कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ । बिरामीको संख्या थपिएसँगै आइसियु र भेन्टिलेटर अभाव समाचार सार्वजनिक भइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्पर्क गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ । थप जानकारी चाहिएमा ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।

कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ । ती मध्ये ८२ आइसियु श्यया र २७ वटा भेन्टिलेटरमा गम्भीर सङ्क्रमितको उपचार भइरहेको जानकारी दिए । उनका अनुसार अझै ९९ आइसियु र ४९ वटा भेन्टिलेर खाली नै रहेका छन् ।

अहिलेसम्म २३५ आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन । ती मध्ये वाग्मती प्रदेशमा १२८ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेका छन् । मुलुकभर दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर रहेका छन ।

काठमाडौँ  उपत्यकामा अहिलेसम्म ३६ हजार ३११ जना सङ्क्रमित फेला परेका छन् ।

READ MORE NEWS

घरमा सुख शान्ति भएन ? अपनाउनुहोस् यी १० उपाय

हरेक मानिस आफ्नो घरमा सुखशान्ति होस् भन्ने चाहाना राख्दछन् । तथापी कतिपय कारण र अवस्थामा यो सम्भव बन्दैन । यदि तपाईं आफ्नो घरमा हमेशा शान्ति होस् भन्ने चाहानुहुन्छ भने वास्तु अनुसार केहि उपाय गर्नु पर्ने हुन्छ ।

१. वास्तु अनुसार भान्सामा कहिल्यै दूधलाई खुल्ला राख्नु हुदैन । अन्यथा आर्थिक संकट बेहोर्नु पर्दछ । त्यसैले दूधलाई हमेशा छोपेर राख्नु पर्दछ ।

२. काडाँदार र तिखो पत्ता भएका बोट, बिरुवालाई घरभित्र रोप्ने वा राख्ने हुदैन । यसो गर्दा घरको सम्बन्धमा दरार आउने गर्दछ । साथै नकारात्मक उर्जा फैलिने गर्दछ ।

४. घरको उत्तर पूर्वी भागमा वजनदार भारी मूर्ति राख्नु हुदैन । यसले समेत घरको शान्तिमा बाधा पुर्याउँछ ।

५. सुत्ने ओच्छ्यानको मुनि जूत्ताचप्पल राख्नु हुदैन । यसले नकारात्मक उर्जा बढाउने भएकाले रोग एवं मानसिक समस्या बढ्ने गर्दछ । तसर्थ यसलाई बाहिर नै राख्नु पर्दछ ।

६. फलामको दराजलाई कहिल्यै ओच्छ्यानको पछाडी राख्नु हुदैन । साथै फलामका कुनै पनि सामाग्री ओच्छ्यानमा समेत हुनु हुदैन ।

७. घरको बिचमा पानीको टंय्की, ट्युबेल, घडा वा अन्य कुनै पानीको श्रोत राख्नु हुदैन । यसले घरमा आर्थिक क्षती बढाउँछ ।

८. धन सम्पत्ती एवम् पारिवारिक सुख शान्तिका कायम राख्न डुब्दै गरेको जहाजको तस्वीर घरमा राख्नु हुदैन ।

९. दान दिन भनेर किनिएको वस्तुलाई घरमा लामो समयसम्म राख्नु हुदैन । यसले समेत पारीवारीक सम्बन्धमा दरार ल्याउन सक्छ ।

१०. घरमा कहिल्यै पनि देवीदेवताका टुटफुट भएका मुर्ती, वा चर्किएका भगवानका प्रतिमा राख्नु हुदैन । यस्ता मुर्तीलाई कुनै रुखको मुनी राख्नु उपयुक्त हुन्छ ।

READ MORE NEWS

प्रहरीको पोशाक फिल्म, टेलिफिल्ममा अनुमतिविना प्रयोग नगर्न अपिल

प्रहरी प्रधान कार्यलयले चलचित्र, टेलिचलचित्र, छोटा चलचित्र, सांगीतिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकहरुको दुरुपयोग भएको भन्दै अनुमतिविना प्रयोग नगर्न आग्रह गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार–प्रसार इकाइमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्विकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौ । प्रहरी प्रधान कार्यलय जनसम्पर्क तथा प्रचार–प्रसार इकाइको स्विकृती नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दज्र्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन समेत जानकारी गराइन्छ ।’

