काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले कोरोना संक्रमणलाई हल्का रुपमा लिन नहुने टिप्पणी गरेका छन्।

रिमाल सहित प्रधानमन्त्री ओलीका ३ वटै सल्लाहकारलाई कोरोना संक्रमण देखिएको थियो।

५ दिनमै कोरोनालाई जितेका रिमालले सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमणबारेको आफ्नो अनुभव सेयर गरेका छन्।

कोरोनालाई केही होइन भन्नु अतिरञ्जना भएको उनको टिप्पणी छ।

रिमालले फेसबुकमा यस्तो लेखेका छन्।

मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो

सहयोग, ऐक्यबद्धता र शुभेच्छाका लागि सबैमा हार्दिक आभार!

कोरोनाको अनुभव व्यक्ति(व्यक्तिमा फरकफरक छ। कोही लक्षणसहितको संक्रमित हुनुहुन्छ। उहाँहरुको अनुभवले भन्छ- यसले पीडा दिन्छ, गाल्छ। ज्यानै गए अन्तिम अवस्थामा आफन्तहरुले मुखसमेत हेर्न पाउँदैनन्। कोही लक्षणबिनाको संक्रमित हुनुहुन्छ। हप्ता/दश दिनमा भाइरसमुक्त! उहाँहरुको अनुभवमा कोरोना त केही नै हैन रहेछ! पानीसानी खायो खलास्!

म पनि कोरोना संक्रमित भएँ। सतर्क रहँदारहँदै पनि कसरी संक्रमित भएँरु केवल अन्दाजै मात्र छ। लक्षणबिनाको संक्रमित-पहिलो दिन अलिअलि चिन्ता लाग्यो। आफ्नोभन्दा पनि आफ्नो परिवारका सदस्यको। संवेदनशील स्थान भएकाले आफूले काम गर्ने ठाँउको र होम आइसोलेसनमा रहेकाले छरछिमेकको!!!

मनमा आयो-अब के होला, अरुहरुले के सोचिरहेका होलान्रु कसैलाई केही भइहाले म कति दोषाी ठहरिउँलारु आदि।

सिङ्गो अवधिभरि केही पनि अप्ठ्यारो महसुस नगरी मैले आइसोलेसनको अवधि आज पार गरें। दोश्रोचोटिको पिसिआर परिक्षणबाट परिणाम “नेगेटिभ” आयो। खुसी लाग्यो, म कोरोनामुक्त भएँ।

मेरो अनुभवले भन्छ-कोरोना केही होइन भन्नु अतिरञ्जना हो। र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो। तरीका पुर्‍याउँदा यो महामारीको असर अति न्यून हुन्छ। लापर्बाहीमा ज्यानै जान्छ।

त्यसैले यस महामारीले पहिलो कुरा, अनुशासनको माग गर्छ। दोश्रो, संक्रमितको उच्च मनोबल र तेश्रो धैर्यताको माग गर्छ।

यस्तो बेलामा आउने सल्लाहरसुझावहरु पनि रंगिविरङ्गी हुन्छन्। मन आत्तिएका बेला आएजति सबै सल्लाह पालन गर्छु, भनेजति सबैथोक खान्छु भन्नेतिर लागियो भने भद्रगोलमा परिन्छ।

त्यसैले चिकित्सकीय वा अन्य कुनै पनि सल्लाह, जसमाथि बढी विश्वास छ, उसैको सुझाव फलो गर्नुहोस्। खालखालका सुझावको पछि नलाग्नुस्। मेरो विचारमा, विश्वास-अप्ठ्यारोबाट पार पाउन महत्वपूर्ण आधार हो।

मैले किर्तिपुर आयुर्वेदिक अस्पतालका डा.रामआधार यादवले सुझाउनुभएको आयुर्वेदिक औषधि प्रयोग गरें। जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले दिनुभएको सुझावलाई अपनाएँ। हामी खिसिट्युरी गर्न मज्जा मान्छौं। तर पत्याउनु हुन्छ? मैले त त्यही बेसार, कागती, गुर्जो, अदुवासहितको पानी प्रशस्त पिएँ।

राष्ट्रका अति सम्मानित व्यक्तित्वदेखि विभिन्न तह र तप्काका मलाई माया गर्नुहुने आदरणीय शुभेच्छुकहरुले “छिट्टै निको हुन” दिनुभएको शुभकामनालाई आड भरोसाको रुपमा लिएँ। म मा अरु रोग केही थिएन। दुई चिकित्सकहरुले सुझाउनु भएको उपायले मज्जाले काम गर्‍यो।

एउटा रमाइलो गरौंरु संक्रमणको दोश्रो दिन लेखकरपत्रकार विजय कुमारले फोन गरेर भन्नु भयो– बधाई ब्रदर। मैले सोधें( कुन खुशीमारु उहाँले भन्नुभयो : २/४ दिनमा तपाई ठीक हुनुहुनेछ। त्यसपछि अरु असंक्रमितहरु भ्याक्सिन खाज्दै यताउता भौंतारिने छन्। तपाई आफ्नै शरीरमा पैदाभएको ‘एण्टीबडी’को बलमा ४/६ महिना शानसँग काम गर्न पाउनु हुनेछ। अहिले आराम गर्ने, मेरो किताब- सम्बन्धहरु, पढ्ने ब्रो। मन चङ्गा भयो-कोरोना सल्केर निको भएपछि त काइदाको फाइदा पो हुने रहेछ।

