सिन्धुली । दशैं तिहारमा जिल्ला बाहिरबाट भित्रिने नागरिकका कारण कोभिड १९ को जोखिम बढ्ने र त्यसको नियन्त्रणमा समस्या आउने आँकलन सिन्धुलीले दर्शै तिहार कोभिड योजना बनाएको छ । मंगलबार बसेको जिल्ला स्तरको सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय अनुसार जिल्लामा भित्रने नागरिकको निगरानी, स्वास्थ्य सुरक्षा लगायतका विषयमा काम गर्नका लागि हरेक ८९ वटा वडामा वडा स्तरको कोभिड १९ व्यवस्थापन तथा सहजीकरण समिति र टोल टोलमा एक्सन टिम निर्माण गरिने भएको छ । एक्सन टिम र कोभिड १९ व्यवस्थापन टिम ५/५ सदस्यीय रहने छन ।

जसका लागि सबै पालिकामा पत्राचार समेत भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए । उनका अनुसार कोभिड संक्रमणको अवस्था भयावह बन्न सक्ने भएकाले नागरिकको स्वास्थ्यलाई मध्येनजर गरि समितिहरु निर्माण गरि काम थालिएको हो । जिल्लाका नौ वटै स्थानीय तहका सबै वडामा वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्य चौकीको प्रतिनिधि, प्रहरी चौकीको प्रतिनिधि, राजनीतिक दलको प्रतिनिधि, महिला स्वयम् सेविका, स्थानीय समाजसेवी रहने गरि कोभिड १९ व्यवस्थापन तथा सहजीकरण समिति निर्माण गरिने छ ।

यस्तै ४० देखि ५० घर समेट्ने गरि प्रत्यक्ष निगरानी गर्न र स्वास्थ्यमा समस्या आएमा उपचारका लागि स्वास्थ्य संस्था पु¥याउने, ट्रयाकिङ गर्ने, सूचना प्रवाह गर्ने गरि एक्सन समिति निर्माण गरिने भएको हो ।

एक्सन समितिले आफ्नो क्षेत्रमा को को जिल्ला बाहिरबाट भित्रिए, उनीहरुको स्वास्थ्य अवस्था के छ ? उनीहरुको आवतजावतको अवस्था के छ ? भनि निगरानी गर्ने छ भने कोहि विरामी परेमा स्वास्थ्य संस्थामा पु-याउन वा चेकजाँचका लागि समन्वय गर्ने काम गर्ने छ ।

जिल्लामा भित्रनेहरुको तथ्यांक लिनुका साथै सम्भावित जोखिमलाई कम गर्नका लागि उक्त योजना बनाई कार्यान्वयनका लागि सबै स्थानीय तहलाई पत्र पठाईएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन् । कमलामाई नगरपालिका लगायतका स्थानीय तहले कार्यान्वयन सुरु गरिसकेको जानकारी दिएको उनले बताए ।

यस्तै दशैं तिहार लगायतका चाडवाडलाई लक्षित गरि प्रशासनले आइसोलेट, क्वारेन्टाईन लगायतका मापदण्ड पनि बनाएको छ । जोखिमलाई मध्येनजर गरि होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राख्ने व्यवस्थालाई समेत व्यवस्थापन गरिने गरि काम हुन थालेको पनि पाण्डेले बताएका छन ।

यस्तै जिल्लामा धेरै मानिसको भेला हुने, खेलकुद, सार्वजनिक कार्यक्रमहरु गर्ने, विद्यालय खोल्ने लगायतका भिडभाड हुने कार्य नगर्न नगराउन पनि प्रशासनले अनुरोध गरेको छ । यो सँगै मास्कको प्रयोग, दुरी कायम र सेनिटाईजर प्रयोग तथा हात धुने कुरालाई अनिवार्य समेत गरेको छ ।

कार्ययोजना सहित गरिएको निर्णयले कोभिड नियन्त्रणमा मद्दत पुग्ने पनि प्रजिअ पाण्डेले बताए । उनका अनुसार कार्तिकको पहिलो साताबाट कोभिड १९ परिक्षणको दायरा बढाईने, ५ वेडको आसियु सहितको ५० शैयाको आइसोलेसन सञ्चालनमा आउने र थप वेडको व्यवस्थापन समेत गरिरहेको पनि उनले जनाएका छन । उनले पिसिआर मेसिन समेत जडानको लागि काम अगाडि बढेको जानकारी दिए ।

