काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धको खोप निष्पक्ष रुपमा साझेदारी गर्न चीन डब्लूएचओले नेतृत्व गरिरहेको कोभ्याक्स योजनामा आवद्ध हुने भएको छ।
बिहवार चीनका विदेशमन्त्री वाङ यीले गाभी नामको भ्याक्सीन गठबन्धसँग सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । गाभीले डब्लूएचओसँग मिलेर कोभ्याक्स योजनाको सह–नेतृत्व गरिरहेको बताएको छ।
‘चीनले विकास गरेको खोप विश्वभरका देशलाई प्रदान गरिनेछ। सार्वजनिक हितको लागि हामी प्रतिज्ञा गर्दछौं। विकासोन्मुख देश यो योजनाको प्राथमिकतामा पर्नेछ।’ चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भनेकी छन् ।
READ MORENEWS
‘नयाँ उसेन बोल्ट’ : जसले तोड्न सक्नेछन् बोल्टको दुई विश्व रेकर्ड
जमैकन धावक उसेन बोल्टले संन्यास लिएको तीन वर्ष भइसकेको छ। ट्र्याकबाट अलग भए पनि मानिसहरू बोल्टलाई पछ्याइरहेका हुन्छन्। किनभने बोल्टको गतिमा कुद्ने अर्को धावक यो संसारमा अहिलेसम्म छैनन्।
एक दशक विश्व ‘स्प्रिन्ट’मा राज गरेका बोल्टले ‘तीव्र गतिमा दौडन सजिलो हुन्छ’ भन्ने सन्देश दिए। त्यो भन्दा बढी उनले दौडलाई रमाइलो बनाए।
बोल्ट विश्व एथ्लेटिक्सबाट बिदा भएसँगै अब उनको स्थान अमेरिकाकी धावक नोआ लाइल्सले लिने विश्लेषण गर्न थालिएको छ। कतिपयले उनलाई ‘न्यू उसेन बोल्ट’ को संज्ञा समेत दिएका छन्।
२३ वर्षीय लाइल्सले एक वर्षअघि दोहामा भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा २ सय मिटर दौडमा स्वर्ण जितेर आफूले विश्व एथ्लेटिक्समा कडा चुनौती पेश गर्ने सन्देश दिइसकेका छन्।
बोल्टको उमेरअनुसारको प्रदर्शनसँग तुलना गर्ने हो भने लाइल्सले भविष्यमा सय र दुई सय मिटरमा विश्व कीर्तिमान बनाउन सक्ने तथ्याङकले देखाएको छ।
सय मिटरमा ९.८६ सेकेन्ड र दुई सय मिटरमा १९.५० सेकेन्ड लाइल्स व्यक्तिगत उत्कृष्ट टाइमिङ हो।
सन् २०१४ मा चीनको नान्जिङमा भएको युथ ओलम्पिकदेखि नै लाइल्सले अमेरिकी एथ्लेटिक्स टिममा प्रभाव जमाउन थालेका थिए। त्यति बेला उनले दुई सय मिटरमा स्वर्ण जितेका थिए। दुई वर्षपछि उनले विश्व यु-२० च्याम्पियनसिपमा सय र चार गुणा सय मिटर रिलेमा स्वर्ण जित्न सफल भए।
त्यति वर्ष उनी रियो ओलम्पिकमा छनोट हुन भने असफल भएका थिए। छनोटमा ०.०९ सेकेन्डले पर्दै चौथो भएछि उनको ओलम्पिक खेल्ने सपना पूरा हुन सकेन।
सन् २०१८ मा लाइल्सले दुई सय मिटर दौड १९.७ सेकेन्ड भन्दा कम समय चार पटक दौडिएका थिए। यस्तै २०१८ मा उनले सय मिटर दौड ९.८८ सेकेन्डमा पूरा गरेका थिए। जुन प्रदर्शन सन् २०१७ को वर्षको रेकर्ड भन्दा राम्रो टाइमिङ हो।