लक्षण युक्त होस् या लक्षणविहीन, कोरोनामुक्त भएपछि के के नै लडाईँ जितेजस्तो अनुभूति हुँदो रहेछ। यस्तो बेलामा सतर्क हुनुपर्ने केही कुरा छन्। जस्तो कि निको हुनेले फुर्तिफार्ती गर्दै ‘मलाई त केही नै भएन, ह्या केही हुँदो रहेनछ, कोरोना न सोरोनाजस्ता हल्का टिप्पणी नगर्नुस्। केही नै नहुने त किन हुन्थ्यो र? कम्तीमा पनि अलि कमजोरी त फिल हुन्छ हुन्छ। महामारीको संक्रमणलाई सामान्यकृत गर्दा अनुशासन भत्किन्छ र त्यसले अनपेक्षित दुस्परिणाम निम्त्याउँछ भन्ने हामी कसैले पनि भुल्न हुँदैन।

आज आफू कोरोनामुक्त हुँदा देशभरका सबै सक्रिय संक्रमित दाजुभाइ दिदीबहिनीहरुलाई मेरा यी अनुभव भन्न चाहन्छु । र, उहाँहरु सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। जो जसले यसअघि नै कोरोनाबिरुद्धको लडाईं जितिसक्नु भयो, उहाँहरु सबैलाई हार्दिक बधाई भन्न चाहन्छु । जसलाई पापी कोरोनाले जित्न दिएन, उहाँहरुप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

चिकित्सक र स्वास्थ्यकर्मीहरु, अग्रभागमा रहेर जीवन जोगाउन अहोरात्र खटी रहनुभएका सम्पूर्ण महानुभावप्रति आदरसम्मान व्यक्त गर्दछु। शीघ्र स्वास्थ्यलाभको शुभेच्छासहित, परिवारका सदस्य झैं मेरो स्वास्थ्यप्रति चिन्तित हुनुहुने सबै आदरणीयहरुमा विनम्र आभार व्यक्त गर्दछु।

म त यस महामारीबाट हाललाई उम्किएँ, तर महामारी अझै फैलिँदो अवस्थामा छ।
आग्रह गर्न चाहन्छु-सतर्क होऔं, अनुशासित बनौं।

चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुझाव पालना गरौं।

कोरानाबाट आफू बचौं र अरुलाई पनि बचाऔं।

यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि कोरोना संक्रमणबारेको आफ्नो अनुभव बाँडेका छन्।

READ MORE NEWS

समुदायको कुन तहसम्म फैलिएको छ कोरोना ?

संक्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु

काठमाडौँ । सरकारले कोभिड– १९ को संक्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबारदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालीमपश्चात टोलीलाई शुक्रबार प्रदेश खटाइएको हो ।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको बताए । अध्ययनबाट नेपालमा समुदायस्तरमा संक्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उनले जानकारी दिए ।

एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ । टोली शुक्रबार सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालीमपश्चात आइतबारबाट रगतको नमूना सङ्कलन गर्नेछ । नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ । संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ ।

गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खासखास ठाउँमा (क्लस्टर) मा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

“नेपालमा अहिले केही जिल्लाका  खासखास ठाउँमा (क्लस्टरं)मा संक्रमण फैलिएको छ”, उनले भने, “अब समुदायको कुन तहसम्म फैलिएको छ भन्ने त अध्ययनबाट थाहा हुन्छ ।” गत माघ १० गते नेपालमा पहिलो पटक संक्रमण देखिएको थियो ।

अहिलेसम्म नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण देखिएको छ । यस्तै ७१ हजार ३४३ जना संक्रमणबाट निको भएको, ५९०  जनाको निधन र २६ हजार ६८४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै अहिलेसम्म २३५ जना आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । महाशाखाले एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । ती समूहले बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर तथा समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलनबाट एन्टिबडी परीक्षण गर्ने छन् ।

यस्तै संक्रमित भएका र नभएकाको पनि एन्टिबडी परीक्षण गर्नेछ । महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वडामा रहेका मानिसको रगत नमूना परीक्षण गरिने बताए । उनका अनुसार एक वडामा १५ जनाको दरले नमूना परीक्षण गरिने छ ।

यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १५० जनाको नमूना सकलन गरी परीक्षण गरिने छ । उनले दशैँ अगाडि सबै नमूना सङ्कलन गरेर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि मन्त्रालयले समुदायस्तरमा संक्रमण फैलिएको भन्नेबारेमा अध्ययन शुरु गरेको हो ।

अध्ययनका क्रममा जति प्रतिशतलाई संक्रमण देखियो त्यतिप्रतिशत नै नेपालमा संक्रमण फैलिएको भन्ने अनुमान गर्न सकिने महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले जानकारी दिए । “संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, महाशाखाका निर्देशक डा पाण्डेले भने, “तर अब अध्ययन गरेपछि मात्र समुदायमा संक्रमण छ वा छैन भन्ने पुष्टि गर्दछ ।”


Your Views
Related News