READ MORE NEWS

चिकित्सकले भने – ट्रम्प सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्छन्

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ को उपचारको अवधि पूरा गरेको र यस साताको अन्त्यदेखि नै सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

ट्रम्पका चिकित्सक डा. सियन कोन्लेले राष्ट्रपति ट्रम्प अहिले ‘निकै राम्रो’ र स्वास्थ्य स्थिर रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले शुक्रबार सम्भवत: अर्को कोभिड परीक्षण गराउने र साताको अन्त्यदेखि नै चुनावी र्‍यालीहरुमा सहभागी हुने आशा व्यक्त गरेका छन् ।

त्यसैगरी राष्ट्रपति ट्रम्पले आगामी बिहीबार हुने दोस्रो टेलिभिजन डिबेटमा सहभागी नहुनेसमेत बताएका छन् ।

आयोजकले ट्रम्पक र उनका डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनबीचको निर्धारित बहस इन्टरनेटको माध्यमबाट गरिने बताइएपछि ट्रम्पले आफूलाई त्यो मान्य नहुने बताएका हुन् ।

आयोजकहरूले अक्टोबर १५ तारिखमा हुने बहसमा संलग्‍न सबैको ‘स्वास्थ्य र सुरक्षाको निम्ति’ दुवै प्रतिस्पर्धीलाई फरक-फरक स्थानबाट सहभागी गराइने बताएका थिए ।

त्यसबाट आक्रोशित राष्ट्रपति ट्रम्पले फक्स बिजनेश च्यानललाई दिएको फोन अन्तर्वार्तामा ‘समय खेर फाल्न आफू त्यसमा सहभागी नहुने’ बताएका हुन् ।

आगामी डिबेट के हुने भन्‍नेबारे अन्योलता देखिएको छ ।

त्यसैगरी हाउस अफ रिप्रेजेन्टेटिभकी स्पिकर न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाप्रति गम्भीर प्रश्‍नहरु अनुत्तरित रहेको बताएकी छन् । उनले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था मूल्यांकनका लागि शुक्रबार संसदमा एक आयोग गठन गर्नेसमेत बताएकी छन् ।

पेलोसीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत भनेका छन्,”म्याडम पेलोसी ‘पागल’ भइन् ।”

बिहीबार व्हाइट हाउसबाट जारी गरिएको स्वास्थ्य अवस्थासम्बन्धी जानकारीमा चिकित्सक डा. कोन्लेले भने, “राष्ट्रपति ट्रम्पको स्वास्थ्यमा व्यापक सुधार भएको छ । उनलाई अहिले कुनै लक्षण देखिएको छैन ।”

ट्रम्प चुनावी र्‍यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक

वासिङ्टनपी । अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्‍यालीका लागि भने तयार रहेको बताएका छन् ।

गत शुक्रवार कोरोना भाइरसबाट संक्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीवार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका छन् ।

उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौं व्यक्ति संक्रमित भएका छन् ।

राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि गत शुक्रवार अस्पताल गएका थिए भने सोमवार निवास फर्किएका थिए ।

निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् ।

उनका फिजिसियन सेन कोन्लीले शनिवारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिएका हुन् ।

स्थानीय समय अनुसार बिहीबार राती फक्स न्युजलाई दिएको अन्तरवार्तामा उनले शनिवार फ्लोरिडामा हुने र्यालीमा आफू सहभागी हुन चाहेको बताएका छन् ।

टेलिफोनबाट गरिएको अन्तरवार्ताका क्रममा उनले आफू कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिएका थिए  ।

सोही अन्तरवार्तामा राष्ट्रपतिय बहसमा भने आफू सहभागी हुन नचाहेको उनले बताएका थिए ।

राष्ट्रपतीय बहस आयोगका अधिकारीहरुले यही अक्टोबर २२ तारिखका दिन दोस्रो बहस आयोजना गर्ने तयारी गरे पनि ट्रम्पले अनिच्छा देखाएपछि बहस अन्यौलमा परेको हो ।

उनीहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धी बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्रेटिको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् ।

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको साथमा वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको साथमा सिनेटर कमला ह्यारिस रहेकी छन् । उनीहरुका बीचमा पहिलो बहस बिहीवार भएको थियो ।


Your Views
Related News