उमेर अनुसारको प्रदर्शनको तुलना गर्ने हो भने बोल्टभन्दा लाइल्स अघि देखिएका छन्। लाइल्सले २१ वर्षकै उमेरमा सय मिटरमा आफ्नो उत्कृष्ट टाइमिङ निकालेका थिए। जबकी बोल्टले २२ वर्ष उमेर पूरा गरेपछि राम्रो टाइमिङमा दौडन थालेका थिए। २२ वर्षको उमेरमा उत्कृष्ट टाइमिङ निकाल्ने क्रममा बोल्टले १९.७ सेकेन्डमा सय मिटर दौड पूरा गरेका थिए।
लगातार उत्कृष्ट प्रदर्शन गरेका लाइल्सले सन् २०२० को टोकियो ओलम्पिकमा आफ्नो जादू देखाउने आँकलन गरिएको थियो। तर कोरोना भाइरसका कारण ओलम्पिक एक वर्ष धकेलियो।
कोरोनाले ओलम्पिक सर्दा लाइल्स निराश बने। तर अहिले फेरि विश्व खेलकुद चलायमान हुँदा लाइल्स उत्साहित बनेका थिए।
‘अहिले निकै उत्साहित छु, महामारीपछि रंगशाला भित्रको ट्र्याकमा दौडने अवसर पाएको छु,’ २३ वर्षीय धावकले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अफिसियल च्यानलसँग कुरा गर्दै भनेका छन्,’मलाई कुद्ने आधिकारीक समय चाहिएको थियो। अब साँच्चै नै तीव्र गतिमा दौडने प्रयास गर्नेछु।’
गत वर्ष दुई सय मिटरको विश्व विजेता बनेपछि उनी कतारको ट्र्याकमा निकै उत्साहित देखिएका थिए। दर्शकलाई नाच्दै-गाँउदै मनोरञ्जन प्रदान गरेका थिए।
जसका कारण उनी चर्चित बन्दै ओलम्पिकका दाबेदार मानिए। तर तोकिएकै ओलम्पिक नहुँदा ड्रिप्रेसन हुने अवस्थामा पुगेको उनले ओलम्पिक च्यानलसँगको कुराकानीमा बताएका छन्।
तर अबको एक मात्र लक्ष्य विश्व रेकर्ड बनाउने उनको भनाइ छ।
हालै भएको डाइमन्ड लिगमा सय मिटर र दुई सय मिटटरमा सफल भएपछि उनले सन् २०२१ मा टोकिइमा हुने ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्य मात्र होइन कीर्तिमान बनाउने लक्ष्य राखेका छन्।
उनी यसअघि के भइएको थियो भन्ने सम्झानाहरुबाट मुक्त हुन चाहन्छन्। अमेरिका र विश्वलाई कसैको पथमा नभइ आफ्नै पौरखमा अघि बढेको देखाउन चाहन्छन्।
‘म धेरै पटक विश्व कीर्तिमान तोड्ने योजनामा छु,’ उनले भने, ‘सय मिटरमा ९.५० सेकेन्ड हुन सक्छ। दुई सय मिटरका लागि १८ सेकेन्डमा दौडनका लागि प्रयास गर्छु।’
उनले अघि भनेका छन्,’मलाई लाग्छ यसपछि मलाई मानिसहरूले बोल्टसँग तुलना गर्न छाड्नेछन्।’
मुस्ताङमा भेडा-च्यांग्राको भाउ महंगियो
जोमसोम : विश्वव्यापी महामारीको रुपमा उत्पन्न कोरोना भाइरसको जोखिम यथावत रहिरहेको अवस्थामा हिमाली जिल्ला मुस्ताङमा दसैं लक्षित भेडा-च्याङ्ग्रा खरिद/बिक्रीको व्यापार बुधबारदेखि गर्मिन थालेको छ । भेडा/च्याङ्ग्रा खरिद गर्न जिल्ला बाहिरका व्यापारी यसवर्ष पशुपालक किसानको खोर /खोरमै धाउन थालेका छन् ।