यस्तै, प्रहरीले विना अनुमति यस्ता कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारवाही हुने चेतावनी दिएको छ । प्रहरीको यो विज्ञप्तीलाई चलचित्रकर्मीले पनि विरोध गरिरहेका छन् ।

कृपया प्रधानमन्त्रीलाई अरु कुनै प्रश्न नगर्नु होला

यस्ता केही तथ्यहरु पनि हुन्छन्, जसमा केवल कुनै विरोधाभाष हुँदैनन् । जस्तै-

–‘श्री ४२०’ को राज कपुर-नर्गिसको युगल गीत ‘प्यार हुवा, इकरार हुवा’ हिन्दी सिनेमामा मनमोहक रोमान्टिक गीतको रुपमा कायमै छ ।

–‘मुगल–ए–आजम’ मा मधुवालाको ‘प्यार किया तो डरना क्याँ’ जस्तो अनौठो नृत्यगानमा उनको नाँचजस्तो अद्भूत सौन्दर्यको निखार भएकी महिला त्यसअघि वा पछि देखिएन ।

–राहुल द्रविड जस्तो भव्य ‘कभर–ड्राइभ’ खेल्न सक्ने ब्याट्सम्यान भारत वा अरु कुनै देशमा कहिल्यै कतै भएनन् ।

ठीक त्यस्तै– नरेन्द्र मोदी स्वतन्त्र भारतले जन्माएको सबैभन्दा ठूला ‘डेमागग’ मात्र हैनन्, लर्ड क्रुनेजपछि भारतले पाएका सबैभन्दा शक्तिशाली शासक पनि हुन् ।

यो कुरामा कुनै आशंका वा विरोधाभाष हुनै सक्दैन । जवाहरलाल नेहरु, इन्दिरा गान्धी, राजीव गान्धी, पिभी नरसिंह राव र निश्चय नै मनमोहन सिंहले पनि, कसैले आज नरेन्द्र मोदीले पाएजस्तो शक्ति र संवैधानिक समीकरणको अभ्यासमाथि पूर्णारोहणको आनन्द पाएका थिएनन् ।

हाम्रो जस्तो संसदीय लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री शक्तिका तत्वहरुलाई पहिला गणना गरौं ।

पहिलो र प्रमुखः क्याबिनेटमा प्रधानमन्त्री मोदीको प्रभुत्व हो । मोदीको जत्तिको अरु कुनै पनि प्रधानमन्त्री क्याबिनेटमा एकछत्र थिएनन् । नेहरुले सरदार बल्लभ भाई पटेलसँग शक्ति र अधिकार बाँडफाँड गर्नु पर्थ्यो । उनीसँग मौलाना आजाद थिए, जसले नेहरुलाई चेक गरिरहेका हुन्थे । पछि त्यहाँ गोविन्द बल्लभ पन्त भए जसको आफ्नै प्रकारको सोच र तौल थियो ।

इन्दिरा गान्धीले मुराजी देसाईसँग झगडा गर्नु पर्थ्यो । जगजीवन राम र वाइवी चावनबाट प्रतिरक्षित गर्नु पर्थ्यो । आर बैकटरमण, कमलापति त्रिपाठी आदिको सम्मान र खातिरदारी गर्नुपर्थ्यो ।

राजिव गान्धी आफैंले अर्जुन नेहरुको छत्रछाया स्वीकार गरेका थिए । पिभी नरसिंह रावलाई अर्जुन सिंहले कहिल्यै प्रधानमन्त्रीय उच्चताबोधको अवसर दिएनन् । अटल बिहारी बाजपेयीसँग उनको खुट्टामा नत्थी लगाउन लालकृष्ण अडवानी थिए । मनमोहन सिंहसँग प्रणव मुखर्जी र ए.के. एन्टोनीजस्ता प्रतिस्थापन गर्नै नमिल्ने सहकर्मीहरु थिए ।

हरिश खरे

 

