आँखा किन फर्फराउँछ ?


पुरुषको दाहिने र महिलाको देव्रे आँखा फर्फराउनुलाई शुभ मान्ने विश्वास रहँदै आएको छ । तर, ठीक विपरीत भयो भने अशुभ मानिन्छ ।

तर, विज्ञानले आँखा फर्फराउनुलाई स्वास्थ्य अवस्थासँग जोडेर हेर्ने गरेको छ । आँखारोग विशेषज्ञ डा.इनुप्रसाद ढुगेंल भन्छन् : आँखा फर्फराएको छ भने आँखामा स्वास्थ्य समस्या भएको बुझ्नुपर्छ । सुक्खा हुने, विभिन्न इन्फेक्शन हुने, एलर्जी हुने, रातो हुने, सुन्निने तथा आँसु बढी आउने समस्या फर्फराउने संकेतसँग जोडिएको छ । आँखा फर्फराउने संकेतसँग मानसिक तनावको पाटो पनि जोडिएको हुन्छ ।
मानसिक तनाव धेरै लिने मानिसको आँखा धेरै फर्फराउने गर्छ भने कम मानसिक तनाव लिनेहरुमा तुलनात्मक रुपमा कम फर्फराउने हुन्छ । आँखामा कुनै प्रकारको चोट या दुखाइ छ भने पनि फर्फराउने समस्या देखिन्छ ।

आँखालाई बढी दबाब हुने गरी काम गर्दा पनि यस्तो समस्या निम्तिएको पाइन्छ । कहिलेकाहीँ आँखाको ढकनीभित्र परेला टाँसिएको अथवा आँखाभित्र परेला घुसेको छ भने पनि आँखा फर्फराउन सक्छ ।

आँखा फर्फराउनुलाई कुनै शुभ या अशुभ संकेतको रुपमा नलिएर रोगको प्रकृति भएको बुझ्नुपर्छ । लामो समय आँखा फर्फरायो भने चिकित्सककहाँ जानैपर्छ । फर्फराउने समस्याबाट मुक्त हुन एउटा इन्जेक्सन दिइन्छ । यो इन्जेक्सन लगाएपछि फर्फराउने समस्या अन्त्य हुन्छ ।

READ MORE NEWS

कलंकीमा अत्याधुनिक होलसेल बिजनेश ट्रेड सेन्टर

काठमाडौं– नेपालमै पहिलोपटक काठमाडौंको कलंकीमा सबैभन्दा ठूलो, अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात नेशनल बिजनेश ट्रेड सेन्टर सञ्चालनमा आएको छ ।

सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न बिजनेश कम्प्लेक्स निर्माण गरिएको हो । मध्यम वर्गीय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्देश्यका साथ यस यस नेशनल बिजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको हो ।

काठमाडौंको कलंकी र बल्खुको बीचमा भाटभटेनीको नजिकै रहेको यस बिजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सक्नु हुन्छ । पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेसनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामुनि करिब ९ सय वटा पसल सटरहरु रहेका छन् ।

गुणस्तरीय सामान सर्वसुलभ मूल्यमा उपलब्ध गराउने हेतुले सञ्चालित यस बिजनेश कम्प्लेक्समा महिला र पुरुष दुवैका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, ब्याग, कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, अन्डर गार्मेन्ट, टावेल, ब्लयाङ्केट, कस्मेटिक्स, गिफ्ट आइटम इत्यादि सामानहरु एउटै छानामुनि सरल र सुलभदरमा खरिद गर्न सकिने छ ।

मिलाल्याण्ड डेम्लप्मेन्ट प्रालिद्वारा प्रबद्र्धित यस कम्प्लेक्स करिव २२ रोपनीमा फैलिएको छ ।

कम्प्लेक्समा ३ वटा सिनेमा हल, करिब १० हजार स्क्वायर फिटका फुड कोर्ट, ६८ हजार स्वाक्यर फिटको कर्पाेरेट अफिसलगायतका पूर्वाधारहरु निर्माणका क्रममा छन् ।

के केटीहरू हाँस्नु नै फस्नु हो?


Your Views
Related News
POPULAR
Recently
           

About Us

Powered by " Naya Nepal Media Pvt. Ltd. "

Reg No : In Progress..

Director and editor

Aaditya Nepal : 9810040243