बिहीबारसम्म करिब ३ दर्जन बढी भेडा/च्याङ्ग्रा मुस्ताङ आएको पाइएको छ । पोखरा-काठमाडौंलगायतका सहरमा पुर्याउने उद्देश्यले भेडा-च्याङ्ग्रा खरिद गर्न व्यापारी जोमसोमदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म पुगेका छन् ।
कोरोना माहामारीका कारण उत्तरी कारलानाकाबाट तिब्बती भेडा/च्याङ्ग्रा नआएपछि मुस्ताङका पशुपालक किसानले पालेको स्थानीय भेडा/च्याङ्ग्राको मुल्य गर्मिएको हो । उपल्लो मुस्ताङका विभिन्न ग्रामिण भेकमा पालन गरिएका भेडा—च्याङ्ग्रा स्थानीयले जोमसोम ल्याएर व्यापारीलाई बिक्री गर्दै आइरहेकोमा यसवर्ष भने व्यापारीहरु पशुपालकको खोरमा पुगेर खरित्ने गरिएकाले स्थानीय भेडा-च्याङ्ग्राको भाउ बढेको हो । भेडा—च्याङ्ग्रा खरिद गर्न पोखरा/काठमाडौं,पर्वत,तनहुँ ,स्याङ्जा ,बाग्लुङ र म्याग्दीलगायतका जिल्लाबाट मुस्ताङ आएका हुन् ।
गतवर्ष मुस्ताङमा २३ हजार भेडा/च्याङ्ग्रा जिल्ला बाहिरिएको थियो । तर, यसवर्ष कोरोना कहरका कारण गतवर्षको तुलनामा ३३ प्रतिशत मात्र भेडा—च्याङ्ग्रा मुस्ताङबाट बाहिरिने सम्भावना रहेको जोमसोमका स्थानीय पशुपालक किसान भुपेन्द्र शेरचनले जानकारी दिए ।
यसवर्ष तिब्बतबाट भेडा-च्याङग्रा नआएकाले मुस्ताङमा च्याङ्ग्राको भाउ महंगिएको उनले बताए । उनका अनुसार यसवर्ष ९ हजार भन्दा बढी च्याङ्ग्रा जिल्लाबाट नजाने उल्लेख गरे । ‘यो वर्ष एकदमै न्युन संख्यामा भेडा/च्याङ्ग्रा जोमसोम झरेको छ ।मुस्ताङको ३ स्थानीय तहबाट करिब ७ हजार र डोल्पाबाट करिब १५ सय भेडा-च्याङ्ग्रा आउन सक्छ,’ शेरचनले भने ।
हिमाली जिल्लाको चिसो हावापानीमा हुर्काइएको भेडा—च्याङ्ग्राको मासु स्वास्थ्य प्रर्वधक र स्वादिलो हुने शेरचनले जानकारी दिए । उनले हिमाली लेकमा पालन गरिएका भेडा—च्याङ्ग्रा लगायतका चौपायाले हिमाली वन्य जटिबुटी सेवन गर्ने भएकाले स्वादिलो र स्वास्थ्य उपयोगी मानिएको हो । उनले यसवर्ष किसानले कोरोना कहरकै कारण पशुपालकले भेडा—च्याङग्राको सुहाउँदो मुल्य पाएको बताए ।’ गत वर्ष जोमसोममै खरिद बिक्री गर्ने प्रचलनले बिचौलियाले नाफा खाने चलन थियो , उनले भने, ‘तर ,यस वर्ष व्यापारी किसानको खोरमै पुगेकाले बिचौलियाले खाने नाफा किसानलेनै पाएका छन् ।’
काठमाडौं नयाँ बसपार्कबाट भेडा—च्याङ्ग्रा खरिद गर्न मुस्ताङ आएका अर्जुन ठकुरी भन्छन्, ‘तिब्बतबाट भेडा/च्याङ्ग्रा आएन ,यहाँका किसानको खोरमा ७/८ हजार मात्रै च्याङ्ग्रा रहेछन् , उनले भने, ‘पशुपालकको खोरमै च्याङ्ग्राको मुल्य २७ देखि २८ हजार सम्म तिर्नु पर्यो । ढुवानी जोडेर काठमाडौं पुर्याउँदा छोइसक्नु हुँदैन ।’
उनले मुस्ताङमा काठमाडौंका खसी बोका व्यापारीसग समन्वय गरी यहाँ आएको भएपनि यही च्याङ्ग्राको मुल्य बढी परेकाले काठमाडौंमा बिक्री गर्न समस्या पर्ने बताए ।जोमसोमका स्थानीयका अनुसार शुक्रबारसम्म जोमसोमबाट करिब ३ हजार भेडा/च्याङ्ग्रा झरेको जनाएका छन् ।