यसको ठीक उल्टो- नरेन्द्र मोदीले कुनै पनि क्याबिनेट सहकर्मीलाई यस्तो सोच्न दिएका छैनन् कि उनीहरु प्रधानमन्त्रीको संरक्षकत्वभन्दा बाहिर स्वतन्त्र प्रोफाइल भएका व्यक्तित्व हुन् । शंकालु सुष्मा स्वराजलाई ६ महिनाभित्रै उनको साइजमा झारियो । विचरा राजनाथ सिंह, उनलाई सधैं यो भ्रम परेको छ कि उनी मन्त्रीमण्डलभित्रका सबैभन्दा वरिष्ठ सदस्य हुन्, तर उनको वरिष्ठता नाम मात्रको छ ।

अरुण जेटली र सुष्मा स्वराजको निधनपछि त्यहाँ त्यस्तो कुनै क्याबिनेट मन्त्री छैन जसले मन्त्रीमण्डलबाट निस्केर एक हप्ता पनि आफूलाई राजनीतिक रुपमा जीवन्त राख्न सकोस् । नरेन्द्र मोदी आफ्नो क्याबिनेटभित्र जेजस्तो मठाधीश बनेका छन्, त्यस्तो अरु कोही प्रधानमन्त्री थिएनन् ।

क्याबिनेटपछि अरु दुई महत्वपूर्ण राजनीतिक एकाई हुन्छन् । पार्टी संसदीय दल र सत्तारुढ पार्टीको संगठनभित्रको संस्थापन पक्ष, जसले प्रधानमन्त्रीको पखेटा उखाड्न सक्दछन् । मोदी अगाडिका सबै प्रधानमन्त्रीहरुले पार्टी प्रमुखसँगको सहकार्य र सहज सम्बन्धका लागि अनेक तालतिकडम गर्नु पर्थ्यो । सबै प्रधानमन्त्रीहरुले संसदीय दलको बथान असन्तुष्ट नहोस् र शान्त रहोस् भन्नाका लागि पापड पेलिरहनु पर्दथ्यो ।

यी दुवै मामिलामा मोदी निर्धक्क भएर बेवास्ता गर्न सक्दछन् । बरु भाजपा प्रधानमन्त्रीका रुपमा मोदीले नागपुर आरएसएस संस्थापन पक्षको झन्झट सामना गर्नुपर्ने हुन्छ । मोदीले उनीहरुलाई पनि सजिलैसित मिलाउने र साइजमा राख्ने गरेका छन् ।

अल्झो हाल्न सक्ने अन्य अर्को संवैधानिक संस्थाहरु विवेकपूर्ण निगरानी गर्ने राष्ट्रपति भवन, संसदप्रतिको जवाफदेहिता, बाटो बिराएको नबिराएको हेर्ने न्यायपालिका र निष्पक्ष नियमभित्र बसेर खेल्न लगाउने स्वतन्त्र निर्वाचन आयोग हुन् । यी सबैलाई शक्ति र प्राधिकारको सन्तुलनमा राखिएको छ ।

प्रधानमन्त्री एक्लै दौडिने अधिनायक बन्न पाउँदैनन् भनिन्छ । तर, राजनीतिक अनुशासनहीन उद्देश्य पुरा गर्न अनुशासनयुक्त भएर, राजनीतिक पराक्रम र निर्ममताका साथ प्रधानमन्त्री मोदीले संवैधानिक संस्थाका सम्भावित अवरोधहरुलाई सीमित गरिदिएका छन् । मुख्यतः उच्च न्यायलयबाट हुन सक्ने अनुपालना र अप्ठ्यारोबाट बाहिर निस्कन मोदी असाधारण रुपमा प्रविण छन् ।

प्रधानमन्त्री मोदीले मिडियालाई ‘शक्ति सामु सत्य बोल्नु’ पर्ने संस्थागत दायित्वबाट मुक्त गर्दिएका छन् । जब मिडिया विरुद्धमा जान्थ्यो, यसअघिका कुनै पनि प्रधानमन्त्रीलाई अघि बढ्न अहिलेजस्तो सजिलो हुँदैनन्थ्यो । हामीले यो पनि बिर्सन हुँदैन कि कुनै पनि प्रधानमन्त्रीले अहिलेको जस्तो दृढनिश्चयहीन विपक्षी नेता भएको अवसर पाउँदैनथे । यी सबै पक्षबाट मोदी एक पूर्ण प्रधानमन्त्री हुन् ।

