म निभाईन् । हामी त्योपनि बताउँछौ । यो असम्भव पुरा गर्न भगवान् शिवको वरदान थियो । हामीले यसअघि नै बताइसकेका छौ ।

 

 

ग्रन्थमा भनिएको छ की कुनैपनि स्त्री ५ पुरुषसँग एकसाथ पतिका लागि पत्नीको भूमिका निभाउन सक्छिन् । यो अहिले मानव जीवनका अध्ययन कर्तालेपनि भनिरहेका छन् की “शारीरिक सुख” प्राप्तिको मामलामा पुरुष भन्दा महिलासँगै धेरै गुणा बढी क्षमता र इच्छाशक्ति दिएको छ ।

 

 

तर तपाईलाई यो जानकारी गराउँकी भगवान शिवले द्रोपदीलाई यस्तो वरदानपनि दिनुभएको थियो की तिमी हरेक दिन कन्या हुनु । शिवको वरदान अनुसार उनी हरेक दिन कन्या नै रहन्थिन् । दिन पुरा हुनका लागि उनी स्नान गर्थिन । कुनै एक पाण्डवसँग पत्नीको भूमिका निभाई सकेपछि द्रोपदी स्नान गर्थिन् ।

 

 

त्यसपछि उनमा कन्या शक्ति प्राप्ति हुन्थ्यो । अनि उनी अर्का पाण्डवसँग श्रीमतीको भूमिका निभाउन पुग्थिन् । यस्तो भूमिकामा रहेकी एक स्त्रीले सबैभन्दा बढी माया चै कसलाई गर्छन् होला ? यो सबैको जिज्ञासा हुन सक्छ तपाईलाई बताउँ की द्रोपदी सबैभन्दा बढी माया अर्जुनलाई नै गर्थिन् ।

 

 

 

किनकी अर्जुनका साथ द्रोपदीको स्वयम्वर सबैभन्दा पहिला राजा द्रोपदको घरमा भएको थियो । द्रोपदीको यही प्रेमका कारण स्वर्ग जाँदा जाँदै बाटोमा नै मृत्यु भएको थियो । उनीहरुको स्वर्ग यात्राको बारेमा हामी अर्को कहानीमा लेख्नेछौ । किनकी द्रोपदीले आफ्ना पतिलाई समान प्रेम गर्न नसकेका कारण उनी स्वर्ग नपुग्दै बाटोमा नै अलप भइन् । यसैले आफ्ना पतिलाई अधिक प्रेम नगर्ने स्त्रीलाई स्वर्गको बाटो कठिन हुन्छ ग्रन्थमा भनिएको छ ।


Your Views
Related News