अब उपल्लो मुस्ताङबाट बढीमा ५ हजारको संख्यामा भेडा/च्याङ्ग्रा झर्ने अनुमान उनीहरको ठम्याइ छ ।म्याग्दी घाराका च्याङ्ग्रा व्यापारी बलबहादुर बडुवालले मुस्ताङमै पर्याप्त भेडा—च्याङ्ग्रा नभएको बताए । उनले गत वर्ष १९ हजारमा रोजा च्याङ्ग्रा खरिद गरेको भएपनि यसवर्ष च्याङ्ग्राको मुल्य सुन्दै सातो गएको जानकारी दिए ।उनले भने, ‘गतवर्ष ९० गोटा भेडा च्याङ्ग्रा लिएको थिए । तर, च्याङ्ग्राको मुल्य चर्को भएकाले अहिले ४५ गोटा च्याङ्ग्रा मात्र खरिद गरेको छु ।’
कोरोना कहरले गालेको यसवर्षको दसैंमा सहर/बजारमा एकदमै न्युन भेडा/च्याङग्रा पुग्ने संकेत गरिएको छ । मुस्ताङबाट झरेका भेडा /च्याङग्रा पनि केही म्याग्दी,पर्वत र बाग्लुङ र करिब १५ सय भेडा/च्याङग्रा काठमाडौं र पोखराका लागि ३ हजार मात्र भेडा/च्याङग्रा पुग्ने लोघेकर दामोदरकुण्ड गापाको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले आकंलन गरे ।
उपल्लो मुस्ताङको लोमान्थाङमा ३ हजार ,लोघेकरबाट २ हजार र वारागुङ मुक्तिक्षेत्रबाट २ हजार भेडा/च्याङग्रा बिक्री भएको अध्यक्ष बिष्टको अनुमान छ । यसवर्ष चिनियाँ पक्ष र नेपाल पक्षले सीमानाका कडाइ गरेकाले तिब्बतबाट भेडा/च्याङ्ग्रा नझरेको उनको भनाई छ । कोरोना कहरका कारण पर्यटन व्यवसाय सुस्ताएपनि मुस्ताङका कृषि तथा पशुपालक किसानले भेडा/च्याङग्रा,स्याउ र आलु लगायतका कृषि जन्य वस्तुको बिक्रीबाट राम्रो आम्दानी लिएको अध्यक्ष बिष्टले बताए । उनले मुस्ताङका ३ स्थानीय तहको करिव ३ दर्जन गाउहरुमा भेडा/च्याङग्रा पालन गरेको जनाए ।
पशुपंक्षीजन्य पदार्थको आन्तरिक ओसार/पोसार तथा बिक्री वितरणका लागि पशु निरोगिताको भेटनरी प्रमाणपत्र आवश्यकता पर्छ । यसवर्ष स्याउ परियोजना इकाइ जोमसोम र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकले भेटेनरी प्रमाणपत्र उपलब्ध गराएको वरिष्ठ पशु चिकित्सक सुरेश थापाले जानकारी दिए । उनले प्रति गोटा भेडा/च्याङ्ग्राको रु २० का दरले प्रमाणपत्र दिएको उल्लेख गरे । सेवाग्राहीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले सरकारले भेटेनरी परिक्षण अनिवार्य गराएको पशु चिकित्सक डा. थापाको भनाइ छ ।
यस्तै ,लोघेरक दामोदरकुण्ड गापाले भेडा/च्याङ्ग्रा बिक्री गरे वापतको कर पशुपालकबाट प्रति गोटा ५ रुपैयाको दरले उठाएको छ । वारागुङ मुक्तिक्षेत्रले भेडा/च्याङग्रा निकासी करका लागि १ लाख ५० हजारमा टेन्डर गरेको गापाले जनाएको छ । मुस्ताङमै भेडा/च्याङग्राको मुल्य महकिएपछि मुस्ताङीले भेडा/च्याङ्ग्रा किनेका छैनन् ।