देशभित्र मात्र हैन बाहिर पनि मोदी आफ्ना लोकतान्त्रिक समकक्षीभन्दा माथि छन् । डोनाल्ड ट्रम्पलाई नै हेरौं, ती मान्छेले हप्तैपिच्छे आफ्नोबारेमा आफैं बखान गर्नु पर्दछ । मिडियासँग झगडा गर्नु पर्दछ । सामाजिक सञ्जालसँग डराउनु पर्दछ ।

यहाँ भारतमा मोदीको विरुद्धमा अमैत्रीपूर्ण ट्वीट गर्ने साहस कसैले गर्दैन । गरे कम्तीमा राजद्रोहको मुद्दामा जेल जानुपर्ने हुन्छ । मोदीले नियमित पत्रकार सम्मेलनको सामना गर्नुपर्छ भन्ने आँट यहाँ कसैले गर्दैन । ट्रम्पले बारम्बार पत्रकार सम्मेलनको सामना गर्नुपर्दछ । ट्रम्पलाई जस्तो मोदीलाई उनका नीति र नेतृत्वबारे प्रश्न गर्ने सहजता छैन ।

यो कुरामा कुनै शंका छैन कि समकालीन विश्वमा मोदी लोकतान्त्रिक तरिकाले निर्वाचित भएका सबैभन्दा शक्तिशाली नेता हुन् । दृश्य, अदृश्य दुश्मनहरुले सृजना गर्ने अनिश्चितता र उपद्रोको युगमा भारतका लागि यो एउटा ठूलो वरदान हो । अहिले हामीलाई यो भनिँदैछ कि उनले हाम्रा लागि ६ दशकमा हुन नसकेका उपलब्धिहरु केवल ६ वर्षमा उपलब्ध गराएको छन् भनेर पत्याउन जरुरी छ । ६ वर्षभित्र, पटरीबाट उत्रिएका हाम्रा राष्ट्रिय गौरवको यात्रा र महानता फेरि फर्केको छ ।

यो स्वभाविक र तर्कसंगत कुरा हो कि यस्तो सर्वाधिक शक्तिशाली प्रधानमन्त्री ‘सर्वैसर्वा शासक’ भएर आउँछ । यस्ता शासकहरुले इतिहासमा महान परिवर्तनकारी नेताको स्थान पाउन सक्दछन् । स्वभाविक हो कि यस्ता नेताहरुले केही गल्ती पनि गर्दछन् । इतिहासमा त्यस्तो कुनै शासक देखिन्न जसले कुनै गल्ती नगरेको होस् । जस्तो कि हाम्रो पुरानो भनाई छ– यदि अम्लेट बनाउनु छ भने अण्डाहरु त फुटाउनु नै पर्छ, कति वटा अण्डा फुटाइयो कसले गनी बसोस् ?

यहाँ प्रधानमन्त्रीय निरंकुशताको बहस अथक छ । यस्तो बेला मोदी शासनप्रति प्रश्न गर्ने व्यक्ति र संस्था निरुत्साहन हुनु अस्वभाविक हैन । जस्तो कि केही मन्त्रीहरु भन्दैछन्– कांग्रेस नेताहरुले कोरोना भाइसरसँगको युद्धबारे मोदी सरकारको असजहताबारे प्रश्न उठाएर राष्ट्रिय संकल्पलाई कमजोर बनाइरहेका छन् ।

जबसम्म हाम्रा नेहरुवादी उदारवादीहरुले प्रधानमन्त्रीको निरंकुशतालाई फिर्ता गर्ने कल्पनाशीलता र साधन प्राप्त गर्दैनन्, हामीसँग हाम्रा वरदानहरुको गणना गर्नु बाहेक अरु उपाय नै के छ । हामीले हाम्रो बलियो नेतृत्व लाभांशका लागि कृतज्ञ हुनै पर्छ ।

कृपया, अरु कुनै प्रश्न नगर्नु होला ।


Your Views
Related News