एजेन्सी, २३ असाेज । अमेरिकामा सुन्दै अचम्म लाग्ने घटना देखिएकाे छ । त्यहाँकाे फिलाडेल्फिया शहरमा गत शुक्रबार करिब १५ सय  चराहरू आकाशबाट अचानक खसेकाे र  तीमध्ये अधिकांशको मृत्यु भएकाे त्यहाँका समाचार माध्यम र चराविज्ञहरूले जनाएका छन् ।

न्यूयाेर्क पाेस्टका अनुसार जाडाे याम सुरू भएर दक्षिणतिर ताताे खाेज्दै उडिरहेका ती चराहरू अचानक फुतुफुतु भुइँमा खसे । यसरी धेरै संख्यामा चराहरू अचानक भुइँमा खसेर मरेकाे देख्दा याे के विनाशकारी संकेत हाे कि भनेर त्यहाँ बासिन्दाहरूमा त्रास छाएकाे बताइएकाे छ ।

हुन त यस्ता घटना यसअघि पनि हुने गरेका थिए । सन् १९४८ मा पनि यस्तै घटना भएको थियो भने सन् २०१२ मा पनि त्यहाँ न्यूजर्सी राज्य र सन् २०१८ मा मिसाैरीमा पनि दर्जनाैँ चराहरू अाकाशबाट खसेकाे समाचारहरू अाएका थिए ।

यसपटक भने फिलाडेल्फियामा हजारभन्दा बढी चार खसेकाे बताइएकाे छ । त्यहाँ वन्यजन्तु सम्बन्धी काम गर्ने स्टिफन म्यासिवेव्स्कीले फेसबुकमा स्टाटस राख्दै अघिल्लो शुक्रवार बिहान ५ बजेदेखि ८ बजेसम्म आफूले ४०० चरा बटुलेको बताएका छन् । उनले लेखेका छन्, ‘अनेकौं चरा आकाशबाट खसिरहेका थिए । के भएको हो, हामीले थाहा पाएनौं । यो निश्चित रूपमा विनाशकारी घटना हो ।’

न्यूयाेर्क पाेस्टले १ हजारदेखि १५ सयसम्म यी चराहरू विभिन्न स्थानमा खसेकाे जनाएकाे छ । यसकाे यकीन तथ्यांक भने दिइएकाे छैन । समाचारहरूका अनुसार कतिपय चराहरू लामाे दूरी उड्दै गर्दा अग्ला भवनमा र भवनमा शिशामा ठोकिएर खसेको बताइएको छ ।

अग्ला भवनका शीशा चराहरूका लागि खतरनाक भएको भन्दै केही समयअघि अमेरिकी संसदमा एक विधेयक पेश गरेर अग्लो भवनमा शीशा प्रयोग गर्न प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको थियो । अमेरिका यसरी बेलाबेला चराहरू भुइँमा खसेर ठूलाे संख्यामा मर्ने गरेकाे र यसले सराेकारवालाहरूमा चिन्ता थपेकाे बताइएकाे छ ।

READ MORE NEWS

सरकार र डा. केसी पक्षकाे वार्ता अनिश्चित, ‘सरकारी टाेलीले समय दिएन’

काठमाण्डाै – सरकारी टोली र डाक्टर गोविन्द केसी पक्षबीच शुक्रबार हुने भनिएको वार्ता अनिश्चित बनेको छ । सरकारी टोलीले वार्ताको समय नतोक्दा अनिश्चित बनेको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।

बिहीबारको वार्ता सकारात्मक भनिए पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । शुक्रबार फेरि बस्ने गरी बिहीबारको वार्ता सकिएको थियो । सुवेदीका अनुसार शुक्रबार सरकारी टोलीसँग वार्ताका विषयमा कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्नुपर्ने जवाफ आएको छ । तर प्रधानमन्त्री ओलीले समय नदिँदा वार्ता अन्योल भएको सुवेदीले बताउनुभयो ।

सरकारी टोलीले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन । डाक्टर केसीको माग सम्बोधन गर्न सरकारले आलटाल गरेको भन्दै उहाँका समर्थक र नेपाल चिकित्सक सङ्घले आन्दोलनको तयारी थालेका छन् ।

सरकारले वार्ताका लागि टोली गठन गरेपछि चिकित्सक सङ्घले आन्दोलन रोकेको थियो । डाक्टर केसी अनशनमा बसेको शुक्रबार २६ दिन भएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर डाक्टर केसी अनशनमा बसेको  यो १९ औँ पटक हो ।

ब्रोकर कार्यालयका कर्मचारीमा कोरोना देखिन थाल्यो, शेयर सम्बन्धी काम अनलाइन मार्फत गर्न ब्रोकर्स एशोसिएसनको आग्रह

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालले कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरि विद्युतीय माध्यमबाट शेयर कारोबार गर्न आह्वान गरेको छ । एशोसिएसनले शुक्रबार एक विज्ञप्ती जारी गर्दैयस्तो आह्वान गरेको हो । शेयर सम्बन्धी कुनै पनि काम गर्न विद्युतीय माध्यम प्रयोग गर्न एशोसिएसनको आग्रह रहेको छ ।
ब्रोकर कार्यलयमा लगानीकर्ताको चाप पनि बढ्दै गएको र कोरोनाको जोखिम पनि बढ्दै गएको अवस्थामा कर्मचारीहरुलाई पनि जोखिम हुदै गएको छ । त्यसपछि एसोसिएसनले विज्ञप्ती नै जारी गरेर अनलाइन मार्फत कारोबार गर्न आग्रह गरेको हो ।
अहिले कतिपय ब्रोक्रर कार्यलयका कर्मचारीलाई कोरोना देख्खी सकेको छ । त्यो अवस्थामा भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाटनै गर्न उसले आग्रह गरेको छ ।

महिनैपिच्छे जुम्लामा मन्त्रीको लर्को


Your Views
Related News